एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट
०२ चैत्र २०७८
•
२ मिनेट पाठ
एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन। दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए।




‘प्रहरी संगठनमा गरेको कामको मूल्यांकन आइजिपीले गर्ने हो कि बाहिरबाट गर्ने हो, यसले समग्र प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न गराउँछ, निर्वाचनको समयमा हुन लागेको बढुवा प्रक्रियामा मन्त्रालयले हस्तक्षेप गर्दा संगठनको गतिशीलतामा आँच आउँछ’, आइजिपी क्षेत्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रहरी प्रधान कार्यालयले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह र उत्तम सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो। तर बैठकमा बढुवा समितिका अध्यक्ष एवं लगृहसचिव टेकनारायण पाण्डेले वसन्त पन्त, सिंह र रविन्द्र धानुकको नाम प्रस्ताव गरेका थिए।

सचिव पाण्डेले माथिको आदेश भन्दै तीनजनाको नाम प्रस्ताव गरेका हुन्। त्यसमा आइजिपी क्षेत्रीले असहति प्रकट गरेका थिए। बढुवा समितिले प्रदान गर्ने नम्बरमा तलमाथि गर्न आइजिपीलाई दबाब दिइएको थियो। बढुवा समितिको सदस्य सचिव आइजिपी हुन्छन्।

बढुवा सिफारिसमा राजनीतिक हस्तक्षेप भएपछि प्रहरी प्रधान कार्यालयभित्र असन्तुष्टि पैदा भएको छ। मर्यादाक्रममा अघि रहेका डिआइजीहरूले थपिएको दरबन्दीमा पनि आफूहरू नपरेपछि अन्याय भएको महसुस गरेका छन्। अहिले एआइजीमा बढुवा भए नयाँ आइजिपीको प्रतिस्पर्धामा सहभागी हुन सिंह र धानुकलाई बाटो खुल्नेछ। विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआइजी भएका छन्।

आगामी वैशाख १९ गते आइजिपी क्षेत्रीले अनिवार्य अवकाशमा पाउनेछन्। पोखरेल, थापा, सिंह र धानुक २०४९ चैतमा एकैपटक सेवामा प्रवेश गरेका थिए। पोखरेल र थापालाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले एआइजी बनाएको थियो। सिंह र धानुक मंगलबार एआइजिमा बढुवाका लागि सिफरिस भएका छन्। यसअघि पोखरेल र थापा मात्रै नयाँ आइजिपीको प्रतिस्पर्धी थिए।

हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआइजी छन्। गत फागुन १२ मा सरकारले एआइजिपीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएका तीन दरबन्दी पूर्ति गर्न मंगलबार तीनजनाको नाम सिफारिस भएको हो। अघिल्लो व्याचबाट पन्त र पछिल्लो व्याचबाट सिंह तथा धानुकलाई एआइजीमा सिफारिस गरेपछि पछिल्लो व्याचका डिआइजीहरू अन्यायमा परेका हुन्।

एआइजीमा सिफारिस भएका पन्तले आगामी वैशाख १९ गते सेवाबाट अवकाश पाउनेछन्। एआइजिका आकांक्षीमा ईश्वरबाबु कार्की, उत्तम सुवेदी, प्रकाश कार्की, घनश्याम अर्याललगायत आंकाक्षी थिए। आइजिपी क्षेत्रीसँगै उनकै ब्याची एआइजीहरू हरि पाल, प्रद्युम्न कार्की, निरज शाहीसँगै अन्य डिआइजीले वैशाख १९ मा अवकाश पाउनेछन्।
अर्को समाचार
नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।




प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद–११ नियम १२७ (१) को देहाय बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुई जना बढुवामा सिफारिस भएका हुन्। सोमवार बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो।

५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन्।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका हुन् भने ढकालको प्राप्ताङ्क ७३.६३०६ रहेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस