लापरबाहीले निम्त्याएको दुर्घटनाः एकै गाउँका चार बालकको मृत्यु
१५ चैत्र २०७८
•
३ मिनेट पाठ
लापरबाहीले निम्त्याएको दुर्घटनाः एकै गाउँका चार बालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्युवरण गरेका धनुषा सवैलाका बालकहरुको शव परीक्षण घर अगाडि भाव्ह्रिल परिवार। तस्बिर: सुरेन्द्र/नागरिक
धनुषाको सवैला नगरपालिका–१२ बर्कुवा गाउँमा सोमबार राती मोटरसाईकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भयो। मृत्यु हुनेहरू सोही नगरपालिका वडा नम्बर २ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १२ वर्षीय विकास यादव, १३ वर्षीय सुमित यादव हुन्।




जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार दुर्घटनास्थलबाट रगतमा लतपत पाँच जनालाई प्रहरीले उद्धार गरी एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुरधाम पठाउँदा चिकित्सकले चार जनालाई मृत घोषणा गरेका थिए। एउटै  मोटरसाइकलमा पाँच जना सवार भएर तीव्र गतिमा का कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ।

दुर्घटनामा घाइते १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। रातीदेखि बेहोस सुरेन्द्र मंगलबार बिहान होसमा फर्केका छन्।

यसरी भएको थियाे दुर्घटना  

धनुषाको सबैला नगरपालिका–१२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव,१२ वर्षीय विकास यादव, १३ वर्षीय सुमित यादव र १९ वर्षीय सुरेन्द्र यादव मिल्ने साथि थिए। गाउँमा पाँचै जनाको घर पनि टाँसिएकै छ। गाउँकै सामुदायीक विद्यालयमा राहुल कक्षा ९, लक्ष्मी कक्षा ६, विकास कक्षा ४ र सुमित कक्षा ७ मा पढिरहेका थिए। सुरेन्द्र भने पढाइ छाडिसकेका थिए।  

उनीहरु अधिकत्तम समय सँगै गफिएर बिताउँथे। स्कूल पनि सँगै आउने जाने गर्थे। साँझतिर गाँउकै वरिपरि  सबैसँगै घुम्न जान्थे। सधैं झैं सोमवार पनि घुम्न गए। पहिले सबै जना आ–आफ्नो भैंसी लिएर गए। रातपरेपछि भैंसी लिएर घर फर्के। घरमा भैंसी बाँधेर उनीहरु बाहिर सडकतिर निस्किएका थिए।

चार जना सडकमा राहुलको प्रतिक्षामा थिए। घरबाट मोटरसाइकल लिएर आएका राहुलले चारै जनालाई मोटरसाइकलमा बसाएर सबैला भन्दा उत्तरतर्फ रहेका रघुनाथपुर चौक तिर लागे। बाटो पिचिङ भएका कारण गाडीको स्पीड पनि बढीनै थियो। उनीहरु गन्तब्यमा पुग्नु भन्दा अगावै सबैला–मैनाथपुर सडकखण्डमा रहेको मदरसा नजिक मोटरसाइकल दुर्घटनामा परे।  

राहुल, विकास, सुमित र लक्ष्मीको घटनास्थलमै मृत्यु भयो। सुरेन्द्र घाइते भए। घाइते सुरेन्द्र सहित मृतक चारै जनालाई प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए। अहिले सुरेन्द्रको उपचार चलिरहेको छ।  

राहुल र लक्ष्मी बीच दाजुभाइको नाता थियो। लक्ष्मीको घर सोही नगरपालिको कोठियाबल्टिया भएपनि उनी सानैदेखि मामा घर बसेर पढाइ गरिरहेका थिए। राहुल पढ्नमा अबल थिए। उनी कक्षामा सधैं पहिलो वा दोस्रो स्थान ल्याउँथे। राहुलका बुवा बैदेशिक रोजगारमा छन्। दुई दाजुभाइ मध्ये राहुल जेठो छोरा थिए। राहुलको काका बैदेशिक रोजगारीबाट छुटीमा घर आएका छन्। दुर्घटना भएको मोटरसाइकल राहुलको काकाले आफ्नो भिनाजुबाट चढ्न मागेका थिए। त्यही मोटरसाइकल राहुल पनि कहिलेकाहीँ चढ्थे।  

मृतक बाँकी तीन जनाको बुवा घरमै छन्। उनीहरु गाँउमै खेतीपाती गरेर गुजार गर्दै आएका छन्। मृतक विकासका आफन्त करण यादव भन्छन्,‘ विकासलाई सिरहाको धनगढीमाई नगरपालिकाको निजी स्कूलमा नामांकन गराइसकिएको थियो। त्यहीँ होस्टेल बस्नेगरी उनको नामांकन गराएर शनिबार जाने तयारी थियो।  

दुर्घटनामा घाइते भई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका सुरेन्द्र भन्छन्,‘ मोटरसाइकलको गति तीव्र भएकोले सन्तुलन गुमाएर सडकमै बजारिन पुग्यो। म पछाडि बसेकोले उछिट्टिएर सडक छेउमा बजारिए सुरेन्द्रले नागरिकसँग भने,‘त्यसपछि के भयो मलाई थाहा भएन। सुरेन्द्र भन्छन् ‘हामी पाँचै जना त्यही मोटरसाइकलमा बसेका थियौं।’ चालक राहुल हेल्मेट बिना नै मोटरसाइकल चलाइरहेका थिए।

घटनास्थल पुगेर फर्केका धनुषाका एसपी बसन्त रजौरेले नागरिकसँग भने,‘ घटनास्थलमा बाटो थोरै मोडिएको छ। स्पीड धेरै थियो होला। मोड्ने बेला मोटरसाइकल चिप्लेर दुर्घटना भएको हुनसक्छ,’ उनले भने। घाइते सुरेन्द्रले पनि प्रहरीसँगको बयानमा मोटरसाइकल तीव्र गतिमा रहेको खुलाएको छ।  एकै गाउँका चार जना बालकको मृत्युले शोक छाएको छ। एउटै टोलका चारजनाको मृत्युपछि शोकले मृतकका धेरैजसो छिमेकीको घरमा समेत रातिदेखि चुलो बलेको छैन। मृतकका घरमा रूवाबासी चलेको छ। मृतक बालकहरूको शवलाई पोस्टमार्टम गरि मंगलबार नै जनकपुरधाम स्थित स्मसानघाटमा अन्त्येष्टि गरिएको छ। 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५७ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस