गुपचुपमै मिल्यो यौन दुर्व्यवहारको घटना
०४ पौष २०७८
•
३ मिनेट पाठ
गुपचुपमै मिल्यो यौन दुर्व्यवहारको घटना
बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखाअधिकृत प्रदीप सुनारले आफ्नै महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको घटना गुपचुपमै मिलापत्र टुंगिएको छ। महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका खराल र सुनारलाई कारबाही गर्नुपर्ने माग राख्दै केही युवाहरूले गरेको हातपातको विषय र यौन दुर्व्यवहारको विषयमा दुवै पक्षले माफी दिने सहमति भएपछि उक्त विषय मिलापत्रमै टुंगिएको हो।




खजुरा गाउँपालिकाका कर्मचारीहरू वनभोजका लागि कैलालीस्थित टीकापुरमा गएकाबेला शुक्रबार राति ति महिला कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसपश्चात् केही युवाहरूले यौन दुर्व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत खराल र लेखाअधिकृत सुनारलाई कारबाहीको माग गर्दै कार्यालय घेराउसँगै उनीहरू माथि हातपात गरेका थिए। उक्त हातपातपछि यौन दुर्व्यवहारको आरोप लागेका खराल र सुनारले अदालतसम्म पुग्ने धम्की दिएका थिए।

पीडित भनिएकी ती महिला कर्मचारीलाई पनि दबाबमा पारेर लिखित जाहेरीसमेत दिनबाट रोकी धम्कीपूर्ण ढंगले मिलापत्र भएको स्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथि हातपात भएपछि खजुरा गाउँपालिकाका कर्मचारीले बिहीबार कार्यालयको कामकाजसमेत प्रभावित पारेका थिए। आफूहरूमाथि लागेको आरोपलाई कानुनी रूपमा नजाने गरी मिलापत्र भएको यौन दुर्व्यवहारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।

‘हामीमाथि आरोप मात्र लगाइएको थियो,’ उनले भने, ‘आरोप लगाउने पक्ष र हामीबीच मिलापत्र भएको छ।’ तर आफूहरूलाई कार्यालय हाताभित्रै हातपात भएको विषयमा कानुनी प्रक्रियामा जाने प्रक्रिया सुरु भएको उनले बताए। ‘हामी अगाडि बढिरहेका छौं,’ उनले भने, ‘हामीलाई लगाइएको आरोपमा मात्र सहमति भएको हो।’ उनले यसो बताइरहे पनि दुवै पक्षबीच कानुनी रूपमा नजाने गरी सहमति भएको गाउँपालिका स्रोतले जनाएको छ।

पीडक भनिएका व्यक्तिहरूले माफी मागेपछि यो विषय टुंगिएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताइन्। ‘हामीले पीडित भनिएकीसँग कुरा बुझ्यौं र सुन्यौं,’ उनले भनिन्, ‘अन्याय भएको जस्तो हामीलाई लाग्यो। हामीले उजुरी दिन पनि भनेका हौं। तर कसैको करकापमा नभइ दुवै पक्षबीच सहमति भएको छ।’ अबदेखि यस्ता गल्ती नदोहोर्‍याउने सर्तमा पीडक भनिएकाले माफी मागेको उनले बताइन्। ‘घटना के–के भयो हामी प्रत्यक्षदर्शी होइन,’ उनले भनिन्। यता प्रहरीले भने लिखित उजुरी नआएकाले पीडक भनिएकाहरूलाई थुनामुक्त गरेको जनाएको छ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेको भन्दै मौखिम उजुरी दिने महिला कर्मचारीले लिखित जाहेरी नदिँदा प्रहरी कानुनी प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मधुसुदन न्यौपानेले बताए। ‘मौखिक उजुरी आएपछि हामीले पक्राउ गरेकै थियौं,’ उनले भने, ‘पीडित भनिएकीले जाहेरी दिनु भएन। बाध्य भएर २४ घन्टापछि पीडक भनिएकालाई थुनामुक्त गरेको उनको भनाइ छ। ‘लागु औषधलगायतका केही विषयमा प्रहरी प्रतिवेदनले काम गर्छ,’ उनी भन्छन्, ‘तर महिलामाथि हुने अभद्र व्यवहारमा प्रहरी प्रतिवेदनले मात्र काम गर्दैन। पीडित महिलाले नै जाहेरी दिनुपर्छ।’ बलात्कारनै नभएको भन्दै उनले भने, ‘यौन दुर्व्यवहार रहेछ। के–के भयो भएन उहाँ (पीडित भनिएकी महिला) लाई थाहा होला।’
अर्को समाचार
खरको छाना विस्थापित गर्दै खजुरा
२९ मंसिर २०७९
•
१ मिनेट पाठ
खरको छाना विस्थापित गर्दै खजुरा
खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने भएको छ। खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गर्ने भएको हो।




नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ। यसभन्दा यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ। संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए।  

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ। ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ,’ उनले भने, ‘दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छांै। अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ।’ खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजार रूपैयाँसम्म सहयोग पाउने छन्। ‘हामीले टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो,’ उनी भन्छन्, ‘अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्छ।’

‘अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौं,’ उनले भने। खरको छाना हुँदा चैतवैशाखमा आगलागीका घटना धेरै हुन्छन्। खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउने पालिकाले जनाएको छ। हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए।

गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्नहरू खुसी भएका छन्। खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनु पर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवारहरू बताएका छन्।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस