चेत्रादेईकोटमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञ टोलीद्धारा पहिलो पटक उत्खनन् र अन्वेशषण सुरु
२१ फागुन २०७८
•
३ मिनेट पाठ
चेत्रादेईकोटमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञ टोलीद्धारा पहिलो पटक उत्खनन् र अन्वेशषण सुरु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित चत्रादेईकोटमा उत्खनन् र अन्वेशषण सुरु गरिएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले चेत्रादेईको ऐतिहासिक कुरा पत्ता लगाउन उत्खनन्, अनुसन्धान थालेको हो।




बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले शुक्रबारदेखि विविधता रुपमा कार्य सुरु गरेका हुन्। अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको हो।

विश्व सम्पदा सुचीमा सुचीकृत गर्ने प्रक्रियामा रहेको तिलौराकोटालई बल पुग्ने गरी चेत्रादेईमा अध्ययन र अनुसन्धान थालिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुँवरले बताए। विभागको स्वामित्वमा रहेको ५ विघा क्षेत्र भित्र पर्ने २ वटा स्थानमा उत्खनन् गरी अनुसन्धान थालेको उनले बताए।

केही वर्ष पहिले चेत्रादेईमा गरिएको भु–भौतिक सर्वेक्षणलको क्रममा त्यहाँ पर्खाल लगायतका संरचना रहेको देखाएको थियो। ‘चेत्रादेईमा रहेको संरचनाको अवस्था र सबैखाले अध्ययनका लागि उत्खनन्  र अन्वेशषण गरेका हौ’ कुँवरले भने। विकासक्रम बारे जानकारी लिएर वरिपरि रहेको क्षेत्रको अन्वेशषण गर्नेछ।

फेला पारिएका वस्तुहरुको विश्लेषण गरिनेछ। चेत्रादेई क्षेत्रमा रहेका अमुर्त सांस्कृतिक सम्पदाको समेत अध्ययन गरिने कुँवरले बताए। यो अनुसन्धानले भविष्यमा यस क्षेत्रमा रहेको संरचनाहरुको संरक्षण र व्यवस्थापनलाई टेवा पुग्ने विज्ञ कोष प्रसाद आचार्यले बताए।

‘अहिलेको अनुसन्धानले चेत्रादेईको कालक्रम र विकासक्रमको तिथी मिति समेत निर्धारण हुनेछ’ उनले भने। यसअघि यहाँ भारतीय पुरातत्वविद पिसि मुकर्जीले सन १८९१ मा र अर्का भारतीय पुरातत्वविद देवला मित्रले १९६२ मा केही भाग उत्खनन् र अनुसन्धान गरेका थिए।

पुरात्वविद अनुसार भगवान बुद्धका पिता राजा सुद्धोदनको दरबारको टेम्पल साईटकोरुपमा चेत्रादेई रहेको मानिन्छ। प्रमाणहरुको नमुना संकलन, वैज्ञानिक परिक्षण, मिति निर्धारण, ऐतिहासिक पक्षको अहिलेको अनुसन्धानमा जानकारी लिइने छ। विभाग र कोषले सन् २०१२ देखि तिलौकोट र त्यस आसपासमा उत्खनन र अनुसन्धानको कार्य थालेको थियो।

अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरात्वद तथा उत्खनन् परियोजनाका सह संयोजक कोषप्रसाद आचार्यले बताए। तिलौराकोट भित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धी मिलेको उनले बताए। ‘तिलौराकोटमा भेटिएका पुरातात्विक वस्तुहरुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टी हुँदै गएको छ’ उनले भने। 

चेत्रादेईमा गरिएको अध्ययनले समेत तिलौरकोटलाई नै बल मिल्ने उनले बताए। ‘तिलौराकोट र त्यस वरिपरि पुरै ऐतिहासिक प्रमाणहरुले भरिएका छन्, अध्ययनने धमाधम पुष्टी हुँदै गएको छ’ दुर्हम विश्व विद्यालयका प्रोफेसर रबिन कनिङघमले भने ‘चेत्रादेईका सुरु गरिएको अनुसन्धानले समेत हामी उत्साही छौँ।’

टोलीमा दुर्हमा विश्व विद्यालयका ८, विभागका ४, एक जना विज्ञ, कोषका २ लगायत गरी २० जनको बढीको टोली सहभागी छन्। उत्खनन् कार्य २४ दिनसम्म चल्ने छ। बुद्धभुमीका मेयर केशव कुमार श्रेष्ठले चेत्रादेईकोटका अहिलेको टोलीले गरेको अनुसन्धानबाट ऐतिहासिकता प्रमाणित हुने बताए। उनले चेत्रादेई क्षेत्रको विकासका लागि आफूले सहकार्य र समन्वय गर्न तयार रहेको बताए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस