छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन
१५ कार्तिक २०७८
•
३ मिनेट पाठ
छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन
घरमा सुतिरहेकी एक महिला छोराछोरीकै अगाडी बलात्कृत भएकी छन्। गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।  




पीडित महिलाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको जायरीमा मदिरामा लठ्ठ भएका स्थानीय यूवा हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले आर्थिक प्रलोभन र विभिन्न धम्की देखाएर जबरजस्ती गरेका थिए। ‘छोराछोरीलाई कुटपिट गरे योजनाबद्ध तरिकाले आएका रहेछन् एकपछि अर्को गदैं मलाई बलात्कार गरे’ पीडित महिलाले भनिन्। 

श्रीमान विदेशमा भएको मौका छोपी विगतमा समेत मदिरा सेवन गरी शरीरमा छुन खोज्ने पैसाको प्रलोभन देखाउने गरेको उनले बताईन्। ‘मेरो श्रीमान विदेश भएकाले उनीहरूले मौका छोपे पैसाको प्रलोभन देखाइरहेका छन्' उनले भनिन्। बलात्कारमा संलग्न तीनै जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका छन्।

घटनाको दुई दिनसम्म महिलालाई पीडकका आफन्तले अघोषितरुपमा गाउँबाट बेनीसम्म आउन समेत नदिएको बताइएको छ। घटनाको पर्सिपल्ट कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि फरार आरोपितको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘घटनाको अनुसन्धान अगाडी बढिसक्यो अब आर्थिकसहितको प्रलोभनले मुद्दा कमजोर हुदैन्’ प्रनाउ राईले भने। उनले बलात्कार जस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत बताए।  

तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटोसहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत प्रनाउ राईले बताए। पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ ।  

आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता वितिसक्दा पनि सरकारी निकायबाट न्याय पाएकी छैनन्। पीडित महिलाले न्याय नपाई गाउँ फर्केर जान सक्ने अवस्था नरहेको बताएकी छन्। पीडित महिलालाई प्रलोभनमा पारी वा डराई धम्क्याई गरी घटनालाई तोडमोड गर्ने चिनजान छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ। बलात्कार निकृष्ट अपराधलाई पनि सामाजिक प्रतिष्ठा र दबाबका नाममा अभियुक्तहरूलाई सजायको कठघरामा ल्याउन कानुनी प्रक्रिया चाल्नेतिर नभई मिलापत्रमै टुंग्याउन दबाब दिइरहेको अवस्थामा दलित र महिला अधिकारकर्मीले समेत दबाबमुलक कार्यक्रममा खासै चासो दिएका छैनन्।  

मुद्दा मिलाउन आर्थिक चलखेल

बलात्कार गर्नेमाथि प्रहरीमा जायरी दर्ता भएपछि मुद्दा मिलाउन चलखेल सुरु भएको छ । सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास समेत भएको हो। आरोपीका आफन्त, छिमेकी र राजनीतिक दबाबमा मिलापत्र कागजका लागि पटकपटक दबाब दिइएको पिडित पक्षले बताएका छन्। 

बलात्कारको घटना मिलाउन आरोपिका आफन्तले घटना भएकै दिनदेखि लगातार भूमिका खेलेको पाइएको प्रत्यक्षदर्शीको भनाइ छ। बलात्कार घटनाको अनुसन्धान भइरहेकै समयमा आरोपीका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र मुद्दा अदालतसमक्ष पुगेमा बयान समेत फेर्न बारम्बार दबाब दिइरहेका छन्। स्रोतका अनुसार घटनाको पहिलो दिन १० हजार रुपैयाँबाट सुरू भएकोमा अहिले पीडित महिला र उनका आफन्तको हैसियत अनुसार दिन सकिने भन्दै घटनालाई कमजोर बनाउने प्रयास भइरहेको अधिकारकर्मीको भनाई छ।

आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएर बयान दिएकी महिलाको मुद्दा प्रहरीले दर्ता गर्ने सुईको पाएपछि जिल्ला अदालत म्याग्दीमा बकपत्र गर्ने वेला पीडित महिलालाई आफ्नो जायरीको विपक्ष अर्थात आफूविरुद्ध बयान दिने वातावरण बनाउन समेत एक समुह सक्रिय छ। महिलाको बेनी अस्पतालमा भएको भौतिक परीक्षण प्रमाण प्रतिवेदन समेत यौनजन्य गतिविधिलाई बल पुग्ने देखिएकाले अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दवाव दिएपनि जबरजस्ती करणी भएको भनी दिएको जायरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही दोहोराएको प्रमाण, भौतिक परीक्षण प्रतिवेदन, अदालतले बयान र कानुनलाई आधार मानेर फैसला हुने कानुनका जानकारहरु बताउँछन्।
अर्को समाचार
नयाँ बसपार्क सामूहिक बलात्कार घटना: नौ आरोपी पक्राउ
१५ पौष २०७८
•
१ मिनेट पाठ
नयाँ बसपार्क सामूहिक बलात्कार घटना: नौ आरोपी पक्राउ
काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।




पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरी विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो। महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरु सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए।

महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस