तस्करीलाई सहजै उन्मुक्ति
०४ माघ २०७८
•
३ मिनेट पाठ
तस्करीलाई सहजै उन्मुक्ति
बेवारिसे अवस्थामा बरामद गरिएको सामान। तस्विरः नागरिक
नेपालगन्ज उपमहानगरपालिका–१० बाट प्रहरीले आइतबार एक लाख ५७ हजार बढी मूल्य बराबरका सामान बरामद गर्‍यो। सादा पोसाकमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ति सामानहरु बरामद गरेको थियो। तस्करहरुको समूहले लत्ताकपडा, जुत्ता, सुपारी र ब्येरिङ भन्सार छली गरेर नेपालगन्जतर्फ ल्याउँदै थिए।




गत असोज २६ गते नेपालगन्ज उपमहानगरपालिका–१५ बाट प्रहरीले नौ सय थान मोबाइल सेटहरु बरामद गर्‍यो। ति ठूलो परिमाणमा मोबाइल सेटहरु समेत तस्करहरुको समूहले भारतबाट नेपालगन्जमा ल्याउँदै थिए। सोबेला बाँके प्रहरीले बरामद गरेका मोबाइलहरुको मूल्य अन्दाजी ६ लाख ३० हजार रुपैयाँ रहेको बताएको थियो।  

यति मात्र होइन दैनिकजसो प्रहरीले भारतबाट अवैधरुपमा लिएका सामान बरामद गर्छ। तर दुःखद् कुरा मान्छेले भने पक्राउ पर्दैनन् उल्टै उन्मुक्ति पाउँछन्। भन्सार छलीका सामानहरु बरामद गरे पनि प्रहरीले उक्त कार्यमा संग्लन तस्करहरुलाई भने सकेसम्म पक्राउ गर्दैन। एकैपटकमा लाखौं मूल्यका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करहरुलाई भने छोड्ने गरेको छ। प्रहरीले तस्करका सामान मात्र नियन्त्रणमा लिएर तस्करलाई छोड्ने गरेको स्थानीयहरु बताउँछन्। 

नेपालगन्जका मेराज सिद्दिकीले भन्सार छलीका सामान नियन्त्रणमा लिएर तस्करहरुलाई छोड्ने गरेको बताउँछन्। ‘प्रहरीले भन्सार छली गरेर ल्याएका सामानहरु बरामद गर्नु राम्रो कुरा हो,’ उनले भने, ‘प्रहरीले तस्करहरुलाई भने कहिल्यै पक्राउ गरेको भन्ने समाचार सुनिँदैन। तस्करलाई पनि पक्राउ गरेर कानुनको दायरामा ल्याउनुपर्छ।’ प्रहरी स्रोतकै अनुसार सामान बरामद गरिसकेपछि तस्करहरुलाई भगाउने गरिन्छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेका भन्सार छलीका ९८ प्रतिशत बढी घटनामा तस्करहरु पक्राउ परेको देखिँदैन। तस्करी आफैँले सामान ओसारपसार कमै गर्छन। तस्करहरुले भरियाहरु प्रयोग गर्ने गरेको पाइएको छ। प्रहरी र तस्करीबीच ‘कनेक्सन’ हुँदा सामान ल्याउने भरियाहरु सहजै भाग्छन्। ‘एकदुई घटनामा भन्सार छलेर सामान ल्याउने व्यक्ति भाग्ने हो,’ नेपालगन्जका राजु चौधरीले भने, ‘तर यहाँ त सामान मात्र बरामद हुन्छ मान्छेलाई भगाइन्छ।’ बेवारिसे अवस्थामा भन्दै प्रहरीले सामान मात्र बरामद गर्ने र भन्सारको जिम्मा लगाउने गर्छ। सामान समाउने र मान्छे भगाउने प्रहरीको कामले अझ बढी तस्करी मौलाउँदै गएको सर्वसाधारणहरुको भनाइ छ।

बाँके जिल्लामा सरुवा भएर आएको पहिलो पत्रकार सम्मेलनमा एसपी श्यामकृष्ण अधिकारीले भनेका थिए, ‘म यहाँको तस्करीलाई शून्य पार्छु।’ तर उनी आएको यति लामो समयसम्म पनि तस्करी शून्य त परको कुरा केही हदसम्म न्यूनीकरणसमेत भएको देखिँदैन। अहिले पनि तस्करी उस्तै छ। तस्करी उस्तै हुनुको कारण, ‘कारबाही नहुनु।’ प्रहरीले तस्करीलाई देखेर पनि नदेझै गरेर छुटकारा दिँदा पनि तस्करी मौलाउँदै गएको बेलाबेला गुनासाहरु छताछुल्ल हुन्छन्।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले तस्करहरुलाई नियन्त्रणमा लिन समस्या हुने गरेको बताउँछन्। सीमा क्षेत्रमा प्रहरीलाई देख्नेबित्तिकै तस्करहरु सामान छोडेर भारततर्फ भाग्ने गरेकोले समस्या हुने गरेको उनले बताए। ‘तस्करका नाइकेहरु बुढाबुढी र बालबालिकालाई तस्कर सामान ल्याउन प्रयोग गरिरहेका हुन्छन्,’ उनले भने, ‘त्यस्ताहरुलाई पक्राउ गर्न समस्या हुन्छ। ठूला तस्करहरु फेला परे नियन्त्रणमा लिएर कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउँछौं।’  

तस्करमा संग्लन मानिस हुँदै सामान मगाउने नेपालगन्जका ठूला व्यवसायीसम्म पुग्न सहज हुने भए पनि एसपी अधिकारी भने तस्करहरुले उनीहरुको नाम भन्न नमान्ने दाबी गरे। नेपालगन्जका केही ठूला तस्करहरुलाई मुद्दा चलाउन नेपालगन्ज भन्सार कार्यालयलाई आफूहरुले लेखी पठाएको उनले बताए। ‘केही तस्कर भाग्छन्, कहिलेकाहिँ भरियामात्र फेला पर्छन्,’ उनले भने, ‘तस्करका नाइकेहरु जोगिए पनि उनीहरुका नाममा समेत मुद्दा दर्ताको लागि लेखी पठाउने गरेका छौं।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस