प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास
०३ कार्तिक २०७८
•
४ मिनेट पाठ
प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास
सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।




‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मात्रै छ। त्यसबाहेक अन्य सामग्री पनि प्रयाप्त छैन।  

रूपन्देहीको मोतिपुरमा प्रहरीमाथि आक्रमण भएपछि भीड नियन्त्रणका लागि बाध्य भएर प्रहरीले प्रयोग गरेको अश्रुग्यास १० वर्ष अघि नै म्याद गुज्रेको थियो। त्यहाँ प्रयोग गरिएको अश्रुग्यास सन् २०१० मा म्याद सकिएको थियो। म्याद सकिएको अश्रुग्यास एक प्रकारको विष सरह मानिन्छ। त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ। 

अश्रुग्यास जतिवेला म्याद सकिन्छ त्यतिबेला नै नष्ट गर्नुपर्ने हुन्छ तर अहिलेसम्म नष्ट नगरी राख्नुमा नेपाल प्रहरीको बाध्यता भएको प्रहरी स्रोतको दाबी छ। ‘हामीसँग अन्य कुनै विकल्प छैन भिड नियन्त्रणका गर्नका लागि यही अश्रुग्यास प्रयोग गर्नुपर्ने हुन्छ, हरेक यूनिटमा अहिले म्याद गुज्रेको अश्रुग्यास छ,’ प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। 

प्रहरी स्रोतका अनुसार हरेक वर्ष सामान्य मात्रामा अश्रुग्यास किन्ने अनुमति भएपनि त्यो काठमाडौंकै भीडभाड नियन्त्रणमा सकिने भएकाले काठमाडौं बाहिर म्याद गुज्रेकै अश्रुग्यास प्रयोग गर्न थालिएको हो। सामान्यतया अश्रुग्यास प्रयोगबारे भीडमा धेरैको ध्यान नजाने भएकाले पनि प्रहरीले यस्तो कमजोरी पटक पटक दोहोर्याउन थालेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले यो विषयमा आफू जानकार नभएको बताए। ‘मलाई जानकारी छैन भोली म बुझेर जानकारी दिनेछु,’ एसएसपी कुँवरले भने। नेपाल प्रहरीले २०७४ सालमा केही हजार थान अश्रुग्यास खरिद गरेको थियो तर सो अश्रुग्यास निर्वाचनमा भएका झडपमा प्रयोग गर्दा सकिएकाले अहिले पुरानै अश्रुग्यास प्रयोग भएको प्रहरी स्रोतले जनाएको छ। 

नेपाल प्रहरीका एक अधिकृतका अनुसार अश्रुग्यासको आयू सामान्यतया ५ वर्षको हुनेछ। २०७४ सालमा खरिद गरेको अश्रुग्यास बाँकी रहेको भएपनि म्याद सकिने बेला भैसकेको छ। तर त्यतिबेला खरिद गरेको सबै अश्रुग्यास निर्वाचनको समयमा सकिएको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय सम्मेलन र विशिष्ट व्यक्तिको भ्रमणको बेला पनि प्रहरीले अश्रुग्यास खरिद गरेको भएपनि त्यो अश्रुग्यास यसअघि नै प्रयोग भइसकेको नेपाल प्रहरी स्रोतले जनाएको छ।  

नेपाल प्रहरीले प्रत्येक वर्ष अश्रुग्यास खरिद गर्नुपर्ने हुन्छ, तर भीड नियन्त्रणकै लागि भनेर २०७४ पछि खरिद गरेको छैन। विदेशी विशिष्ट पाहुना आएका बखत र केही अन्र्तराष्टिय सम्मेलन भएका बेला सामान्य मात्रमा खरिद गरेको थियो। 

भिड नियन्त्रणका लागि सबैभन्दा राम्रो र उपयोगी माध्यम अश्रुग्यास प्रयोग नै हो। तर चार वर्ष यता प्रहरीले भीडभाड नियन्त्रणकै लागि भनेर अश्रुग्यास खरिद गरेको छैन। ‘अश्रुग्यास लगायतका विविध सामाग्रीहरू खरिद गर्न धेरै पटक भनेका छौ तर गृहमन्त्रालयले यो विषयमा चासो दिँदैन, प्रहरी महानिरीक्षकहरू पनि आफू विवादमा पर्ने भएकाले खरिदको काममा हात हाल्न नपाए हुन्थ्यो भन्दै तर्कन खोज्छन यसको कारणले म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्नुपरेको हो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। 

मोतिपुरमा प्रयोग गरिएको अश्रुग्यास रमेश चन्द ठकुरी आइजीपी हुँदा खरिद गरिएको थियो। उनीपछि सात जना आइजीपीले प्रहरी संगठनको नेतृत्व गर्दा पनि त्यतिबेलाकै अश्रुग्यास प्रयोग गर्नु भनेको मानव स्वास्थ्यप्रति नेपाल सरकार र नेपाल प्रहरी जिम्मेवार नभएको पुष्टि हुन्छ।

प्रहरी यसपटक मात्रै होइन पटक पटक म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्दै आएको छ। २०७७ माघ २७ गते जनकपुरमा भएको झडपमा पनि सन २०१० मै म्याद गुज्रेको अश्रुग्यास प्रयोग भएको थियो। त्यस्तै २०७७ साल असारमा बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका स्थानीयबीच भएको विवादले उत्पन्न भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रयोग गरिएको अश्रुग्यास पनि म्याद गुज्रेको थियो। 

प्रहरी स्रोतका अनुसार काठमाडौं बाहिरका प्रायः सबै जिल्ला प्रहरी कार्यालयलमा यस्तै म्याद गुज्रेका अश्रुग्यास रहेका छन्। अश्रुग्यास आफैंमा घातक रसायन मिश्रित हतियार भएकाले त्यसको प्रयोग नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको थियो तर सरकारले त्यसलाई अटेर गर्दै आएको छ।  

२०७२ साल भदौ २९ गते अश्रुसर्वोच्च अदालतले मधेसमा भइरहेको आन्दोलनमा घातक बल प्रयोग नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो। विस्मिलाह खातुन लगायतले दायर गरेको रिटमा न्यायाधीश बैद्यनाथ उपाध्याय र दीपकराज जोशीको इजलासले राज्यले शान्ति सुरक्षा कायम गर्न कानून बमोजिम अश्रुग्यास र घातक हतियार प्रयोग नगरी आवश्यक अन्य उपाय लगाउन समेत निर्दैशन दिएको थियो। तर सरकारले सो आदेशलाई अहिलेसम्म कार्यान्वयन गर्नुको साटो १० वर्ष अघि नै नष्ट गर्नुपर्ने अश्रुग्यास प्रयोग गरिरहेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस