जुम्लाका नेपाली सेनाकाे ब्यारेक स्याउमय
१७ फागुन २०७८
•
३ मिनेट पाठ
जुम्लाका नेपाली सेनाकाे ब्यारेक स्याउमय
जुम्लामा रहेका नेपाली सेनाको ब्यारेक स्याउमय बनेका छन्। ब्यारेकभित्र स्याउका विरुवा रोपेर सेनाले निकै सुन्दर बगैँचा निर्माण गरेको छ। केही स्याउका बोटले फल दिन सुरु गरिसकेका छन्। केही स्याउका विरुवा हुर्कदैँ छन्।




स्याउका विरुवामा पालुवा पलाइसकेको छ। केही स्याउका बोट फुलेर सेताम्य भएका छन्। स्याउको विरुवाले सेनाको ब्यारेक निकै सुन्दर बनेको छ। नेपाली सेना २४ नम्बर बाहिनी अड्डामा झण्डै १४ सय स्याउका विरुवा छन्। जसमध्ये २५० स्याउका विरुवाले फल दिन्छन्। नन्दाबक्स गणमा ६ सय स्याउका विरुवा रोपिएको छ। गणमा तीन वर्षदेखिका स्याउका विरुवा फल्ने तयारीमा छन्।

जुम्लामा नेपाली सेनाका २४ नम्बर बाहिनी अड्डा र नन्दाबक्स गण दुई ब्यारेक छन्। दुबै ब्यारेकमा स्याउ तथा ओखर रोपिएको छ। सेना दिवसका अवसरमा मात्रै बाहिनीमा २ सय स्याउका विरुवा र एक सय ओखरका विरुवा रोपिएको हो।

बाहिनीपति रामचन्द्र केसीले व्यारेक भित्र स्याउखेति निकै राम्रो संग फस्टाएको बताए। उनले भने,‘फल्ने स्याउ फुलेर सेताम्य छन्। नफल्ने स्याउ पालुवा पलाउन थालेपछि हरियाली छाउँदैछ। यहाँको पहिचान बचाउने र सेनाबाट अबकाश भइसकेपछि कृषि क्षेत्रमा आकर्षण गर्ने हेतुले बगैँचामा स्याउखेति प्रारम्भ गरिएको थियो।

'स्याउको सिजनमा ब्यारेक नै राताम्य हुने उनले बताए। स्याउ विरुवाको संरक्षण गर्न ब्यारेक भित्रको व्यवस्थापनलाइ चुस्त बनाइएको छ। ब्यारेक भित्रको सेनाले स्याउ रोपेको खण्डमा सम्बन्धित व्यक्तिले नै रेखदेख गर्ने गरेका छन्। बाहिरबाट गएका अतिथिले रोपेको विरुवामा सेनाले संरक्षण गर्ने जिम्मेवारी तोकेको छ।

पटक पटक स्याउको विरुवा गोडमेल तथा रेखदेख गर्न पालैपाले डयुटी गर्ने गरिएको छ। बाहिनीपति केसीले सेनाको व्यारेक भित्रको स्याउ बगैँचा सबै किसानको लागि प्रेरणादायी हुने बताए। पहिले स्याउ मात्रै रोपण गरिएको थियो। यो बर्ष देखि एक सय बोट ओखर पनि रोपिएको छ।

सेनाले फौजी काम मात्र गर्छ भन्ने भ्रम छ, उनले भने,‘कृषि क्षेत्र संग जोडिएर पनि नमुनाको काम गरेको छ भन्ने सन्देश फैलाउन चाहन्छौँ। ’बगैँचा व्यवस्थापन,काँटछाँट तथा मलखाद्य व्यवस्थापनको लागि कृषि प्राविधिकसंग पटक पटक परामर्श लिने गरिएको छ। अहिले स्याउको सिजन भएकोले कृषि कार्यालय,स्याउ सुपरजोन कार्यालय र बागवानी अनुसन्धान केन्द्र राजिकोट संग समन्वय भइरहेको बाहिनीपति केसी बताउँछन्।

स्याउ खेतिको लागि म आँफै कृषि क्षेत्रमा काम गर्ने कार्यालयमा पुग्ने गरेको छु। प्राविधिक सरसल्लाह लिने गरेको छु, उनले भने,‘जुम्लाको स्याउ खेतिको प्रवद्र्धन कार्यमा नेपाली सेनाले निकै राम्रो काम गरेको छ। यो बगैँचा सबैको प्रेरणाको स्रोतका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।’

आगामी चैत महिनामा उच्च घनत्वको फुजी स्याउको विरुवा रोप्ने तयारी समेत भइरहेको नेपाली सेनाले जनाएको छ। नन्दाबक्स गणका गणपति रविन थापाले सेना कृषि क्षेत्रको उत्पादनमा जोडिएको बताउँछन्। सेना दिवसको अवसरमा गणमा तीन सय स्याउका विरुवा रोपिएका छन्। ३० विरुवा ओखर र २० विरुवा द्यावदारका रोपिएको छ। स्थानीय जातको स्याउ रोपिएकोले यहाँका किसानले समय समयमा बगेँचा अवलोकन गर्न सक्नेछन्। स्याउले सेनाको ब्यारेक रमणीय बनेको छ। यहाँ रोपिएको मध्ये ५ प्रतिशत स्याउ नष्ट हुने गरेको छ। सबै विरुवा हुर्कन्छन्। एक दशक पछि ब्यारेक स्याउमय हुनेछ।

स्याउको विरुवाको रेखदेख र संरक्षणका लागि तालिमप्राप्त जनशक्ति खटाईएको छ। हरेक दिनमा दुई जना खटाउँछौँ। कृषि प्राविधिक ल्याएर विरुवा देखाउँछौँ। विरुवा लगाउने,खाडल खन्ने,काँटछाँट गर्ने र बगैँचा व्यवस्थापन गर्ने बिषयमा पटक पटक तालिम दिन सम्बन्धित सरोकारवाला कार्यालयमा जवानलाई पठाउने गरेको गणपति थापा बताउँछन्।

कुनै पनि सेनाका जवानदेखि अधिकृतसम्म अवकाश प्राप्त भएको खण्डमा कृषि क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्न सक्ने गरि काम गर्न थालिएको सेनाले जनाएको छ। बाहिनीपति दिपक बानियाँको पालादेखि ब्यारेकमा स्याउ रोप्ने काम सुरु भएकोमा अर्का बाहिनीपति यम सापकोटाको पालामा सबैभन्दा बढि स्याउ रोपिएका हुन्। 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२२ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस