भारतीय जेलमा बिनाकसुर ४० वर्ष: आदेशअनुसार दुर्गाप्रसादले क्षतिपूर्ति पाएनन्
१८ माघ २०७८
•
३ मिनेट पाठ
भारतीय जेलमा बिनाकसुर ४० वर्ष: आदेशअनुसार दुर्गाप्रसादले क्षतिपूर्ति पाएनन्
भारतीय जेलमा ४० वर्ष बिताएर घर आएका इलामको माई नगरपालिका–१०, लुम्बाकका दुर्गाप्रसाद तिम्सिना सदरमुकाममा। तस्बिरः भीम/नागरिक
भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार क्षतिपूर्ति पाउन सकेका छैनन्। हाइकोर्टले छ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन दुई महिनाअघि पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो।




अहिलेसम्म क्षतिपूर्तिको रकम आफूूहरूले नपाएको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताए। ‘हाइकोर्टको आदेशपछि बैंक खाता प्रमाणित गर्नेलगायतका काम गर्न हामीलाई भनिएको थियो,’ उनले भने, ‘हामीले सबै कागजात पठाइसकेका छौं, बैंक खाता पनि प्रमाणित गरेर पठाएको धेरै दिन भयो तर रकम आएन।’ कोलकातास्थित वाणिज्य दूतावासले ती कागज आफूहरूलाई मगाएको उनले जानकारी दिए।

हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख)रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो। दुर्गाप्रसादको बैंक खाता नभएको अवस्थामा उनका परिवारसमेतको खातामा रकम पठाउन सक्नेगरी हाइकोर्टको आदेश थियो। ‘निराश भइहालेका छैनौं, राहत रकम आउँछ भन्ने आशामा छौं,’ गोपालले भने, ‘तर, रकम हस्तान्तरण गर्न अदालतले दिएको अवधि भने गुज्रिसकेको छ।’

दुर्गाप्रसाद विराटनगरस्थित मानवसेवा आश्रममा बस्दैछन्। उनी आमाको काजकिरियाका लागि आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक आएका छन्। घर जानुअघि सोमबार दुर्गाप्रसाद इलाम सदरमुकाम आएका थिए। उनकी आमा धनमायाको शनिबार निधन भएको थियो।

दुर्गाप्रसादको मानसिक अवस्था कोलकाताको दमदम कारागारबाट घर ल्याउँदाको भन्दा अझ बिग्रिएको अनुभव परिवारजनले गरेका छन्। ‘मलाई भतिजो गोपाल भनेर ठूलोबुबा (दुर्गाप्रसाद)ले चिन्नुहुन्थ्यो,’ गोपालले भने, ‘अहिले त मलाई नै नचिन्ने भइसक्नुभएको छ।’ घरमा रहँदा पनि दुर्गाप्रसाद परिवारमा कसैलाई खबरै नगरी गाउँतिर डुल्न जाने, टाढासम्म पुगेर हराउने गर्न थालेका थिए। उनलाई इलामस्थित मानवअघिकार मञ्चसहितको पहलमा विराटनगर पु¥याइ उपचार प्रयास भइरहेको छ।

अहिले पनि दुर्गाप्रसाद आफू पक्राउ परेको ठाउँ दार्जिलिङ सम्झिरहन्छन्। ‘दार्जिलिङ, सिलिगुडी, कोलकाताका जेलमा मलाई राखे,’ दुर्गाप्रसादले नागरिकन्युजसँग भने, ‘मलाई पक्रेको दार्जिलिङमै हो, किन पक्रिए भन्ने थाहा छैन।’ उनले आफूले कसैको हत्या नगरेको दाबी दोहोर्‍याए। ‘जेलमा राखेका बेला चाहिँ तेरो आफन्त आएको छैन, हाकिमले नभनी घर जान मिल्दैन भन्थे,’ उनले सुनाए, ‘सुरु–सुरुमा मलाई कुटे, अलि पछि कुटेनन्।’ उनले जेलमा बस्दा आफूलाई दिइएका खानेकुरा पनि सम्झिए। परिवारजनका केही नाम भने र आफ्नी आमाको देहावसान भएको पनि सुनाए।

पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो। जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाई नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो। कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किएका थिए।

उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन्।  मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए। हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो। घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखियो।

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो। १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए। उनको उपचारका लागि १ नम्बर प्रदेश सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन्।

२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका)मा थियो। तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको हो। घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो। २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो।
अर्को समाचार
भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति
०१ फागुन २०७८
•
३ मिनेट पाठ
भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति
भारतीय जेलमा ४० वर्ष बिताएर घर आएका इलामको माई नगरपालिका–१०, लुम्बाकका दुर्गाप्रसाद तिम्सिनालाई राहत रकमको चेक हस्तान्तरण गरिँदै। तस्बिर: भीम/नागरिक
भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाएका हुन्।  




झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरे। त्यस अवसरमा पौडेलले पश्चिम बंगाल सरकारले तिम्सिनालाई प्रारम्भिक चरणको क्षतिपूर्ति दिएको र मुद्दा विचाराधीन रहेकाले अन्य सेवा सुविधामा यसले असर नगर्ने बताए।  

कोलकाता हाइकोर्टले गत मंसिर दोस्रो साता छ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको हो। आदेशअनुसार महावाणिज्यदूत पौडेलले झापासम्म आएर चेक हस्तान्तरण गरेका हुन्। चेक लिन दुर्गाप्रसाद र उनको परिवार झापा पुगेको थियो। 

दुर्गाप्रसादको बैंक खाता नभएको अवस्थामा समेत उनका परिवारसमेतको खातामा रकम पठाउन सक्नेगरी हाइकोर्टको आदेश थियो। दुर्गाप्रसादलाई चेक हस्तान्तरण गरिएको उनका भाइ (काकाका छोरा) प्रकाश तिम्सिनाले जानकारी दिए। ‘यो प्रारम्भिक क्षतिपूर्ति हो, मुद्दा हाइकोर्टमा विचाराधीन नै छ,’ प्रकाशले भने।

दुर्गाप्रसाद विराटनगरस्थित मानवसेवा आश्रममा बस्दैछन्। उनी आमाको काजकिरियाका लागि आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक आएका थिए। पश्श्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो। जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाई नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो।  

कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किएका थिए। उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन्। मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए। हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो।  

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो। १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको दुर्गाप्रसादका भतिजा गोपालले बताए। उनको उपचारका लागि १ नम्बर प्रदेश सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन्।  

२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका)मा थियो। तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको हो। घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो। २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो।

यो पनि पढ्नुहोस्

भारतीय जेलमा बिनाकसुर ४० वर्ष: आदेशअनुसार दुर्गाप्रसादले क्षतिपूर्ति पाएनन्
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस