भक्तपुरवासीले बिहीबार फरक तरिकाले होली मनाएका छन्। भीमसेनको लिंगको प्रतिकका रुपमा रहेको लामो काठको लिंगलाई भक्तपुर नगर परिक्रमा गराई होली पर्व मनाइएको हो। प्रत्येक वर्ष यहाँ यसरी नै होली पर्व मनाउने परम्परा रहिआएको छ। तथापि अन्य जिल्लाहरुमा जस्तै रंग लगाएर पनि रमाइलो गरिन्छ।
करिव तीन फिट लामो ३० इन्च मोटो एउटा काठको लिंगलाई नगर परिक्रमा गराएर पर्व मनाएको हो। पर्वको अवसरमा भक्तपुर नगरपालिका ९ तचपाल दतात्रयस्थित भीमसेन मन्दिरमा झुण्डाइएको काठको लिंगलाई एकजना व्यक्तिले बोकी नगरको पूर्व सूर्यमढी,च्याम्हासिंह हुँदै ब्रम्हायणी पीठ समिपको ब्रम्हकुण्डमा पखाल्न लाने परम्परा रहिआएको छ। यसअघि यो काठको लिंग फागु शुक्ल अष्टमी अर्थात् होली पर्वको एक हप्ता अगाडि मन्दिरभित्र झुण्ड्याइएको थियो।
होली भन्ने वितिकै रंगको पर्व सम्झने नेपालीलाई भक्तपुरको होलीले फरक सन्देश दिने गरेको छ। तथापि सबैतिरजसो रंग अनि लोला मात्रै होइन, पानी छ्यापेर रमाइलोका साथ होली मनाउने प्रचलन यहाँ पनि छँदैछ। दिनभर अन्य ठाउँहरुमा जस्तो रमाइलो गरिसकेपछि लिंगलाई एकजना व्यक्तिले बोकी नगर परिक्रमा गराउने प्रचलन यहाँ छ। नगर परिक्रमा गराउने क्रममा लिंग बोक्न चाहनेहरुका तछाँडमछाड चल्छ। लिंग बोक्ने व्यक्तिको छोरा हुने जनविश्वासले छोरा नभएका पुरुषहरु लिंग बोक्न प्रतिस्पर्धा गर्छन्।
संस्कृतिविद् जननीप्रसाद मुल भक्तपुरको होली भीमसेनसँग सम्वन्धित भएको बताउँछन्। जुन अन्य ठाउँको भन्दा बिल्कुलै फरक अनि मौलिक भएको उनको कथन छ। फागुन शुक्ल अष्टमीदेखि दतात्रयको भीमसेनको मन्दिरबाट सुरु भएको हप्ता दिन लामो यो पर्वको अन्तिम दिनसम्म पनि भीमसेनसँग नै सम्वन्धित भएको उनी सुनाउँछन्। महाभारतका मोटोघाटो पात्रको रुपमा रहेको आकर्षक जिउदालको भीमसेनको गुप्तांग (लिंग) प्रति महिलाको आकर्षण रहेकाले उनको लिंगलाई प्रदर्शन गर्ने पर्वको रुपमा यहाँ होली मनाउने गरेको उनले सुनाए।
दानवराज हिरण्यकश्यपुले आफना विष्णुभक्त छोरा प्रल्हाडलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेको तर प्रल्हाड नभई होलिका नै दाह भएको घटनालाई लिई यो पर्वको नाम नै होली भएको एकथरी इतिहासविद्हरुको जनविश्वास छ।