म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा जन्मजातै जिब्रो छैन भन्ने सरकारी सिफारिस बोकेर दुई पुरुषले घरघर सहयोग रकम माग्दै थिए। भारतीय मूलका नागरिकजस्ता देखिने उनीहरूले अनिवार्य सहयोग दिन भन्दै नबोल्ने मान्छेको भेषमा गाउँघरमा आउजाउ गर्ने मानिसलाई समेत पैसा माग्ने गर्थे। घरदैलोमा पुगेर पैसा माग्ने बहानामा अनौठो गतिविधि देखाउन थालेपछि स्थानीयले नियन्त्रणमा लिए। तर उनीहरूले बोल्न नसक्ने भन्दै सांकेतिक भाषाको हाउभाउमा जानकारी गराए।
गाउँमा माग्नेको भेषमा आतंक मच्चाएको गुनासोपछि नियन्त्रणमा लिइए पनि दोहोरो संवादमा समस्या आएपछि नाम, ठेगाना, परिचय खुल्न सकेन। सिफारिस पत्र देखाउँदै दुवै जनाको जिब्रो नभएकाले बोल्न आनाकानी गरे। गाउँमै सामान किन्दा, बेलुकी होटलमा बस्दा खुलेर बोलेको देखेका स्थानीयसमेत अचम्मित भए। हात र झोलामा पैसाको मुठा बोकेका दुवैलाई गाउँपालिकाका जनप्रतिनिधिसहित समुदायले लामो समयसम्म केरकार गर्दा जिब्रोले कहिल्यै आफै झुठो बोल्दैन भन्ने पुष्टि गर्दै आफूले नाटक रचेको स्वीकार गरे।
एकजना ढाकापोटीमा सजिए पनि केरकार गर्दा भारतीय मूलका रहेको पुष्टि भएपछि ताकम प्रहरीको जिम्मा लगाइएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए। ‘नक्कली सिफारिस लिएर माग्नेको भेषमा गाउँमा दुःख दिएका थिए, ‘सामान्य अवस्थामा परिचयसमेत दिन नसक्ने अवस्थामा माग्न आएकालाई नियन्त्रणमा लिइएको छ,’ उपाध्यक्ष छन्त्यालले भने। उनले बोल्नसमेत अटेर गरेका दुवैजनाले धम्कीपूर्ण केरकारपछि बाध्य भएर बोलेको बताए। माग्नेको भेषमा आएकाको सिफारिससमेत नक्कली भएको बताए।
जिल्ला विकास समिति कास्कीको नाममा बनाइएको सिफारिसमा २०८० माघ १६ गतेसम्म जारी रहने मिति उल्लेख छ। अनिवार्य १ सयभन्दा माथि दिनुपर्ने भन्ने सिफारिससमेत आफूले नै बनाएको बताएका छन्। म्याग्दीको सदरमुकाम बेनी हुँदै पश्चिम क्षेत्रका गाउँगाउँ पुगेर पैसा माग्ने नपाए, सामानसमेत दिन अनुरोध गर्ने गरेको खुलेको छ। जिल्लाको सदरमुकाम बेनी तथा व्यापारिक बजारको टोलटोल र पसलपसल पुगेर अनेक भेष बदलेर माग्नेहरूबाट सर्वसाधारण र व्यापारी आजित भएका छन्।
स्थानीय तहको नक्कली सिफारिसमा उपचार खर्च तथा खुट्टा र हातका औंला सग्ला नभएको भन्दै बालबालिकादेखि वृद्धवृद्धासम्म उमेर समूहका नेपाली र भारतीयले सहयोग माग्ने गरेका छन्। एउटै व्यक्तिले समेत समय–समयमा भेष बदलेर पैसा माग्न आउने र एउटै परिवारका चारपाँच जना फरक–फरक ठाउँमा पैसा माग गर्ने मगन्तेलाई प्रहरीसहित सरोकारवाला निकायले निरुत्साहित गर्न चासो दिएको छैन। यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले अपरिचित व्यक्ति देखेमा र माग्ने बहानामा हुने गतिविधिबारे जानकारी दिन अनुरोध गरे। ‘माग्ने बहानामा लुटपाट हुनसक्छ, नजिकै रहेका प्रहरीलाई खबर मात्रै गरे हुन्छ,’ उनले भने।
पछिल्लो एक महिनायता म्याग्दीमा आयुर्वेदिक औषधि बिक्री गर्ने बहाना तथा माग्ने र अन्य सामान बिक्री भन्दै माग्न आउनेहरूको गुनासो धेरै आउने गरेको छ। विभिन्न भेषमा शारीरिक रूपमा अशक्त देखिने गरी नक्कली मगन्तेलाई सहरबजारभन्दा ग्रामीण क्षेत्रमा माग्न र बास बस्न सजिलो हुने भएकाले ग्रामीण क्षेत्रमा सक्रिय भएका छन्। आर्थिक अभाव तथा धार्मिक पहिरनको भेषमा माग्न आउनेहरू मानसिक रूपमा समेत स्वस्थ्य देखिन्छन्।
पछिल्लो समय नेपालका विभिन्न जिल्लामा बसोबास गर्नेहरू उपचारमा सहयोग आवश्यक पर्ने भन्दै गाउँघरमा समेत आउने गरेकाले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै अभियानमा जानसमेत अनुरोध गरिएको छ।