कलिला कोपीला जोगाउनै मुस्किल
०६ मंसिर २०७८
•
३ मिनेट पाठ
कलिला कोपीला जोगाउनै मुस्किल
म्याग्दी जिल्लामा फूलको कोपिलाजस्तै फक्रिन नपाई दानविय मनस्थिति भएका यौन पिपासुहरूबाट बलात्कृत भएका घटना धमाधम सार्वजनिक हुन थालेको छ। आफ्नै घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले ७ वर्षीया नातिनीलाई कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। 




बालिकालाई अश्लिल फिल्म देखाउने गरी ललाईफकाई आफ्नै घरमा लगेर मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले जवरजस्ती करणी गरे। गएको कात्तिक १८ गते जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले बताए। उनले अनुसन्धानकै क्रममा प्रहरीलाई समेत घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुनेमा बलात्कारको घटना भएको बताए।  

‘हामीले ढिलागरी खबर थाहा पायौँ,तिहारको आसपासमा बालिका गाउँबाट मामाघर गई फर्किएलगत्तै घटना सार्वजनिक भयो’ गुरूङले भने। पीडित बालिकाले आफूमाथि गरेको सम्पूर्ण क्रियाकलाप बारे पनि मुख खोलेकी थिईन्। प्रहरीको अनुसन्धानमा बालिकालाई अश्लिल भिडियो देखाउने गरी बिकले कोठाभित्र लगेका र संवेदनशील अङ्ग समात्दै विभिन्न गतिविधि गरेको स्वीकारेका छन्। 

उक्त घटनापछि बिकको गतिविधि समेत संकास्पद देखिएको स्थानीयको भनाई छ। आरोपी बिकलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान तथा स्वास्थ्य परिक्षणका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। घटनामा संलग्न आरोपीलाई आइतबार प्रहरीले जिल्ला अदालत म्याग्दीबाट सात दिनको म्याद थप अनुसन्धान सुरू गरेको छ।

बालिकाको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अराोपीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा (३) को (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी वालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय माग गदैं मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। यसअघि गत कात्तिक २ गते बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई सामूहिक करणी, बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीमा कात्तिक १५ गते अशक्त ५२ वर्षीया महिलालाई धम्क्याएर स्थानीय ४२ वर्षीया जबरजस्ती र कात्तिक २७ गते शनिबार बेनी नगरपालिका–५ को एक गाउँमा ८ वर्षीया नातिनीलाई घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेर जबरजस्तीको प्रयास गरेका थिए। माया र स्नेह गर्ने मात्रै नभई घरका सबैभन्दा पाका,घरपरिवारले विश्वास र भरोसा मानिने व्यक्तिहरूबाटै कलिला बालिकाले गहिरो चोटको सामाना गर्नुपरेको छ।  

कलिला नानीलाई सुन्दर भविष्यतर्फ डोर्‍याउनुपर्ने हजुरबुबा, बुबा र आफन्तबाटै कल्पना पनि गर्न नसकिने बलात्कारको घटनाले स्तब्ध भएबो बताउँदै जवरजस्ती करणी बिरुद्धको अभियानलाई प्रभावकारी हुने बताइएको छ। बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबरजस्तीको घटना घट्ने गरेकाले सामाजिक संघसंस्थासहित विद्यालयमार्फत जनचेतनामुलक कार्यक्रम गरी बलात्कारजन्य गतिविधिलाई न्यूनिकरणमा बल पुग्ने कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने भन्दै अधिकारकर्मीको भनाई छ। 

यौन पिपासुले कलिला बालिकामाथि झम्टिन थालेका हृदयविदारक दृष्यहरूले समुदाय नै स्तब्ध भएको छ। जिल्ला प्रहरी कार्यालय  म्याग्दीको तथ्याङ्क अनुसार यसवर्ष हालसम्म जबरजस्ती करणीका ७ वटा दर्ता भएको छ भने दुई बालिकाको करणी घटना अनुसन्धानमै रहेको छ। पछिल्ला तीनवर्षमा प्रहरीमा दर्ता भएको जबर्जस्ती करणी सहित यौनजन्य क्रियाकलापमा संलग्न अधिकांश आफन्त,छिमेकी र चिनजानका भएको पाइएको छ। कात्तिक र मंसिर महिनामा दर्ता भएका ४ वटै जबरजस्ती करणीका घटना आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको प्रहरीले जनाएको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस