सुगममै ज्यान गुमाउँछन् आमाहरू
११ फागुन २०७८
•
४ मिनेट पाठ
सुगममै ज्यान गुमाउँछन् आमाहरू
बाँकेको नेपालगन्ज सुगम मात्रै होइन पश्चिमको स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्र पनि हो। जटिलखालका अन्य उपचारसँगै भरपर्दा प्रसूति सेवाका लागि दुर्गम ठाउँबाट बिरामी आउँछन्। दुगर्मका बासिन्दाको एउटा मनोभाव हुन्छ, ‘नेपालगन्ज पुगेपछि अब मृत्युलाई जितिन्छ।’




तर, सुगम तथा सुविधा सम्पन्न मानिने नेपालगन्जमै उच्चस्तरीय प्रविधि नहुँदा सुत्केरी महिलाहरूले अकालमै ज्यान गुमाउन बाध्य छन्। उपचारको प्रविधिमात्र होइन, जटिलखाले अवस्थामा नेपालगन्ज पुर्‍याइँदा पनि कतिपय सुत्केरी महिलाहरुको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। वैशाख १० गते  हुम्लाकी ३० वर्षीया एक महिलालाई सुत्केरी बेथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी पुर्‍याइयो। बच्चालाई त उनले जन्म दिइन्, तर सुत्केरीपश्चात उनको साल खस्न सकेन। 

जसले उनलाई जटिलतातिर लिँदै गयो। स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि चार घण्टाको कठिन यात्रापछि बाजुरा अस्पताल पुर्‍याइयो। त्यहाँ पनि उनको सफल हुन सकेन। सुविधा सम्पन्न अस्पताल भन्दै बाजुरा अस्पतालले नेपालगन्जस्थित भेरी अस्पतालमा पठायो। जहाँ परिवारले उनको सफल उपचार हुने विश्वास गरेका थिए। तर, बिडम्वना भेरी अस्पताल नपुग्दै उनको बाटैमा मृत्यु भयो। अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरे। उनले समयमै भरपर्दाे र गुणस्तरीय उपचार नपाउँदा अकालमै ज्यान गुमाइन्।  

यो एउटा उदाहरण मात्र हो। दुर्गमबाट भरपर्दाे उपचारका लागि सुविधा सम्पन्न तथा सुगममा आउने आमाहरु सबैको सफल उपचार हुँदैन। सुगममा पनि अझै प्रभावकारी स्वास्थ्य सेवा नहुँदा आमाहरुले अकालमै ज्यान गुमाउन बाध्य छन्। कतिपय महिलाले अस्पताल नपुग्दै ज्यान गुमाइरहेका छन् भने कतिपयले अस्पतालमा राम्रो उपचार नपाएर पनि ज्यान गुमाउने गरेका घटना प्रशस्तै छन्। जिल्लाको एकमात्र भेरी अस्पतालमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट प्रसूति सेवाका लागि गर्भवतीहरु आउँछन्। उनीहरुको रहर नभइ बाध्यता हो। गाउँमा भरपर्दाे र गुणस्तरीय प्रसूति सेवा नहुँदा कठिनपूर्ण र जोखिम मोल्दै उनीहरु सुगम मानिने नेपालगन्ज झर्छन्। 

तर सुगममै पनि जटिलखालको उपचार प्रभावकारी नहुँदा सुत्केरी महिलाहरुको मृत्यु हुने गरेको छ। दुर्गमबाट जटिल अवस्थामा सुविधा सम्पन्न मानिएका अस्पतालमा आउनु र समयमै गुणस्तरीय स्वास्थ्य सेवा भएको प्रसूति गृहमा नपुग्दा पनि सुत्केरीहरुले अकालमै ज्यान गुमाउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

भेरी अस्पतालमा हुने मृत्युदरको तथ्यांकले पनि सुत्केरी अवस्थामा महिलाहरु अहिले पनि असुरक्षित भएको पुष्टि गर्छ। भेरी अस्पतालको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सातजना महिलाले सुत्केरी अवस्थामा ज्यान गुमाएका छन्। मेडिकल रेकर्डर अरुणदेव खनालका अनुसार तीमध्ये दुईजनाले गर्भवती (बच्चा जन्मिनुभन्दा अगाडि) अवस्थामा ज्यान गुमाएका छन्। 

बाँकी पाँचजनाले प्रसूति (सुत्केरीले बच्चा जन्माइसकेपछि) अवस्थामा मृत्यु भएको उनले बताए। सबैभन्दा बढी कात्तिकमा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेको उमेर समूह न्यूनतम १८ वर्षदेखि ३० वर्ष रहेको छ। उनी सुर्खेतकी हुन्। बाँकी चारजना बाँकेका रहेको उनको भनाइ थियो।  

तीमध्ये दुई/दुईजना जानकी र नेपालगन्जका भएको भेरी अस्पतालले जनाएको छ। यस्तै एकजना कैलालीकी महिलाको पनि मृत्यु भएको छ। ‘भेरी रेफरल अस्पताल हो। यहाँ तीन प्रदेशका सुत्केरी उपचारको लागि आउने गर्छन। तर, नाजुक अवस्थामा आउने गरेका छन्,’ मेडिकल रेकर्डर खनालले भने। उनका अनुसार समयमै अस्पताल नपुग्ने, स्वास्थ्य अवस्था नाजुक र कम उमेरका भएका कारण अस्पतालमा सुत्केरी भइसकेपछि पनि मृत्यु हुने गरेको छ।  

भेरी अस्पताल तीनवटा प्रदेशका बिरामी आउने अस्पताल हो। अस्पतालमा बाँकेपछि  लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सुर्खेत, हुम्ला, तथा सुदूरपश्चिमका सबैभन्दा धेरै कैलाली, बाजुरालगायतका जिल्ला छन्। यस्तै अहिलेसम्म काभ्रेबाट समेत  आएका थिए।

चेतनाको कमी र अटेरीका कारण पनि आमाहरुको ज्यान जाने गरेको छ। सरकारले जोखिममा परेका सुत्केरी महिलालाई हेलिकप्टरबाट निःशुल्क उद्दार गर्ने व्यवस्था छ । तर गाउँमा यसबारे धेरैलाई जानकारी छैन । गत वर्ष १२ जना सुत्केरीको मृत्यु भएको थियो। भेरी अस्पताल रिफरल अस्पताल हो। यहाँ तीन प्रदेशका नागरिक सेवाका लागि आउँछन्। 

तर अस्पतालमा पूर्वाधार र जनशक्ति अभाव छ। सरकारको लगानी रहेको अस्पतालमा जम्मा १० वटा मात्रै बेड छन्। कुरुवासमेत भुईँमा बस्नु पर्ने बाध्यता छ। सुत्केरी भइसके पनि राख्ने बेडसमेत अभाव रहेको देखिन्छ। सुत्केरी राख्ने ठाउँमा जम्मा २० वटा रहेको स्वास्थ्यकर्मी नै गुनासो गर्छन्। नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले जनशक्तिसमेत अभाव रहेको बताइन्। सुत्केरी वार्डमा अहिले जम्मा आठजना मात्रै स्वास्थ्यकर्मी छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस