५२ वर्षमा ५७९ पुरातात्विक वस्तु चोरीको उजुरी
२० माघ २०७८
•
४ मिनेट पाठ
५२ वर्षमा ५७९ पुरातात्विक वस्तु चोरीको उजुरी
फाइल तस्बिर
ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी माई मन्दिरबाट मूर्ति हराएको एक साता बितिसक्दा समेत मूर्ति नभेट्टाएपछि बालकुमारी भवानी गुठीले मूर्तिबारे सूचना दिने व्यक्तिलाई ५ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।




ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनका अनुसार हराएको मूर्तिबारे जानकारी दिनेलाई प्रोत्साहनस्वरूप ५ लाख रूपैयाँसम्म गुठीले उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका थिए। ‘बालकुमारी माई मन्दिरको मूर्ति चोरी भएको घटनाले हामी दुःखी भएका छौं,’ उनले भने, ‘हराएको मूर्तिबारे सूचना उपलब्ध गराउनेलाई प्रोत्साहन स्वरूप गुठीका तर्फबाट ५ लाख रूपैयाँसम्म दिने निर्णय भएको छ। प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। मूर्तिबारे सूचना दिने व्यक्तिको गोपनीयता पनि कायम गरिनेछ।’

बालकुमारी माई मन्दिरको मूर्ति खोजी कार्यको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको विशेष टोली खटिएको छ। गत पुस १७ गते प्रहरीले ललितपुरको कुम्भेश्वर मन्दिरबाट चोरी भएको नारायणको मूर्तिसहित रामेछापका २३ वर्षीय नेसनल योञ्जनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेको छ। उनले चोरी गरेको बाँकी दुई मूर्ति १५ देखि ३० हजार रूपैयाँका दरले सानुलाल महर्जनलाई बिक्री गरेको बयान दिए पनि आरोपित महर्जनले सो कुरा अस्वीकार गरिरहेको घटना अनुसन्धान गरिरहेका एक प्रहरीले जानकारी गराएका थिए।

नेपालमा पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको मूर्ति चोरीको ती दुई प्रतिनिधि घटना हुन्। महानगरीय अपराध महाशाखाको संयोजकत्वमा मूर्ति चोरी घटनामाथि अनुसन्धान सुरू भइरहेको छ। ‘मूर्ति चोरीका घटना बढ्दै गएपछि हामीले अनुसन्धान र निगरानीसमेत बढाएका छौं,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने, ‘पुरातात्विक महत्व बोकेका मूर्तिहरू चोरीमा गिरोहको संलग्न हुने गरेको पाइएको हुँदा अनुसन्धानलाई तीव्रता दिएका छौं। नेपालको मूर्ति चोरी गरेर स्थानीय बिचौलियाले विभिन्न सञ्जालमार्फत अन्तर्राष्ट्रिय आर्ट मार्केटसम्म पुर्‍याउने गरेका सूचनाका आधारमा अनुसन्धान गरिरहेका छौं।’

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म देशभरबाट १५ वटा देवीदेवताका मूर्ति चोरी भएको घटना दर्ता भएका छन्। त्यसमध्ये सोलुखुम्बु, बारा, मकवानपुर, सिन्धुपाल्चोक, जुम्ला र काठमाडौंबाट मूर्ति चोरी गर्ने २६ जना पक्राउलाई प्रहरीले पक्राउ गरे पनि पाँचवटा मूर्ति अझै फेला परेका छैनन्।

गत आर्थिक वर्ष २०७७/७८ मा १० मूर्ति दुई घन्टी र सिक्का चोरीको घटना प्रहरीमा दर्ता भएको थिए। मकवानपुर, चितवन, रूपन्देही, बाँके र काठमाडौंबाट हिन्दु र बुद्ध मूर्तिसहित घन्टी र सिक्का चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेपनि पाँच मूर्ति फेला परेका छैनन्। स्थानीय बिचौलियाले डिप्लोमेटिक ब्यागदेखि अन्य निर्यातका वस्तुबीच लुकाएर वा मूर्तिलाई नयाँ प्रमाणित गरेर नयाँ दिल्ली, मुम्बई या बैंकक हुँदै न्युयोर्क, पेरिस र लन्डनका आर्ट ग्यालरी र संग्रहालय बिक्री गर्ने वा लिलाम गृहमार्फत बिक्रीमा राखेर पैसा असुल्ने गरेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार २०२६ सालदेखि २०७८ पुस मसान्तसम्म पुरातात्विक महत्वका ५ सय ७९ वस्तुहरू चोरी भएका उजुरी परेका थिए। जसमध्ये हिन्दु देवीदेवताका ९८ वटा मूर्ति, बुद्धका विभिन्न आकृतिका ६२ वटा मूर्ति, बौद्धका स्वर्णलिपी ४९ वटा, पुरातात्विक महत्वका १ सय ३३ वटा सिक्काहरू, तामाका विभिन्न आकृतिका १८ वटा टुक्राहरू, प्रज्ञापारमिता सूत्र र ९९ वटा, सुनको मुण्ड माला ३३ वटा र घण्टी ३१ वटा चोरी भएका थिए। त्यस्तै, शालीग्राम (७) तुथा दुना (७) र शंख (७), कलस तामा (३), पञ्च दियो (२), कलस (२), मुगा दाना (८), पानस थाल (२), गजुर (२) र बौद्धको ग्रन्थ (२), चाँदीको नाग मुकुट, पञ्चरत्न दण्ड, सातनागे प्रभा मण्डल, ११ नागे प्रभा मण्डल, आरती थान, जलौरी, बौद्धको ग्रन्थ कभर, ढलौटको मानो, पुतली, कण्ठी र अंखरा चोरी भएका उजुरी प्रहरीमा परेका थिए।

प्रहरीको तथ्यांकअनुसार पुरातात्विक महत्वका वस्तु चोरीमा संलग्न ९३ नेपाली (दुई महिलासहित), तीन भारतीय नागरिक र एक चिनियाँ नागरिकलाई कारबाही गरिएको थियो भने सातजना नेपाली फरार (एक महिलासहित) रहेका छन्। नेपालबाट चोरी भएर अमेरिका, बेलायत, चीन र फ्रान्सलगायत देशको संग्रहालयमा पुगेका ७६ वटा मूर्ति नेपाल फिर्ता भइसकेको पुरातत्व विभागले जनाएको थियो। ‘कूटनीतिक पहलमार्फत विभिन्न देशमा संग्रहालयमा रहेका पुरातात्विक महत्वका वस्तुहरू स्वदेश फर्काउन लागि परेका छौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘विभिन्न देशको संग्रहालयमा रहेका ५४ वटा मूर्तिदेखि वास्तुकलाहरू स्वदेश फर्काउन कूटनीतिक पहल भइरहेको छ।

सय वर्ष पुरानो कुनै पनि पुरातात्विक महत्वका वस्तुहरू ओसारपसार वा बेचबिखन र देशबाहिर लग्न बन्देज भए पनि नेपालबाट हराएर विदेशको संग्रहालयसम्म कसरी पुग्यो भन्नेबारे सम्बन्धित पक्षले जानकारी दिन चाहँदैन।’
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस