दुर्गम कर्णालीमा उड्दैन सरकारी जहाज
०९ कार्तिक २०७८
•
७ मिनेट पाठ
दुर्गम कर्णालीमा उड्दैन सरकारी जहाज
नेपाल सरकारले दुर्गम क्षेत्रको हवार्ई यातायात सहज बनाउन सरकारी जहाजको व्यवस्थापन गरेको भए पनि भदौ २७ गते देखि कर्णालीमा नेपाल एयरलाइन्सले उडान भरेको छैन। 




नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ। कर्णालीका जिल्लामा नेपाल एयरलाइन्सको जहाजले हप्तामा आइतबार र बिहीबार दुइ दिन उडान भर्ने तालिका छ।

यो तालिका अनुसार उडान हुन सकेको छैन। कहिले प्राविधिक समस्या भएको भन्दै आउँदैन। कहिले प्राकृतिक अवरोधको बाहना देखाएर कर्णालीमा उडान भर्दैन।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत सरकारी जहाज कर्णालीबासीको पहुँच भन्दा बाहिर भएकोले समस्या भएको बताउँछन्। उनले भने, ‘हप्तामा दुइ दिनको तालिका अनुसार सरकारी जहाज आइदिएको भए पनि खासै समस्या हुने थिएन। त्यही पनि आइदिँदैन्। बिडम्वना कर्णालीले हवार्ई यातायातमा महँगो भाडा तिरेर यात्रा गर्नु परिरहेको छ। निजी विमान कम्पनीको एकाधिकारले कर्णालीवासी आजित भइसकेका छन्।

कर्णालीका नेताको नीति निर्माण तहमा राम्रो पहुँच छैन। निरीह छन। कर्णालीका मन्त्री छैनन। फलस्वरूप कर्णालीमा हवाई यातायातमा नीजि क्षेत्रको मनपरी छ। सरकारी जहाज देख्न कठिन छ। अध्यक्ष महतले भने, ‘अब सरकारी जहाज नियमित आउने वातावरण यहाँका प्रतिनिधिले गनुपर्छ। 

जसका लागि केन्द्र सरकारसँग दबाव सिर्जना गर्नुपर्छ।’ नेपाल एयरलाइन्स पहिले जहाँ दुर्गम हुन्छ, त्यहाँ उडान भथ्र्यो। दुर्गमका नागरिकको एक मात्र भरपर्दो हवार्ई यातायात नै नेपाल एयरलाइन्स थियो। तर अहिले सरकारी जहाज कहिले प्राविधिक समस्या भइदिन्छ। कहिले अन्य बाहना बनाएर आउँदैन।’

कर्णालीमा निजी विमान कम्पनी कन्ट्रोलमा छैनन्। उनीहरू सरकार र संविधानभन्दा माथि जस्तै देखिन्छन्। सरकारी जहाज आउँदैन। उनले भने, ‘कर्णालीमा नेपाल एयरलाइन्सको जहाज आउनुपर्छ। कर्णालीबासीलाई राहत दिनुपर्छ। अब यो विकल्प अपनाउनुपर्छ। हवार्ई यातायातका लागि उत्तम विकल्प यही नै हो।’

सरकारी जहाजका सञ्चालकहरू नै निजी विमान कम्पनीसँग मिलेर व्यक्तिगत लाभ लिएका कारण सरकारी जहाजको उडान दुर्गममा हुन नसकेको कर्णालीवासीको आरोप छ। ‘नत्र सधैं जहाज ग्राउण्डेड कसरी हुन्छ ? यो जहाज निजी जस्तै चलाउने हो भने सरकारी जहाज फाइदामा जान्छ। सरकारी जहाज फाइदामा जानु भनेको सरकार फाइदामा जानु हो,’ कर्णालीवासी भन्छन्। 

नीतिगत तहमा काम गर्ने सबैलाई निजी विमान कम्पनीले खरिद गरेका कारण यो विमान अधिकांश समय ग्राउण्डेड हुने गरेको देखिन्छ। प्राविधिक टीमले ग्राउण्डेड देखाउने, पाइलटले जहाज नउडाउने समस्याले दुर्गमका नागरिक समस्यामा परेका छन्।

पञ्चायतकालमा नेपाल एयरलाइन्सको एउटै जहाज थियो। तर हप्तामा ११ उडान सम्म गरिरहेको हुन्थ्यो। नेपालगन्जदेखि ७ उडान हुन्थ्यो। काठमाडौंबाट २ र सुर्खेतबाट २ उडान थियो। उतिबेला यात्रा गर्न निकै सहज हुन्थ्यो। 

