बलात्कार मुद्दामा अपहरणसमेत ठहर
२३ फागुन २०७८
•
३ मिनेट पाठ
बलात्कार मुद्दामा अपहरणसमेत ठहर
सर्वोच्च अदालतले बालिका बलात्कार मुद्दामा अपहरण तथा शरीर बन्धकको सजायसमेत थप गरी १७ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना ठहर गरेको छ।




न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले १३ वर्षे बालिका बलात्कारको मुद्दामा बाआमाको सहमतिबिना अपहरण गरेको ठहर गर्दै सजाय सुनाएको हो। २०७८ माघ २४ मा भएको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।

सर्लाहीको लालबन्दीमा १३ वर्षीया बालिका बलात्कृत भएको ठहर गर्दै सर्वोच्चले थप सजायसहित फैसला गरेको हो। लालबन्दीका एक निजी विद्यालयका प्रिन्सिपलले बालिकालाई होटलमा पुर्‍याई बलात्कार गरेका थिए।

सर्वोच्चले कुनै पनि बालिकालाई अभिभावकको अनुमतिबिना लैजानु अपहरण ठहर गर्दै जबर्जस्ती करणीसहित अपहरण तथा शरीर बन्धकमा सजाय थपेर फैसला सुनाएको हो। सर्वोच्चले बलात्कारको मुद्दामा १० वर्ष र शरीर बन्धकमा ७ वर्ष गरी १७ वर्ष सजाय ठहर गरेको हो।

कसैले कुनै व्यक्तिलाई अपहरण गरी वा शरीर बन्धक लिई निजउपर प्रचलित कानुनबमोजिम सजाय हुने अन्य कुनै कसुर गरेको रहेछ भने त्यस्तो व्यक्तिलाई अतिरिक्त सजायसमेत गर्नुपर्ने प्रावधान छ। त्यसै अनुसार सर्वोच्चले जबर्जस्ती करणीका साथै अपहरण तथा शरीर बन्धकमा पनि थपेर सजाय सुनाएको छ।

यस्तो थियो घटना

घटना २०७१ साल कात्तिक २९ मा सर्लाही लालबन्दीमा भएको हो। १३ वर्षीया बालिका मामाघरबाट आफ्नो घर फर्किने क्रममा बलात्कृत भएकी थिइन्। सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको बसबिसौनी प्रतीक्षालयमा बसेकी बालिकालाई घर पुर्‍याीदने भन्दै नमुना ज्ञानोदय एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठले मोटरसाइकलमा राखी धनुषा पुर्‍याएका थिए।

उनले बालिकालाई घर पुर्‍याइदिने बहानामा गेस्टहाउसमा लगेका थिए। तत्कालीन बेगाडावार गाविसमा रहेको एक गेस्टहाउसमा लगी रातभरि जबर्जस्ती करणी गरेको अदालतले ठहर गरेको छ। उनले बालिकालाई ज्यान मार्ने धम्की दिएर कसैलाई नभन्नसमेत त्रास देखाएका थिए। बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टबाट करणी प्रमाणित भएको थियो।

त्यसविरुद्ध बालिकाका आफन्तले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। त्यसपछि श्रेष्ठविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो। सुरुमा धनुषा जिल्ला अदालतले पीडितलाई प्रतिवादीबाट २ लाख रूपैयाँ क्षतिपूर्ति भराइदिने र अपहरणतर्फको अभियोग दाबी नपुग्ने फैसला गरेको थियो। फैसलाउपर वादी प्रतिवादी दुवैले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।

उच्च अदालत जनकपुरले कसुर ठहराएकोमा फैसला सदर गरी जबर्जस्ती करणीको कसुरमा आठ वर्षमात्रै कैद फैसला गरेको देखियो। ‘वस्तुगत आधार र मनासिव कारण विद्यमान हुन आवश्यक हुन्छ। कुनै कारण र आधार नखुलाई अमूर्त र हचुवा तबरबाट न्यायको मकसद पूरा हुने भनी फैसलामा लेखिँदैमा औचित्य प्रमाणित हुन सक्दैन’, सर्वोच्च अदालतले ठहर गरेको छ।

‘घटनाक्रम हेर्दा प्रतिवादी गणेशबहादुर श्रेष्ठ प्रिन्सिपल रहेको स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षकी नाबालिका छात्रालाई अभिभावकलाई जानकारी नदिई घरमा पुर्‍याइदिन्छु भनी झुक्याएर मोटरसाइकलमा चढाई उल्टो बाटोबाट लगेर नजिक बौबा होटलमा पुर्‍याएको र बालिकालाई पटकपटक करणी गरेको तथ्य स्थापित छ’, सर्वोच्चले फैसलामा भनेको छ।

जिल्ला र उच्च अदालतको फैसलालाई उल्लेख गर्दै सर्वोच्चले भनेको छ, ‘न्याय एकापट्टि, मकसद अर्कैपट्टि हुन हुँदैन। हचुवा, स्वेच्छाचारी वा अमूर्त रूपमा न्यायको मकसद पूरा भएको ठान्न मिल्दैन। सजाय तोक्ने कुरामा पनि उच्च अदालत जनकपुरबाट भएको फैसलामा त्रुटि कायम रहेको देखिन आयो।’

जबर्जस्ती करणीको कसुरमा हुने ठहर भएको सजायमा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा भएको सजाय जोड्दा थप आउने योगफलअनुसारको कुल सजाय गर्नुपर्ने सर्वोच्चको ठहर छ। ‘मुलुकी अपराध संहिताको दफा ४३ मा उल्लेख भएको ‘एकीकृत कसुरबापत थप सजाय हुने’ प्रावधान वा फौजदारी कसुर ऐन २०७४ को दफा ३६ बमोजिम ‘विभिन्न कसुरबापत भएको सजायको कार्यान्वयन’ सम्बन्धी प्रावधानको अपवाद अवस्थाको रूपमा लिन सकिन्छ,’ अदालतले भनेको छ।
अर्को समाचार
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
२२ कार्तिक २०८०
•
१ मिनेट पाठ
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
सर्वोच्च अदालतमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा भोलिदेखि सुनुवाई हुँदैछ।  




चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस अघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन। आजदेखि मुद्दाको सुनुवाई शुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ। गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठहराएको थियो। २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरी सरकारले सजाय माफी मिनाहा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि जेलबाट छुटेका थिए। 

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। जेठ १५ मा सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस