गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्
०७ पौष २०७८
•
२ मिनेट पाठ
गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्
गत मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ बाट ८ बिघामा लगाइएको करिब दुई लाख बोट गाँजा फडानी गरेको थियो।




गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गत कात्तिक २९ गते पनि पर्सा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा जग्गामा लगाइएको २ लाख २० हजार गाँजाका बोट फडानी गर्यो। मानव बस्ती नजिकै लगाइएको गाँजा खेती फडानी गरिएपनि प्रहरीले संलग्न कसैलाई पक्राउ गरेनन्।

गत मंसिर १९ गते इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी नायव निरीक्षक राजाबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको जिराभवानी गाउँपालिका–३ बाट डेढ बिघामा लगाइएको करिब ११ हजार बोट गाँजा फडानी गर्यो।

गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन नसकिएको जनाएका छन। कात्तिकदेखि पुस महिनासम्म प्रदेश २ का जिल्लामा लगाइएको सयौं बिघा गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ। लाखौं बोट गाँजाका नष्ट गरिएका छन्। तर यसमा संलग्न एक जना पनि पक्राउ परेको तथ्यांक प्रहरीसँग छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताए। खेती गर्नेको पहिचान नहुँदा कारबाही गर्न सकस भएको उनको भनाइ छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा जिल्लाको अवस्था पनि पर्सा भन्दा फरक छैन। प्रहरीले गाँजाका बोट ढालेर परिणामसहित गाँजा खेती फडानी गरिएको सार्वजनिक गर्दै आएपनि संलग्न पक्राउ परेको कतै पाइदैन।

प्रत्येक वर्ष कात्तिकदेखि प्रहरीले गाँजा फडानी अभियान चलाउँछ। यति बिघामा लगाइएका यति सय/हजार बोट गाँजा फडानी गरिएको जनाउँछन्। तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ।

ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ नपर्नुले शंकास्पद ठान्छन्, स्थानीयहरू। गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ। प्रतिबन्धित लागुऔषधको सूचीकोे गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ। प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्छन्। तर त्यसमा संलग्न व्यक्ति पक्राउ गर्दैनन्।

गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको मिर्चैयाका श्याम कुमार साह बताउँछन्। व्यक्तिगत लाभ लिएर गाँजा खेती गर्ने व्यक्तिलाई जोगाउने प्रवृतिमाथि लगाम नलाग्दासम्म चोर पुलीस सदाबहार खेल चलिरहने उनले बताए। सिरहा र सप्तरीको उत्तरवर्ती क्षेत्र गाँजा खेतीका लागि उर्वर मानिन्छ।

व्यावसायिक रूपमै हुने गाँजा खेती पछिल्लो समय दक्षिणवर्ती क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको त्रिवर्षीय तथ्यांकले देखाउँछ। सर्लाही र धनुषाको चुरे क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती हुन्छ। त्यहाँ उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय सहर हो। गाँजा तस्करहरूले कतिपय जिल्लामा प्रहरीको मिलेमतोमा गाँजाको वारिपारि कारोबार गरिरहेका छन भने कतिपय जिल्लामा प्रहरीलाई छलेर खोलाको बाटो तयारी गाँजा पारिको सहर तस्करी गरिरहेका छन्।
अर्को समाचार
वीरगञ्जमा सात घर जले, ५४ लाखको क्षति
११ वैशाख २०८१
•
२ मिनेट पाठ
वीरगञ्जमा सात घर जले, ५४ लाखको क्षति
वीरगञ्ज  वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन्।




वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीब बहादुर क्षेत्रीले बताए।

‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ। फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना  पनि नष्ट भएका छन्।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए।

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार बराबरको क्षति भएको छ। सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन्। आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार बराबरको क्षति भएको छ। यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदी सहितका गरगहना जल्दा ११ लाख ६० हजार बराबरको क्षति भएको छ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार बराबरको क्षति भएको छ। अभय सहनी सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार बराबरको क्षति भएको छ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए। 

यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा  १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो। -रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस