‘तिमीले दिएको कुशुमेरुमाल पराइले साटेर लगेछ’ बोलको गीतका गायिका काठमाडौं बलम्वूकी शुद्धलक्ष्मी श्रेष्ठको औपचारिक शिक्षा कक्षा ६ मै सीमित छ। तैपनि उनीसँंग गायनको राम्रो क्षमता छ। क्षमता हुँंदाहुँंदै पनि उनी अगाडि बढ्न पाइरहेकी छैनन्। अनेक कारणले उनी क्षमता भएर पनि पछाडि परिरहेकी छिन्।
काठमाडौं नयाँं बसपार्ककी सोनी महर्जन मोडल हुन्। तर पनि उनले परिचित हुने मौका पाउन सकिरहेकी छैनन्। क्षमता भइकन पनि उनले प्लेटफर्म पाइरहेकी छैनन्। अनेक कारणले प्लेटफर्म नपाएको भन्दै उनी यसको लागि धेरै संघर्ष गरेको तर सफलता हात नलागेको बताउँंछिन्।
बलम्वूकी शुद्धलक्ष्मी, नयाँं बसपार्ककी सोनी जस्तै क्षमता भइकन पनि अगाडि आउन नसकेका काठमाडौका महिलाहरुलाई अगाडि बढाउन सहयोग गर्ने अभियानको थालनी गरेको छ नेवा साधना केन्द्र (मिसा पुचः) काठमाडौंले।
नेवा साधना केन्द्र (मिसा पुचःं) २०७८ काठमाडौंका विभिन्न ठाउँंमा छरिएर रहेका महिलाहरुको समूह मिलेर गठन भएको संस्था हो। यसले काठमाडौंमा क्षमता भइभइकन पनि अगाडि आउन नसकेको महिलाहरुलाई अगाडि ल्याउन सहयोग गर्ने उद्देश्यका साथ अभियान थालेको छ। काठमाडौंमा भेला गरी उनीहरुले समूह गठन गरेका छन्।
केन्द्रका सबैजना महिला मात्रै छन्। महिलाका लागि महिलाहरु नै समूह गठन गरी लाग्न थालेको समूहमा आवद्ध महिलाहरु बताउँंछन्। ‘महिलाका लागि हामी महिलाहरु नै अगाडि बढेका हौ, समूहका सवै महिलाहरुको एउटै आवाज छ, अनेक कारणले पछाडि परिरहेका महिलाहरुलाई अगाडि ल्याउने हाम्रो मुख्य योजना हो।’
संस्थालाई दर्ता गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना उनीहरुले राखेका छन्। त्यसका लागि उनीहरुले काठमाडौंको बसन्तपुरमा कार्यालय पनि स्थापना गरेका छन्। बसन्तपुरका स्थानीय सुन्दरमान श्रेष्ठले त्यसको लागि सहयोग गरेका छन्।
सहयोगी सुन्दरमानले क्षमता भएर पनि पछाडि परिरहेका काठमाडौंका महिलाहरुलाई अगाडि बढाउन आफूले महिलाहरुको उक्त समूहलाई सक्दो सहयोग गर्ने बचन दिए। काम केन्द्रले नै गर्नेछ, त्यसको लागि आवश्यक कार्यालयको लागि कोठाबाहेक पनि अन्य सेवा दिन म तत्पर छु, सुन्दरमानले सहृदयता देखाए।
समूहमा आवद्ध ठमेलका सविना मानन्धरले धेरै कारणले पछाडि परेका महिलाहरुलाई अगाडि ल्याउन महिलाहरु नै एकजुट भई केन्द्रको स्थापना गरेको सुनाउँंछिन्। समूहमा आवद्ध अर्की महिला काठमाडौ ताहाचलकी अन्जना शाक्यले आफूहरुले बजेट व्यवस्थापन गरी कार्यक्रम ल्याउने योजना रहेको सुनाउँंछिन्। ‘हामी काठमाडौं उपत्यकाका विभिन्न ठाउँंमा त्यसका लागि साँंगितिक कार्यक्रम गर्ने योजनामा छौं’, उनले भनिन्, ‘त्यसबाट एकातिर फण्डको व्यवस्थाप हुन्छ भने अर्काेतिर गीतसंगीत क्षेत्रमा क्षमता भइभइक पनि पछाडि परेका महिलाहरुलाई पनि ठाउँं दिएर उनीहरुलाई चिनाउन सहयोग हुनेछ।’
समूहमा आबद्ध म्हैपीकी बविता मानन्धरले आफू झण्डै दुई दशकदेखि गीतसंगीत क्षेत्रमा लागिपरेको भन्दै त्यसका लागि आफूले सक्दो सहयोग गर्न समूहमा आबद्ध भएको सुनाउँंछिन्।
समूहमै आवद्ध अर्की काठमाडौं न्युरोडकी मीनर्वादेवी बज्राचार्य काठमाडौंमा पछाडि परेका महिलाहरुलाई अगाडि ल्याउने एउटै मात्रै उद्देश्यका साथ आफूहरुले अभियान थालेको बताइन्। अभियान अन्तर्गत आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने योजना रहेको उनले सुनाइन्। काठमाडौंमा सोमबार भेला भई गठन भएको केन्द्रको पदाधिकारी चयन गर्न बाँंकी ने छ। भेला भई अहिले संगठन बनाई उद्देश्य मात्रै तोकिएको छ।