विद्युत ट्रान्सफर्मर चोरीको घटना बढ्यो
१८ माघ २०७८
•
२ मिनेट पाठ
विद्युत ट्रान्सफर्मर चोरीको घटना बढ्यो
कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीको घटना बढेका छन्। जिल्लाको ग्रामीण भेगमा भोल्टेज व्यवस्थापनका लागि जडान गरिएका ट्रान्सफर्मरहरू धमाधम चोरी भएका हुन्। पेशेवर चोरहरूले रातिको सयममा धमाधम ट्रान्सफर्मर चोरेर लगेपछि जिल्लाका तौलिहवा र कृष्णनर वितरण केन्दलाई जडान गरिएका ट्रान्सफर्मरलाई जाेगाई राख्न ठुलो चुनौती बनेको छ।




बिगत ३ महिना भित्र प्राधिकरण तौलिहवा वितरण केन्द्रको मातहतमा पर्ने ९ वटा ट्रान्सफर्मर चोरी भएको वितरण केन्द्रका प्रमुख राजेश झाले बताए। यस्तै १५ दिन भित्र कृष्णनगर बितरण केन्द्रका मातहतमा रहेका ४ वटा ट्रान्सफर्मर चारी भएको बितरण केन्द्रका प्रमुख कमर आलम खाले बताए। चोरी भएका ट्रान्सफर्मर २५ देखि सय केबीए क्षमता र अधिकांश सिचाई प्रयोजनकालागि जडान गरिएको थिए।

तौलिहवा वितरण केन्द्रको मातहतमा बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवा, वडा नम्बर १० करैलिया, सुद्धोदन गाउँपालिका– ६ कर्मा, मायादेबी गाउँपालिका वडा नम्बर ७  बनकसिया, वडा नम्बर ४ पिपराका रहेका छन्। यस्ते तौलिहवा बितरण केन्द्रका कपिलवस्तु नगरपालिका वडा नम्बर ८ भगवानपुर वडा नम्बर ९ जगदीशपुर बुद्धभुमी नगरपालिका– १० पिपराहवामा ट्रान्सफर्मर चोरी भएका छन्।

यस्तै कृष्णनगर नगरपालिका अन्तर्गत बुद्धभुमी नगरपालिका ८ भुसिया, बिजयनगर– ४ मैनारी, लगायत ४ स्थानका ट्रान्सफर्मर १५ दिनभित्र चोरिएका छन्। विद्युत प्राबिधिकका अनुसार ट्रान्सफर्मर भित्र रहेको तामा चोरहरुले चोरेर लाने गरेका हुन्। ट्रान्सफर्मर भित्र तामाको मात्रा अधिक हुने र तामा प्रति किलो १५ सय देखि २ हजारसम्म बिक्रिी हुने गरेकोलेट्रान्सफर्मर चोरहरुको निशानामा पर्ने गरेको छ।

सय केबिएको ट्रान्सफर्मरमा ६० देखि ७० किलोसम्म तामा रहने गर्छ। चोरहरुले तारलाई सर्ट गरी फ्युज गराएर ट्रान्सफर्मरबाट तामा चोरेर लाने गरेका छन्। पेशेवर चोरहरुले नै ट्रान्सफर्मर चोरी गरेर लाने गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख झाले बताए। खासगरी ग्रमीण भेगको एकान्त ठाउँमा रहेको ट्रान्सफर्मरहरु चोरिने गरेको उनले बताए। उनले ग्रामीण भेगका ट्रान्सफर्मर जागाउनै मुस्किल परेको बताए।

'सबैले रेखदेख र अपनत्व नलिएसम्म यो समस्या समाधान गर्न गाह्रो छ’ उनले भने। प्रहरी प्रशासनले यस्ता चोरहरुको खोजी गरी कडा कारबाही गर्न जरुरी रहेको उनले बताए। स्थानीयबासीले सतर्कता अपनाउनु पर्ने बताए। ट्रान्सफर्मर चोरी रोक्न आफूहरुले ट्रान्सर्फरमा प्लेट राखेर जाडन गर्ने अभियान थालेको उनले बताए।

उता प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख आलमले ट्रान्सर्फर चोरी रोक्न स्थानीयबासीले निगरानी बढाउनु पर्ने बताए। उनले घर नजिकै ट्रान्सफर्मर राख्नु पर्ने र सजग रहनु पर्ने बताए। उनले ट्रान्र्फमर र विद्युत चुहावट चोरी रोक्न आफूहरुले गाउँ गाउँमा माईकिङ अभियान चलाएको बताए। दुबै वितरण केन्द्रले चोरिएको ट्रान्फर्मरको विवरण प्राधिकरणको प्रदेश कार्यालय बुटवलमा पठाएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस