दुर्लभ चराको बासस्थान बन्दै घोडाघोडी
०८ असोज २०७८
•
३ मिनेट पाठ
दुर्लभ चराको बासस्थान बन्दै घोडाघोडी
घोडाघोडी ताल क्षेत्रमा दुर्लभ चरा । तस्बिर सौजन्य : डिआर चौधरी
विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताललाई विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा देखिन थालेका छन्। पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रले संरक्षण, सम्बद्र्धन गर्नुका साथै विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा प्रजननका लागि यहाँ आउन थालेका हुन्।




बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, खेतबारीमा विषादीको बढ्दो प्रयोगले चराको आहारा घट्दै जानु र विषादीका कारण वंश विनाश हुँदा चराका केही प्रजाति लोपोन्मुखको सूचीमा परेका छन्। यिनै लोपोन्मुखको सूचीमा परेका चराहरुले घोडाघोडी ताल क्षेत्रलाई सुरक्षित बासस्थानका रुपमा लिन थालेका छन्।  

ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको रातो जुन बकुल्ला फेला परेको छ। ‘वर्षौ पहिले रातो जुन बकुल्ला यहाँ भेटिन्थे, पछिल्ला वर्षहरुमा यहाँबाट हराएका थिए,’ चराविद् दयाराम चौधरीले भने,‘अहिले पुनः रातो जुन बकुल्ला घोडाघोडी ताल क्षेत्रमा ५० को संख्यामा देखिएका छन्।’ यहाँ बगाले सिमकुखुरा आफ्ना बचेरासहित फेला परेको छ भने सिलसिले हाँस बढेका छन्। सिलसिले हाँस पनि घोडाघोडी ताल क्षेत्रमा गत वर्षभन्दा बढी देखिएका छन्। 

यस्तै घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या पनि बढेको उनले बताए। पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराहरुको संरक्षणका लागि भएको प्रयासले यहाँ चराको संख्यामा वृद्धि भएको लामो समयदेखि चरा सम्बन्धी काम गर्दै आएकी जमुना न्यूरेले बताइन्। उनका अनुसार घोडाघोडी ताल क्षेत्रबाट हराएको कुर्मा चरा पनि भेटिन थालेका छन्। ‘घोडाघोडी तालको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसले पनि यस क्षेत्रलाई प्रजनन् केन्द्र बनाएको छ,’ उनले भनिन्,‘जसले गर्दा घोडाघोडी ताल क्षेत्र चराको प्रजनन्का लागि उचित र सुरक्षित स्थलका रुपमा चिनिन थालेको हो।’ विश्वमै लोपोन्मुख रहेका चराका प्रजाति घोडाघोडी ताल क्षेत्रमा देखिनुले पनि यहाँ ती चराका लागि सुरक्षित वासस्थान छ भन्न सकिने आधार देखिएको उनको भनाइ छ। 

घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।
‘ताल क्षेत्रमै लोपोन्मुख चराले बासस्थान बनाई बचेरा समेत हुर्काउन थालेका छन्,’ उनले भनिन्,‘सुरक्षित बासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित प्रजनन् स्थलका रुपमा रहेको छ।’ सुरक्षित स्थल भएकाले पनि घोडाघोडी ताल क्षेत्रलाई दुर्लभ चराले प्रजनन्का लागि छान्न थालेको बताउँदै चराविद् चौधरी भन्छन्, ‘पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराले बचेरा हुर्काउन थालेपछि घोडाघोडी ताल क्षेत्र दुर्लभ चराका लागि उपयुक्त हावापानी, आहारा र सुरक्षित स्थल मानिएको हो।’ 

यस्तै घोडाघोडी ताल क्षेत्रबाट हराएको जल अप्सरा चरा पनि फेरि भेटिएको छ। जल अप्सरा रैथाने चरा भए पनि उचित व्यवस्थापन, बासस्थान नहुनु र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थमा पुगेका थिए। घोडाघोडी चराको लागि विश्वमै परिचित क्षेत्र भएकाले यस क्षेत्रमा चरा अवलोकन पर्यापर्यटनको प्रवद्धन गरी स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउन सकिने उनी बताउँछन्।  

नेपालमा घुमन्ते चराको रुपमा आउने बगाले सिमकुखुरा अहिले यहाँ स्थायी बासस्थान बनाइ प्रजनन प्रक्रिया गर्न थालेका छन्। हिउँदमा आउने आगन्तुक चराका रूपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको पनि चौधरी बताउँछन्। नेपालमा साइबेरियाबाट जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख तथा दुर्लभ चराको उचित बासस्थान भएको हावा, पानीसँग मेल खाएका कारण दुर्लभ चराको संख्या घोडाघोडीमा थपिन थालेको उनी बताउँछन्। 

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरा मध्ये ३ सय १३ प्रजातिका चराको बासस्थान घोडाघोडी ताल क्षेत्र हो।
अर्को समाचार
गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा
गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।




रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द,सुन गिद्द र गोमायो महाचिल छन्।

उनका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन्। पन्छी संरक्षण सङ्घले गरेको चरा गणनाअनुसार रेसुङ्गा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए।

जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन्। यो प्रजाति अति सङ्कटापूर्ण अवस्थामा रहेकाले यसको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन्।

पन्छी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ। यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ।

गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पुर्‍याउन रेसुङ्गा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। दुर्लभ प्रजातिका चरा संरक्षणका लागि मुख्य चुनौतीका रुपमा वासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ।

अतिरिक्त वन–डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ। सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस