शुक्रबार साँझ नेपालगन्ज–१८, लग्दहवामा एकजना पुरुषको शंकास्पद अवस्थामा शव भेटिएको छ। जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो।
लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन्। प्रहरीका अनुसार मृतकको निधारमा थोरै रगत आए जस्तो देखिएको छ भने घाटीमा पनि थोरै कोरिएको जस्तो दाग छ। सामान्य चोट देखिएपछि प्रहरीले हत्या भएको हुन सक्ने आँकलन गरेको छ।
लग्दहवा सडकअन्तर्गत आँप बगैयाभन्दा दक्षिणतर्फ खेतमा उनको शव भेटिएपछि स्थानीयले शुक्रबार करिब ५ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए। बिहीबार साँझ हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। मृत भेटिएका न्यौपानेको साथमा अन्य व्यक्तिगत कागजात पनि फेला परेका छन्।
उनी आलु व्यापारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसभन्दा अघि पनि यही क्षेत्रमा एकजना युवकको हत्या भएको थियो।