जब कर्णालीमा निजी विमानको आगमन भयो, सरकारी जहाज देख्न पनि महिनौं कुर्नुपर्ने अवस्था बन्यो। सरकारी जहाज पनि नागरिकमैत्री हुन सकेन। जहाँ यातायात सेवा जोडिएको हुन्थेन, त्यहाँ सरकारी जहाजले सेवा दिन्थ्यो।

यो क्रम बहुदल आउनु पहिलेसम्म निरन्तर थियो। अहिले सिंहदरबारको अधिकार गाउँमा आएको भन्दै संघीय व्यवस्थाको अभ्यास भइरहेको छ। सरकारी जहाजले संघीयताको मर्मबमोजिम उडान भर्न नसक्दा झनै सास्ती भएको छ।

जुम्ला विमानस्थलमा प्रमुख प्रकाश शर्मा सरकारी जहाजले हप्तामा दुइ दिन उडान भर्ने कार्यतालिका रहेको बताउँछन्। उनले भने, ‘तर दुई महिना जति भयो। सरकारी जहाज जुम्ला आएको छैन। जहाज ग्राउण्डेड भएको जानकारीमा आएको छ। कहिलेदेखि उडान भर्छ थाहा छैन।’

नेपाल एयरलाइन्सका जुम्ला इन्चार्ज देवीप्रसाद न्यौपाने गत भदौ २७ गतेदेखि सरकारी जहाज आउन नसकेको बताउँछन्। उनले भने, ‘हप्तामा दुइदिन कार्यतालिका जानकारी भएन। तर हप्तामा एक दिनसम्म जहाज आउँथ्यो। अहिले एक जहाज बिग्रिएको छ। अर्को जहाजले विपद् प्रभावित जिल्लामा उडान भरिरहेको छ।’

दसैंमा सरकारी जहाजको उडान गर्ने वातावरणको लागि सांसद तथा पूर्वसांसदहरूलाई आग्रह गरिएको थियो। तर कसैले पनि वास्ता गरेनन्, इन्चार्ज न्यौपानेले भने, ‘केन्द्रमा कर्णालीको पहुँच छैन। नियमित जहाज उडान भर्दैन। आफ्नो उडान नियमित नभएकोले कर्णालीवासीले सास्ती भोगिरहेका छन्। सरकारी जहाज आइपुगेको भए सास्ती हुँदैनथ्यो। बिरामी जान्थे। अपांगता भएका व्यक्ति नै जान्थे। यात्रा निकै सहज हुन्थ्यो।’ उनले कात्तिक १५ गतेदेखि उडान भर्ने तालिका आएको जानकारी दिए।

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जहाजको नियमितताको लागि पहल भइरहेको बताए। उनले भने, ‘विपद् व्यवस्थापन परिषद् कर्णाली प्रदेशको बैठकले नियमित उडान गर्ने र विपदमा परेका, जहाज नपाएर थन्किएकाको उद्धार गर्ने गरि जहाज नियमित गर्न पहल गर्ने निर्णय भएको छ। 

यो बिषयमा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा पनि आवाज उठाउँछु। केन्द्र सरकार र नेपाल वायु सेवा निगमसँग पछि कुराकानी गरेर पहल अघि बढाउनेछु।’

उनले कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदसँग यस विषयमा छलफल चलाउने बताए। अहिले सरकारी जहाज विपद् प्रभावित क्षेत्रमा गइरहेको नेपाल एयरलाइन्स क्षत्रीय कार्यालय नेपालगंजले जनाएको छ। अहिले जहाज डोटी, बझाङ र साफेतिर गइरहेको छ।

नेपाल एयरलाइन्स नेपालगञ्ज प्रमुख यामराज सिंहले कर्णालीको डोल्पाबाहेक ताल्चा, जुम्ला र सिमीकोट विमानस्थलमा हप्तामा एक उडान भइहेको बताउँछन्। अहिले जहाज सुदूरपश्चिम केन्द्रित भएकोले कर्णालीको सेड्युल बनिसकेको छैन।

उनले भने, ‘जहाज कम छन्। धेरै पुराना जहाज छन्। पटकपटक मर्मत गर्नुपर्छ। जसका कारणले नियिमत उडान हुन सकिरहेको छैन।’ पूर्वतिर सुगम भएकोले दुर्गम कर्णालीतिर प्राथमिकता दिनुपर्नेमा जोड दिएको उनले बताए।

कर्णालीका जिल्लामा नियमित सरकारी जहाजको उडान गर्नको लागि कर्णालीबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने प्रतिनिधिले पहल थाल्नुपर्ने कर्णालीवासीले बताएका छन्। 

कर्णालीमा सरकारी जहाजको नियमितता नभएका कारण निजी कम्पनीका जहाजको मनपरी चलिरहेको छ। सर्वसाधारणले समयमा टिकट पाउँदैनन्। फोनकै भरमा टिकट बुकिङ हुने गरेको छ। सरकारी जहाजको नियमित उडान हुदा एक हप्ता अघिदेखि नै टिकट कार्यालयमा गएर लिन सकिने अवस्था छ।

सरकारी जहाज देखेका छौं। चढ्न पाएका छैनौं। यो देखाउन किनिएको जहाज हो कि दुर्गममा जनताको सेवा गर्न ल्याएको जहाज हो ?,’ स्थानीय उमेश बुढाले भने, ‘संघीयताले सिहंदरबारको अधिकार गाउँमा ल्यायो, तर सरकारी जहाज चढ्न पाउने अधिकार सुनिश्चित गर्न सकेन।’

हवार्ई सेवा नियमित बनाउन माग  

कर्णाली प्रदेशसभाका सदस्य नरेश भण्डारीको नेतृत्वको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हवार्ई सेवा सहज र नियमित बनाउनको लागि पहल गर्न माग गरेको छ। अहिले कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै जहाज चढ्न नपाउने भएकाले तत्काल सहज हवार्ई यातायात सेवा प्रदान गर्ने वातावरण बनाउन मुख्यमन्त्री शाहीसमक्ष माग गरिएको हो।

संसद् भण्डारीलगायत सुर्खेतमा बस्ने कर्णालीको डेलिगेसन टोली बनाएर कर्णालीको हवार्ई क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो। टोलीले जुम्लालगायत कर्णाली प्रदेशमा ई–टिकट प्रणाली लागु गर्न, नियमित उडान भर्न र विमानस्थलमा पारदर्शीता सुनिश्चित गर्न आग्रह गरिएको सांसद नरेश भण्डारीले बताए। उनले हवार्ई क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्लास्थित विमानस्थलको शीघ्र स्तरोन्नति गर्ने कार्य अघि बढाउन ध्यानाकर्षण गरेको बताए।

उनले भने, ‘कर्णालीमा अहिले सहज हवाई यातायात सेवा नहुँदा यात्रुले सास्ती भोगिरहेका छन्। आन्तरिक तथा बाह्य पर्यटक अलपत्र हुने अवस्था छ। जहाजमा बिरामी आउन सकेका छैनन्। यो कर्णालीवासीका लागि दुःखद् पक्ष हो। यथाशीघ्र सहज हवाई यातायात सेवा पाउने वातावरण सिर्जना होस्।’

कर्णाली लोकमार्गको अबिलम्ब कालोपत्र गर्ने कार्यका लागि संंघीय सरकारलगायत सम्बद्ध निकायसँग आवश्यक पहल, समन्वय र निर्देशनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसमक्ष माग गरिएको हो।

हाल पनि कर्णाली प्रदेशका सम्पूर्ण जिल्लामा सडक पहुँच स्थापित हुन सकेको छैन। निर्मित सडक भरपर्दो र गुणस्तरीय छैन। कर्णाली प्रदेशका हिमाली जिल्लाहरू अहिले पनि महँगो, अनियमित र अपारदर्शी हवाई यातायातमा निर्भर हुन बाध्य छन्, कर्णाली प्रदेशका पूर्व आन्तरिकमामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीले भने, ‘त्यसैले कर्णाली प्रदेशमा अनलाइन टिकटको व्यवस्था गर्न, नियमित उडान भर्न, हवाई क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्ला विमानस्थलको स्तरोन्नति सुरु गर्नुपर्नेमा जोड दिइएको छ।’

कर्णाली लोकमार्गको कालोपत्रे गर्ने कार्य अघि बढाउन र संघीय सरकार, हवार्ई सेवा प्रदायक कम्पनीलगायतका सरोकारवालाको ध्यानाकर्षण गरिएको छ। कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौंसम्म यात्रुले विमानस्थलमा कुर्नु परिरहेको छ। 

बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट पाउँदैनन्। यसअघि जुम्लावासीले हवार्ई यातायात सेवा प्रदान गर्दा भएको विकृति रोक्न र नियमित उडान भर्ने वातावरण बनाउनको लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा सांसदलाई पहल गर्न भनेका थिए।

सांसद भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्ला जिल्लामा उत्पन्न विपद् व्यवस्थापनार्थ राहत र विशेष पुनस्र्थापना प्याकेज अविलम्ब कार्यन्वयन गर्नसमेत अनुरोध गरेको छ।
अर्को समाचार
जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो
०३ वैशाख २०८१
•
१ मिनेट पाठ
जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।




निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो।

साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस