न्यायका लागि कष्टपूर्ण पैदल यात्रा
१० असोज २०७८
•
३ मिनेट पाठ
न्यायका लागि कष्टपूर्ण पैदल यात्रा
न्यायका लागि पैदल यात्रामा निस्किएको टोली। तस्बिर सौजन्यः रुवी खान
न्यायका लागि नेपालगन्जबाट काठमाडौं पैदल यात्रा गरेकी शीला धोबीलाई यसभन्दा पहिला लामो पैदल यात्रा गर्नुपरेको थिएन। तराईमा जन्मे हुर्केकी उनीसँग लामै भए आधा घण्टाजति पैदल हिँडेको अनुभव छ। तर यतिबेला उनी एक दुई दिनमात्र होइन नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रामा निस्केकी छिन्। पैदल यात्राका क्रममा उनका खुट्टाभरि फोकैफोका भएका छन्। लामो दुरीमा हिँड्दा माधवप्रसाद धोबी पनि हिँड्न नसक्ने अवस्थमा पुगेका छन्। न्यायका लागि हिँडेका उनीहरूलाई फोका हुँदा पनि हार भने खाएका छैनन्।




‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्ने पनि थाहा थिएन।’ यताउता गर्दा साइकल प्रयोग गर्ने उनी पैदल यात्रा गर्नुपर्ने बाध्यता छैन। ‘यो नयाँ अनुभव हो,’ माधप्रसादले भने, ‘खुट्टा भरिएका फोकाको वास्ता छैन। केवल न्याय भन्दै हिँडेका छौं।’

न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारी र पीडितका परिवारहरू नेपालगन्जदेखि काठमाडौं पैदलयात्रा गरेका छन्। यात्रा क्रममा फोका मात्र होइन खुट्टा सुन्निएका छन्। शरीर थाकेको छ। तर मन डकमगाएको छैन। यात्रा निरन्तर जारी छ। शरीर दुखे, थाके पनि दैनिक ३२ देखि ३८ किलोमिटर पैदल यात्रा गरिरहेको महिला अधिकार मञ्चकी बाँके इन्चार्ज रुबी खानले बताइन्। ‘खुट्टा फोका उठेर सुनिएको छ। शरीर दुखेको छ,’ उनी भन्छिन्, ‘यही घाइते शरीरको न्याय पाउने आशाले हिँडिरहेछ। अहिले नै यात्रा रोकौं भन्ने लाग्छ। यात्रा रोकिएर त न्याय पाइँदैन। महिलामाथि भएको अत्याचार सहन नसक्दा हिँड्न बाध्य भएका छौं।’

१४ जनाको समूहको गएको उक्त टोली बिहीबार साँझ वा शुक्रबार बिहान बुटवल पुग्ने लक्ष्य राखेको छ। बुटवल पुगेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिने कार्यक्रम छ। उक्त कार्यक्रम सकेर पुनः काठमाडौंको पदैल यात्रा सुरु गर्ने पैदल यात्रामा निस्केकाहरू बताउँछन्। मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै उनीहरू न्यायका लागि शुक्रबारदेखि काठमाडौं पैदल यात्रा सुरु गरेका हुन्। मृतकका परिवारले नन्कुन्नीको आत्महत्या नभई उनका श्रीमान् रामकुमार धोबीलगायतले मारेर झुन्ड्याएको आशंका व्यक्त गरिरहेका छन्। ‘आत्महत्या गरेको व्यक्तिको शरीरमा कसरी निलडाम भयो ? कसरी नाक कानबाट रगत बन्यो,’ नकुन्नीका भाइ माधप्रसादले भन्छन्, ‘यो सब राजनीतिक पहुँचका आधारमा घटनालाई सामान्यकरण गरिँदैछ।’ 

हत्या भएको भनिएका बेला प्रहरीले उजुरीसमेत लिन नमानेको आफन्तको भनाइ छ। पीडित परिवार र अधिकारकर्मीहरूको धर्ना पछि प्रहरीले भदौ २० गते मुद्दा दर्ता गराएको थियो भने धर्ना बसेको १५औं दिन अर्थात् भदौ २७ गते मृतक नन्कुन्नीका श्रीमान् रामकुमारीलाई प्रहरीले पक्राउ गरेको थियो। अन्यलाई भने प्रहरीले पक्राउ गरेको छैन। एकल महिला निर्मला कुर्मीका नाममा रहेको सम्पत्ति लिनलाई उनको पनि परिवारका सदस्यहरूले हत्या गरेको महिला अधिकार मञ्चकी बाँककी इन्चार्ज खानले बनाइन्।

खान र बस्नको ठेगान छैन

न्यायमा लागि पैदल यात्रा गरेका पीडितका आफन्त र महिला अधिकारकर्मीका लागि खान र बस्नको निश्चित व्यवस्था छैन। जहाँ रात पर्छ त्यही र भोक लागेको स्थानमा खोन गरेका छन्। ‘कहिले त जंगलमै रातपर्छ, भोक लाग्छ,’ महिला अधिकारकर्मी रुवी खानले भनिन्, ‘खान र बस्नको कुनै ठेगान छैन।’ कहिले होटेलको बाहिरै सुत्ने गरेको उनले सुनाइन्। खान र बस्नका लागि उचित व्यवस्था पनि उनीहरूले गरेका छैनन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२१ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस