जिल्लाको तमानखोला गाउँपालिकामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जना घाईते भएका छन्। बुधबार दिउँसो चार बजेको समयमा तमानखोलामा प्याराग्लाईडिङ दुर्घटना हुँदा बेलायती नागरिक म्याकिन्तोस डोनाल्ड घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
तमानखोला गाउँपालिकाको वडा नम्बर १ सिनिका भन्ने स्थानमा प्याराग्लाईडिङ दुर्घटना भएको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरेको थियो। प्याराग्लाईडिङ रुखमा अड्किएर भुइँमा खसेको अवस्थामा उनलाई स्थानयि भेटेका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी नायव निरीक्षक पदमबहादुर नेपालीको कमाण्डमा गएको टोलीले उनको उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाईएको छ। ढाड र बाँया हातमा चोट लागेका उनलाई डाईनेष्टि एयरको हेलिकप्टर मार्फत पोखरा पुर्याईएको छ।
प्याराग्लाईडिङ कहाँबाट टेक अफ भएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले बताए।