हराउँदै तराईमा गुन्जिने जोगीरा सारारा...
०२ चैत्र २०७८
•
३ मिनेट पाठ
हराउँदै तराईमा गुन्जिने जोगीरा सारारा...
एक दशक अघिसम्म तराई मधेसमा जोगीरा सररर...गीत मुख मुखमा झुन्डीने गथ्र्यो। फागु पूर्णिमा आउन एक साता अघिदेखि नै होलीको चहलपलह सहित सो गीत गाइने गन्थ्यिो। होली आउन एक दिन मात्र बाकी छ। तर अहिलेसम्म त्यसको जिल्लामा त्यसको कुनै छनक छैन।




तराईमा विगत वर्षहरुमा गाईनेहोलीका गीतहरु जन जीब्रोमा देखिएको छैन। जोगीरा सरर मधेसका शहर र तथा फागु भर गाउँ देहातमा होलीका बेला गाईने गरिन्थ्यो। फागु आउन १५ दिन अघिदेखि जिल्लामा गुन्जिने गीतहरु अहिले सुनिनन छाडेका छन्।

एक दशक अघिसम्म फागु पूर्णिमा–होलीमा गुन्जीने गरेको जोगीरा साराराको गीत लगायतका होलीको परंपरातगत मौलिकता हराउँदै गएको छ। तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लुप्प हुँदै गएका छन्। अवधी भोजपुरीमा बजाईने बाजाहरु ढोकल, हरमुनिया, तबला लगायतको बाजा र होलीमा गाइने परम्परागत गीतहरु अहिलेको पुस्ताले छाडदै गएका छन्।

बसन्त रितुको आगमनसंगै फागु पूर्णिमाको १५ दिन अगावैदेखि सुरु हुने रौनता होली आउन एक दिन मात्र बाकी रहदा त्यसको कुनै छनक देखिदैन। होलीको बेला गाईने मुल होली गीत र अवधी होली गीत जनजीब्रोबाट हटि सकेको अवधी साहित्यकार पशुपतिमणि त्रपाठीले बताए।

‘एक दशक अघिसम्म पनि होलीमा जोगीरा सारासारा गीत होली आउनु अघि नै गुज्निथ्यो तर अहिले यतिबेला सम्म होली कुनै रोनक देखिएको छैन’ परम्परागत संस्कृति लोप हुदै गएकोमा दुःख व्यक्त गर्दै उनले भने ‘अवधीको मौलिकता सकिदै गएको छ।’

‘सांस्कृतिक पर्व होली आउन दुई साता हुँदै साथीभाईहरु गाीत संगीत, कविता, हास्यव्यग्यका कार्यक्रम गरी मनाइथ्यो तर अहिले भने ती सबै कुराहरु सपना जस्तो लाग्न थालेको' उनको भनाई छ। अवधी साहित्यकार राघवेन्द्र श्रीवास्तवले तराईमा होलीका पुराना गीत, संगीत, मनाउने तौर तरिका सबै बिलिन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

'टोल, छिमेकी गाउँ गाउँमा होली आउनु १५ दिनअघि नै त्यसका भान हुन्थ्यो अहिले अहिलेसम्म पनि कुनै रौनकता आएको देखिदैन’ उनले भने। अहिले फागु पूर्णिमाको एक दिन मात्र मनाउने गरिएको छ। होली एक दिन मात्र मनाइने गरिएका छन्। त्यो पनि एक दिन डिजे साउन्डमा नाचगान गरेर। 

अहिलेको युवा पुस्ताले मधेसमा खेलिने होलीका पुराना परंपरतालाई विर्सदै गएको अवधी साहित्पकारहरु चिन्ता व्यक्त गर्छन्। होलीको १५ दिन अगावै पण्डितद्धारा विधिवतरुपमा पुजापाठ गरी विधिवतरुपमा सुरुवात गरिथ्यो। गाउँ गाउँका युवाहरुले घर-घरबाट गुईटा संकलन गरी बालेर गीत गाइने चलन थियो।

होलीको एक दिन पहिले ठाउँ-ठाउँबाट चोरिएका दाउरा राति जलाएर होलीकाको दहन गर्ने चलन रहेको अवधी सांस्कृतिका जानकार बिक्रममणी त्रिपाठीले बताए। होलीका दिन त्यही खरानी पोतेर बिहान नुहाउने गर्दथे। बिहान ९ बजे पछि एक आपसमा वधाई साटासाट गरी रंग लगाएर रमाइलो गरी खेलिने होलको अहिले भने त्यो मौलिकता  हराउँदै गएको त्रिपाठीले बताए।

परम्परागत मौलिकता, सांसकृतिका बारेमा युवा पुस्ताहरुलाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको ठम्माई छ। ‘मुल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासंगै बढाउन सकिएन त्यसले अहिले क्रमशः अवधीबाट परम्परागत संस्कृतिहरु विलिन हुँदै गएका छन्’ उनले भने।

५/६ दशकयता सामाजिक आन्दोलन समेत नभएकाले अवधीका मौलिकता हराउँदै गएको उनी बताउँछन्। भाङ खाने नराम्रो परंपरालाई अहिलेसम्म पनि अंगीकार गरेको पाइए पनि राम्रा कुराहरुmलाई भने ध्यान नदिईएको उनको गुनासो छ।

होलीमा जबरस्ती नगर्न स्थानीय प्रशासनको आग्रह  

स्थानीय प्रशासनले नजिकिदै गरेको होवी पर्वमा जबरजस्ती कसैलाई पनि रंग, अबिर नहाल्न आग्रह गरेको छ। रंग नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रंग अबीर नपोप्न आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रजिअ चक्रपाणी पाण्डेयले होली पर्वको पुर्व सन्ध्यामा सुचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादीत, सभ्य र अनुशासित बनाउन आग्रह गरेका छन्। जबरजस्ती लोला हान्ने, रंग र फोहर पानी छ्रयाप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रशासनले अपील गरेको छ।

कानुन विपरित कार्यहरु गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ। उता होलीलाई सभ्य र मर्यादीप बनाउन जिल्ला प्रहरी कार्यालय होली विशेष सुरक्षा रणनीति तयार गरेको छ। प्रहरी उपरिक्षक दान बहादुर कार्कीले सदभावका पर्वलाई स्वच्छ र मर्यादित पूर्वकारुपमा खेल्न आग्रह गरेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस