चिकित्सक मृत फेला, अनुसन्धानका लागि ८ जना नियन्त्रणमा
१९ चैत्र २०७८
•
३ मिनेट पाठ
चिकित्सक मृत फेला, अनुसन्धानका लागि ८ जना नियन्त्रणमा
नोबेल शिक्षण अस्पतालका एक चिकित्सक शनिबार बिहान मृत अवस्थामा भेटिएका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित खुरहुरिया घर भई विराटनगर महानगरपालिका–४ मा डेरी गरी बस्दै आएका २७ वर्षीय डाक्टर विजय यादव मृत फेला परेका हुन्। उनी डेरा गरी बसेको घरको कम्पाउण्डको मुख्य गेटभित्र मृत भेटिएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।




मृतक यादवको शव गेटभित्र पूर्वतर्फ टाउको, घोप्टी परेको र एउटा खुट्टामा जुत्ता छ भने अर्को खाली खुट्टै रहेको अवस्थामा भेटिएको हो। उनको हातको कुहिना र मुखबाट अलि अलि रगत बगेको छ। मृतक यादवको शव नजिक महिलाको जुत्ता र एउटा लाइटर फेला परेको प्रहरीले जनाएको छ।  

प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। शव भेटिएको स्थानदेखि करिब २ सय मिटर पश्चिममा रहेको नहर, अस्पतालको गेटलगायतका स्थानमा रगत देखिएको छ। रगत देखिएको ठाउँमा औषधि पसल २४ सै घण्टा खुला रहने र भीडभाड हुने स्थान हो।  

नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार ४ वर्षदेखि यादव हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा काम गर्दै आएका थिए। एमबिबिएस अध्ययन पूरा गरेका यादव ४ वर्षदेखि विराटनगर–४ स्थित एक घरमा डेरा लिएर अस्पतालमा काम गर्दै आएका थिए। ‘राम्रा, अनुभवी र दक्ष चिकित्सक गुमाउनु पर्‍यो,’ प्रवन्धक दाहालले भने, ‘डाक्टर यादवको मृत्युको खबरले हामी पनि आश्चर्यमा परिरहेका छौँ। प्रहरीले राम्रोसँग घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइ दियोस्।’

शुक्रबार मात्रै मोरङको कटहरी गाउँपालिका–३ मा अस्पतालले गरेको स्वास्थ्य शिविरमा सकेर साँझ ५ बजेतिर फर्केर डेरा गएका डाक्टर शनिबार बिहान मृत अवस्था फेला परेको खबर सुन्दा छक्क परेँ,' प्रबन्धक दाहालले भने।  

प्रवक्ता श्रेष्ठका अनुसार चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको हो। संघीय प्रहरी इकाई कार्यालय धरानबाट ल्याएको तालिकम प्राप्त कुकरबाट समेत घटनाको अनुसन्धान भएको र शवको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा भएको छ। ‘घटनाको अनुसन्धान विभिन्न कोणबाट थालेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘मृत्युको कारण अहिले भन्न नसकिने र पोस्टमार्टमलगायत अन्य अनुसन्धानबाट खुलेपछि वास्तविकता पत्ता लाग्ने छ।’  

शुक्रबार राति यादवसहित ३ जना साथी विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा ११ बजेसम्म मदिरा खाएर बसेका थिए। त्यसपछि तीन जना एउटै स्कुटरमा चढेर गएको देखिएको छ। ती मध्ये एक जना इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरु) सप्लाइ गर्ने र अर्का साथी सिए हुन्। उनीहरुले यादवलाई डेरा नजिक करिब ५० मिटर दक्षिणमा छाडेको बताइएको छ। एक जनाले भने, 'होटलमा हामी तीन जनाको उहाँले भिडियो खिच्नु भएको थियो। त्यही भिडियो माग्नका लागि राति १२ बजेतिर फोन गर्दा उठेन।' यादवसँगै होटलमा रहेका २ जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि थप ६ जनालाई नियन्त्रणमा लिइएको छ।  

मृतक यादवको घर सप्तरी भए पनि उनी सानैदेखि मोरङको टंकिसिनवारीको यादव टोलमा रहेको मामा शम्भुप्रसाद यादवको घरमा बसेर पढेका थिए। बुवा यदुनन्दन, आमा चन्द्रकलाको एक छोरा र एक छोरी थिए। मृतक यादवले बंगलादेशबाट एमबिबिएस सकेर नोबेल अस्पतालमा काम गर्दै थिए भने बहिनी विनिता दिल्लीमा नर्सिङ विषयमा अध्ययनरत छिन्।  

मृतकका आफन्तले यादवको नियोजित रुपमा हत्या गरिएको हुँदा प्रहरीले निष्पक्ष ढंगले घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन्। यादवका मामा उपेन्द्र यादवले नियोजित ढंगले हत्या गरी डेरा अगाडि ल्याएर भान्जालाई फालेको हुनुपर्छ। ‘घटना यहाँ नभई अन्यत्र भएको हुँदा यस घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरी सत्य कुरा बाहिर ल्याएर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ मामा उपेन्द्रले भने।  

स्थानीयका अनुसार मृतक यादवको डेरादेखि करिब १ सय उत्तर पूर्वमा राति रहेको होटल ग्रिन ल्याण एण्ड सेकुवा घर नजिकै राति साढे ११ बजेतिर ७/८ जनाको समूहबीच झगडा भएको थियो। सेकुवा घरसँगै टाँसिएको अर्को घरमा नोबेलमै अध्ययन गर्ने विद्यार्थीहरु बस्छन्। विद्यार्थी बस्ने घर अगाडि नै शुक्रबार राति साढे ११ बजेतिर झगडा हुन थालेपछि प्रहरी आएको थियो। प्रहरी आएपछि उनीहरु भागेका थिए।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस