महाशिवरात्रीको अवसरमा तौलिहवास्थित प्राचिन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। नेपाल कै ठूलो शिवलिङ दाबी गरिएको मन्दिरमा १० हजार बढी भक्तजनहरुले पूजापाठ गरेको समितिले जनाएको छ।
छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका थिए। सोमबार रातिदेखि नै मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो। मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरुको पूजापाठ, सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितका अध्यक्ष राम कुमार गुप्प्ताले बताए।
मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो। सहजढंगबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा प्रहरी परिचालन गरिएको थियो। भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ।
मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत बनेको छ। मन्दिरमा सामेबार राति जागरण कार्यक्रम समेत गरिएको थियो। भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसि क्यामेरा समेत जडान गरिएको समितिले जनाएको छ।
आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापनि गरिएको समितिले बताएका छ । यस्तै शिवराज नगरपालिका– ९ शिवगढी रहेको शिवमन्दिरमा समेत भक्तजनहरुको घुइँचो लागेको छ।
जिल्लकै सबैभन्दा उचाईमा रहेको मन्दिरमा समेत ठूलो संख्यामा भक्तजनहरुले पूजापाठ गरेका थिए। यस्तै शिवरात्रीको अवसरमा वाणगंगा नगरपालिकाको हथौसामा एक हप्ते मेला समेत सुरु भएको छ। यस्तै रमुवा दह धानखोलामा समेत मेला लागेका छ।