घरमा चर्केर बसेका भाडाकुँंडा राख्नाले अशुभ हुने विश्वासकासाथ घरघरमा रहेका माटाका चर्केका भाडाकुँंडा नजिकको चोकहरुमा लगेर फुटाई सोमबार छ्याला पुन्ही मनाइएको छ। स्थानीय नेपाल भाषामा यसलाई छ्याला पुन्हि (मिला पुन्ही) पनि भनिन्छ।
परम्परा अनुसार अन्य दिनमा यहाँका घरपरिवारमा पुराना माटाका भाँंडाकुँंडा चर्के फुटे पनि बाहिर फाल्न लगिंदैन। बरु यही दिनको प्रतिक्षा बसिन्छ। बजार फोहोर हुने भएकाले भक्तपुरभरिका नेवार समुदायले यही दिनमा मात्रै घरभित्र चर्के फुटेका माटाका भाँंडाकुँंडा आआफ्नो नजिकको चोबाटो, दोबाटोमा फाल्न लग्ने प्रचलन रहिआएको छ।
कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इनदुल केसी नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा रहेको सुनाउँंछन्। यस अन्तर्गत छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको उनी सुनाउँछन्।
चिरा परेका, काम नलाग्ने भाँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिने गरेको स्थानीयहरु सुनाउँंछन्। साथै यो पर्व सरसफाईमा सचेत रहेको प्रमाण दिन पनि मनाइएको बताइएको छ। अरु जुनैबेला भाडा फाल्न लाँदा फोहोर हुने भएकाले एकैदिन सबैले आफ्नो नजिको चोकमा भाडा फाल्न प्रचलन रहेको बताइन्छ।
परम्परा अनुसार सोमबार नगरका सयौं ठाउँंका चोक, दोवाटो जताजतै भाँडा फुटाइराखेको देखियो। सवारसाधन हिँड्ने भएकोले साँंझसम्म पुग्दा सबैतिर भाँडाकुँंडाहरु कच्याककुचुक हुने गरी ससानो टुक्रा भएको देखियो। परम्परा अनुसार घरघरबाट विहान सवैले चोकचोक, दोवाटो, चौबाटोमा आआफ्नो अनुकूलताको ठाउँंमा भाँडा फाल्न ल्याएको देखियो।
माटाका भाँडाकुँडाले घरघर भरिने भक्तपुरमा अहिले दिन माटाका भाँंडाकुँंडाको प्रयोग निरन्तर कम हुँंदै आएको छ। यसको सटामा सस्ता प्लाष्टिकका भाँडाकुँंडाहरुको प्रयोग बढ्दो छ। यो सँंगै पर्व नै लोप हुने भन्दै एकथरी पर्व प्रेमीहरु चिन्ता साट्छन्। माटोका भाँडाकुँंडाहरुको प्रयोग बढाउन सके पर्व बच्ने मात्रै नभई माटाका भाँडाकुँडा बनाउने कुमालेहरु व्यवसाय पनि फष्टाउने देखिन्छ।