जिल्लामा रहेका ईसाइहरुले आफ्नो प्रमुख चाड क्रिसमस शनिबार धुमधामसँग मनाएका छन्। जिजस क्राईस्टको जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईसाइ धर्मावलम्बीहरुले गिर्जाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन्।
यशुको सम्झना गर्दै जिल्लामा रहेका डेढ दर्जन बढी गिर्जाघरमा उनीहरुले सामुहिक प्रार्थना, मनोरञ्जन र भोजन गर्दै सो पर्व मनाएका हुन्। एक महिनादेखि करेल खेल्दै आएका इसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिँदै हर्षोल्लासका साथ पर्व मनाएका छन्। उनीहरुले केक काटी अङगुरको झोलसमेत पिएका थिए। गिर्जाघरहरुमा गरिएको बिशेष कार्यक्रममा बाईबलको पाठ र यशुका बिषयमा चर्चा गरिएको थियो। यस्तै मनोरञ्जनका लागि शान्ता क्लजको प्रतीक प्रर्दशन गरिएको थियो। कपिलवस्तुको तौलिहवा, चार नम्बर , सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगर लगायतका गिर्जाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो। मानवजातिको मुक्तिदाताको रुपमा रहेका ईशु ख्रिस्टको महान जन्म दिनमा आफूहरुका लागि बिशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेविट चौधरीले बताए।
नेपालमा ४ सय वर्ष अघिदेखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आरधनालय संचालन गरिएको थियो। त्यसयता क्रिस्चियन धर्मावलम्बीहरु बढ्दै गएको पाइएको छ। २०६८ सालको जनगणना अनुसार जिल्लामा १ हजार १ सय १५ जना क्रिस्चियनहरु रहेका छन्।