महान चाड दसैंको अवसरमा कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक टीका लगाइएको छ। विजयादशमीको दिन शुक्रबार नेपाल बाल संगठनका पदाधिकारीहरुले बालगृहमा रहेका २६ जना बेसाहरा बालकहरुलाई सामूहिक टीका लगाएका हुन्।
संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवाली, सचिव श्याम प्रजापति र अधिकारकर्मी रबि ठाकुरले बालकहरुलाई निधारमा टीका र जमरा लगाई दक्षिणा आषिश समेत दिएका थिए। अभिभावक गुमाएर बेसाहार बनेपछि आफ्नो संरक्षणका लागि बालकहरु वर्षौदेखि बालगृहमा बस्दै आएका छन्। ‘दसैंका बेला बालगृहमा रौनक र उल्लास ल्याउन हामीले उनीहरुलाई सामूहिक टीका लगाएका हौ,’ अध्यक्ष ज्ञवालीले भने,‘सामाजिक उत्तरदायित्व बहन गर्दै बालकहरुको अभिभावकका रुपमा हामीले यो कार्य गरेका हौ,’ उनले भने।
आफूहरुले हरेक चाडवाडमा बालकहरुलाई सामूहिक रुपमा शुभकामना आदानप्रदान र रमाइलो गर्ने गरेको उनले बताए। अधिकारकर्मी रबि ठाकुरले बालगृहका पदाधिकारीहरुले रचनात्मक काम गरेकोमा प्रशंसा गरे। उनले आफू पनि सो कार्यमा सरिक हुन पाउँदा निकै खुसी लागेको बताए। ‘हामीले गरेको सानो कामले बालकहरुको मुहारमा खुसी देख्दा मन आनन्दित भयो,’ उनले भने। दसैंका बेलामा टीका लगाउन पाउँदा बालगृहका बालकहरु निकै खुसी भएका थिए।