एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र
३० कार्तिक २०७८
•
५ मिनेट पाठ
एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र
नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ। 




प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।

प्रहरीमा दोस्रो वरीयताका पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिई चौथो नम्बरका प्रद्युम्न कार्कीलाई तोकिएको थियो।

नेपाल प्रहरीको सेवा अवधि बढाउने चर्चा चलिरहेका बेला पाललाई पक्राउ पुर्जी जारी गरी निलम्बनमा राख्न सके अन्य पदाधिकारीलाई सहज हुने ठानेर यस्तो षड्यन्त्र रचिएको चर्चा संगठनभित्र चलिरहेको छ। आइजिपी थापा, एआइजी पाल र प्रद्युम्न कार्की एउटै समूहमा भर्ना भए पनि पाल कार्कीभन्दा अगाडि एआइजी भएका थिए। बिहीबार महानिरीक्षक थापा भारत भ्रमणमा जाँदा मर्यादाक्रममा दोस्रो स्थानमा रहेका एआइजी पालले निमित्तको जिम्मेवारी पाउनुपथ्र्याे। पालले नपाए तेस्रो मर्यादाक्रममा रहेका निरजबहादुर शाहीले निमित्त आइजिपी पाउनुपर्नेमा चौथो मर्यादामा रहेका एआइजी कार्कीलाई सो जिम्मेवारी दिइएको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध जाहेरी दिएका थिए।

सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ। तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए। उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए।

तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ। ‘नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल चलिरहेका बेला एआइजी पाललाई मुद्दा लगाई निलम्बनमा राख्न खोजिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

२०७६ असार ५ मा पौडेललाई सर्लाहीको लालबन्दी–१ स्थित लखन्देही जंगलनजिक घेरा हालेर प्रहरीले हत्या गरेको आरोप आफन्तले लगाएका छन्। त्यसअघि असार १ गते नै डिआइजी पालको सरुवा भइसकेको थियो। तर धनुषामा असार ५ मै एउटा प्रहरी कार्यालय उद्घाटन गर्नुपर्ने कार्यक्रम राखेका कारण उनी त्यहाँ रोकिएका थिए।

त्यही दिन पौडेलको हत्या भएपछि परिवारका सदस्यले तत्कालीन डिआइजी पालविरुद्ध पनि उजुरी दिए। ‘बिहीबार प्रहरी महानिरीक्षक थापा भारत पुगेपछि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट पक्राउ पुर्जी जारी गर्न लगाउने तयारी भएको थियो,’स्रोतले भन्यो, ‘यो विषयमा प्रहरी महानिरीक्षक थापा पनि जानकार छन्।’

सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित भारतीय प्रहरी सेवा(आइपिएस) मा भाग लिन प्रहरी महानिरीक्षक थापा आफैं पुगेका थिए।यसअघि आइपिएसमा सहभागी हुन नेपाल प्रहरीबाट एआइजी र डिआइजीमात्र जाने गरेका थिए। यसपटक उनी आफैं सहभागी हुनुलाई पनि प्रहरीभित्र यस घटनासँग जोडिएको छ। ‘आइपिएसमा सहभागी हुन यसअघि डिआइजी जाने गरेका थिए,अहिले आइजिपी आफैं गए,’प्रहरी स्रोतले भन्यो।

पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा सर्लाही जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, तत्कालीन प्रदेश २ का डिआइजी हरिबहादुर पाल, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्की र जिल्ला अस्पताल सर्लाही मलंगवामा तत्कालीन अवस्थामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डललाई विपक्षी बनाइएको थियो। सोही जाहेरीलाई अघि बढाउने क्रममा प्रहरी प्रधान कार्यालयले पाललगायत केही अधिकारीलाई पक्राउ पुर्जी जारी गर्न सर्लाही प्रहरीलाई निर्देशनसमेत दिएको थियो।

‘केही नाम आउन सक्छन्, प्रक्राउ पुर्जीको तयारी गर्नू भनिएको थियो तर कसकसलाई पक्राउ पुर्जी जारी गर्ने भन्नेबारे केही उल्लेख थिएन,’ जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले भन्यो। पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पौडेलको गैरन्यायिक हत्याका लागि खटाएको भन्दै प्रहरी हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साह, प्रहरी निरीक्षक कृष्णदेव साह, सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि गैरन्यायिक हत्यामा संलग्न रहेको दाबीसहित कारबाही माग गरिएको छ।

सोही जाहेरीमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सल्लाह, योजना र तयारीमा आफ्ना छोराको हत्या भएको दाबी पनि गरिएको छ।

पौडेल हत्याको योजना बनाएको भन्दै स्थानीय नेताहरू वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीको माग थियो। ‘पाल बढुवा हुँदा पनि यही मुद्दालाई बढाइएको थियो।

अहिले ३० वर्षे सेवा अवधि हटाउने हल्ला चलेका बेला पनि पालमाथि षड्यन्त्र सुरु भएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। विगतमा नवराज सिलवालमाथि पनि पक्राउ पुर्जी जारी गरेर उनलाई भूमिगत बस्न बाध्य पारिएको थियो।

आइजिपी थापाले कार्कीलाई निमित्त आइजिपीको जिम्मेवारी दिएकै कारण तल्लो तहका प्रहरी अधिकृत पनि असन्तुष्ट छन्। उनीहरूले वरीयता मिचेर निमित्तको जिम्मेवारी दिँदा यसले चेन अफ कमान्डमै असर पर्ने बताएका छन्।

यसअघिका महानिरीक्षक सर्वेन्द्र खनालले पुष्कर कार्कीलाई नै निमित्तको जिम्मेवारी दिने गरेका थिए। उपेन्द्रकान्त अर्यालले पनि राजेन्द्रसिंह भण्डारीले अस्वीकार गर्दा सुरेन्द्रबहादुर शाहलाई निमित्तको जिम्मेवारी दिने गरेका थिए।
अर्को समाचार
नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।




प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद–११ नियम १२७ (१) को देहाय बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुई जना बढुवामा सिफारिस भएका हुन्। सोमवार बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो।

५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन्।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका हुन् भने ढकालको प्राप्ताङ्क ७३.६३०६ रहेको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस