झिसमिसे रात पर्दै थियो। नेपालगन्जकी २४ वर्षीय अञ्जु अन्सारी (नाम परिवर्तित) खाना पकाउँदै थिइन्। बालबच्चा कोठाभित्रै खेल्दै थिए।
अञ्जुका श्रीमान् मादक पदार्थ सेवन गरेर घरभित्र प्रवेश गर्छन्, अनेक बहानामा उनलाई गालीगलौज गर्छन्। सामान्य विषयलाई लिएर उनले अञ्जुलाई मरासन्न हुने गरी कुटपिटसमेत गरे। माइतीको सहयोगमा उनले प्रहरीमा उजुरी दिइन्। उक्त विषय मिलापत्रमै मिल्यो।
यस्तै खजुरा गाउँपालिकाकी एक कर्मचारीमाथि यौन हिंसा भएको भन्दै प्रहरीसँग गुहार मागिन्। उनले पनि न्याय पाएनिन्। मिलापत्रमै उक्त विषय टुंग्याइयो। यी उदाहरण मात्र हुने घरेलु तथा महिला हिंसाका अधिकांश घटनाहरु मिलापत्रमै टुंगिने गरेका छन्।
महिला हिंसासम्बन्धी यस आर्थिक वर्षको साउनयता जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला सेलमा पाँच सय २६ वटा उजुरी दर्ता भएका छन्। यि मुद्दामध्ये दुई सय ४५ वटा मिलापत्रैमा टुंगिएका छन्। २४ जना निवेदक पक्ष नआएको महिला सेलले जनाएको छ। बाँकी सम्बन्धित निकायमा पठाइएको बताइएको छ।
गत वर्ष सात सय ३८ उजुरी दर्ता भएकोमा पाँच सय २० वटा उजुरी मिलापत्र भएको महिला सेलकी सइ दिलसरा रानाले जनाइन्। उनका अनुसार केही महिलालाई मिलापत्र गराउनका लागि उजुरी दिने गरेका छन्। साधारण निवेदन ल्याएर आउने अधिकांशका विषय मिलापत्रमा टुंगिने महिला सेलकी सइ रानाले जनाइन्।
‘धेरै महिलाहरु मादक पदार्थ सेवन गरे श्रीमान्ले श्रीमतीलाई कुटपिट तथा गालीगलौज, सासुले बुहारीलाई गर्ने हिंसाका घटनामा पीडित आफैँ घटना मिलाइदिनु पर्यो भन्दै आउँछन्,’ उनले भनिन्, ‘घटना ठूलो हुँदैन। पीडित आफैँले पनि मिलापत्रका लागि मात्र प्रहरीसमक्ष पीडकलाई ल्याउने गरेका छन्।’ जघन्य अपराध र जाहेरी आएमा मिलापत्र नहुने उनको भनाइ छ।