गृहणी, ‘पाँच वर्ष अगाडि कोहलपुर–११ सिर्जना टोल बस्ने आरती सिंह ठकुरी (४३) परिचय यही थियो।’ श्रीमान् विष्णु सिंह ठकुरीले कमाइ ल्याउने र गृहणीका रुपमा काम गर्ने दैनिक थियो उनको। उनको चाहाना पनि ठूलो थिएन। श्रीमान्को कमाइमा एक/दुई रुपैयाँ थप्ने र झन सजिलो दैनिकी बनाउने चाहा थियो।
तर दुःखद्, ‘उनको यो सपनाले उल्टो बाटो रोज्यो।’ उनका श्रीमान् विष्णुको जन्डिसका कारण २०७२ मा मृत्यु भयो। जीवनका कयौं सुखदुःखका घुम्तीमा हातेमालो गर्दै हिँड्ने उनको सपना चुडियो। र, उनको काँधमा एक्कासि ठूलो जिम्मेवारी आइबस्यो। मृत्यु स्वीकार्न सकिँदैन तर, नस्वीकार पनि हुँदैन। विष्णु यातायात प्रालिमा काम गथ्र्ये।
उनको कमाइले आफ्नो उपचार र घरपरिवार पाल्नै ठिक्क थियो। श्रीमान्को देहावसानले उनको जीवनसाथी मात्र खोसेन, उनको परिवारलाई विचल्लीमा पनि पार्यो। गृहणी उनलाई घर परिवारै पाल्न कठिन भयो। दुई छोरा भएकी उनले छोराहरुलाई बर्दियास्थित बाँसगढी–६, बमौली आफ्नै गाउँमा फर्किन पनि भनिन्। तर पढाइका कारणले उनीहरु घर फर्किन सकेनन्।
विष्णुको अल्पायुमै मृत्युपछि यातायात प्रालिले आरतीलाई रोजगारी दियो। त्यहाँ उनले करिब एक वर्ष काम गरिन्। त्यहाँको तलबले छोराहरु पढाउने, श्रीमान्को उपचार हुँदा लागेको ऋण तिर्न उनलाई फलामको चिउरा चपाउनु झै भयो। ‘जागिर गरेर मैले आर्थिक बोझ थाम्नै सकेन,’ उनी भन्छिन्, ‘साह्रै गाह्रो भयो। तलब ५/६ हजार हुन्थ्यो। मलाई मासिक ४० देखि ५० हजार रुपैयाँ आवश्यक पथ्र्याे। जागिरले त्यो सब व्यवस्थापन गर्न सकेनँ।’
उनीमा एक्कासि आँट आयो र एउटा जोखिम मोल्ने निर्णयमा पुगिन्। त्यो थियो, ‘गृहणीबाट महिला उद्यमी बन्ने अठोट।’ त्यही सोच बन्यो उनको पहिलो टर्निङ प्वाइन्ट। उनले आफ्नो परिचय बदल्न एक लाख रुपैयाँ ऋण लिइन् र पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिर्जना टोलमा खुद्रा पसल सञ्चालन गरिन्। त्यतिबेला उनले ठूलो मिहिनेत गर्दै गइन्। व्यापार पनि राम्रो चल्यो। दैनिकी गुजारा चलाउन उनलाई यतिबेला कुनै समस्या छैन।
श्रीमानकाे उपचारमा लागेको ऋण पनि उनले मासिकरुपमा किस्ताका रुपमा तिर्दै आएकी छिन्। ‘मैले व्यापार गरेर धेरै पैसा जम्मा गरिनँ’ उनले भनिन्, ‘छोराहरुलाई उच्च शिक्षा दिएँ। परिवार पाल्न सहज भयो। त्योभन्दा पहिला गृहणीबाट मैले महिला उद्यमीको ट्याग पाएँ। आत्म सन्तुष्टि छ।’ आफ्नो परिचय बदलिँदा उनी ढंग छिन्। उनले व्यापारलाई वृद्धि पनि गर्दै गएकी छिन्। खुद्रा पसलसँगै उनले माटाबाट निर्माण गरिएका सामग्रीहरु पनि बिक्री गर्छिन्। त्यसबाट अहिले उनको मासिक आम्दानी ५० हजारभन्दा बढी हुन्छ। यसले उनलाई कसैका अगाडि हात थाप्न परेको छैन। आफैँ सक्षम बनेकी छिन्।
‘श्रीमान् जुम्दा र आफ्नो हातमा ठूलो आर्थिक भार पर्दा म विदेश पनि जान सक्थ्ये,’ उनी भन्छिन्, ‘तर, मैले छोराहरु छोड्न मानेन् र स्वदेशमै बसेर केही थाहेँ।’ पहिला गृहणी हुँदा र अहिले महिला उद्यमी हुँदा छरछिमेल गर्ने व्यवहार पनि बदलिएको छ।
पहिला उनलाई गृहणीका रुपमा गाउँलेले व्यवहार गर्थे भने अहिले महिला उद्यमीलाई गर्ने व्यवहार गर्छन्। दुःखमा परेका महिलाहरुका लागि उनी एउटा खुला किताब बनेकी छिन्। जति ठूलो दुःख हुँदा पनि लगनशील, इमान्दारीतापूर्वक जिम्मेवार बहन गरे सफलता पाइँदा रहेछ भन्ने उनले उदाहरण प्रस्तुत गरेकी छिन्।