‘व्यापारीको कब्जामा फुटपाथ’
३० भदौ २०७८
•
३ मिनेट पाठ
‘व्यापारीको कब्जामा फुटपाथ’
नेपालगन्जस्थित न्यूरोडमा फुटपाथमै राखिएको घर निर्माणका सामग्री । तस्विरः गणेश/नागरिक
शारीरिक रूपमा अशक्त खजुराका ३२ वर्षीय धुव्रराज चौधरी सोमबार चर्काे गर्मी छिचाल्दै गन्तव्यतिर हिँड्दै थिए। जब घर्सिँदै पुष्पलाल चोक नजिकै पुग्छन् अनि उनको यात्रा रोकिन्छ।




कारण, ‘फुटपाथभरि यत्रतत्र छरिएका सामान र पार्किङ।’ फुटपाथभरि राखिएका सामान र पार्किङमा राखिएका मोटरसाइकल पार गर्न नसक्दा उनलाई असहजता मात्र भएन समयमै गन्तव्यमा पनि पुग्न सकेनन्। अरू कोही आएर त्यहीनेरबाट सारिदिए पछि खुसी हुँदै भन्छन्, ‘धन्यवाद सर।’ यो दृश्यले उनी मात्र होइन फुटपाथमा दैनिक आवतजावत गर्ने पैदलयात्रीको सास्तीलाई उजागर गर्छ।

उनका लागि यो समस्या कुनै नौलो होइन, जबजब उनी बजार निस्कन्छन् तबतब यो समस्या ठाउँठाउँमा दोहोरिन्छ। फुटपाथभरि दुई पांग्रे सवारीसाधन पार्किङ गर्दा, व्यापारीले सामान तथा निर्माण सामग्री मनलाग्दी राख्दा उनीजस्तै अपांगता भएका व्यक्ति र अन्य पैदलयात्रीलाई हिँड्डुलमा असहजतासँगै जोखिम पनि बढाएको छ। 

यत्रतत्र राखिएका सामानले हैरानी खेप्नु परेको सर्वसाधारणहरूको गुनासो छ। ‘दुवै खुट्टा र एउटा हात नचल्दा म सधैँ फुटपाथमा आएर पैसा सहयोग माग्छु,’ धुव्रराजले भने, ‘कहिले कता कहिले कता बस्छु।’ हिड्न नसक्दा आफू एक ठाउँबाट अर्काे ठाउँ घर्सिएरै जाने गरेको भन्दै उनले भने, ‘फुटपाथभरि सामान हुन्छन्। अनि मोटरसाइकल पार्किङ गरेर राखिएको हुन्छ। जसले सधैँ समस्या हुन्छ।’ सडकभरि गाडी र अव्यवस्थित पार्किङले घर्सिन नसकिने र फुटपाथ पनि आफू अनुकूल नभएको उनको भनाइ छ।  

नेपालगन्जमा बढ्दो सहरीकरणसँगै सर्वसाधारणको बाक्लो चहलपहल देखिन्छ। तर सरोकारवाला निकायले फुटपाथलाई व्यवस्थित गर्न सकेको देखिँदैन। ‘अपांगता भएका व्यक्तिलाई त ठूलो जोखिम छँदैछ,’ नेपालगन्जकी सावित्री खड्काले भनिन्, ‘सपांगलाई पनि फुटपाथमा आवतजावत गर्न जोखिम छ।’ सडकमा हिँडौं दुर्घटनाको जोखिम भएको भन्दै उनले भनिन्, ‘फुटपाथमा पनि हिँड्ने ठाउँ हुँदैन।’ नेपालगन्ज–सुर्खेत रोड, न्यूरोड, सदरलाइनलगायत नेपालगन्ज बजार क्षेत्रका अधिकांश फुटपाथमा पैदलयात्री सहजै हिँड्डुल गर्न सक्ने स्थित नभएको उनले बताइन्।

‘फुटपाथ त हामी पैदलयात्रीका लागि हो, तर पार्किङ र व्यापारीको सामानले भरिभराउ हुन्छ,’ मञ्जुसिंह राठौरले भनिन्, ‘फुटपाथमै हिँडूँ बाटो छैन, सडक छेउमा हिँडूँ ठूलो गाडी कतिबेला हुइँकिएर आएर किचेर मार्ला भन्ने डर।’ ‘फुटपाथ कब्जा गरी नियम उल्लंघन गर्नेलाई कारबाही हुनुपर्ने,’ उनले भनिन्।‘नियम उल्लघंन गर्नेलाई कारबाही नहुँदा फुटपाथ कब्जामा छ,’ उनी भन्छिन्, ‘यता पैदलयात्रु भने सडकबाटै हिँड्न बाध्य। सडकमा हिँड्दै गर्दा दुर्घटना भए कसले जिम्मा लिने ?’ पैदलयात्रीहरूले यात्रा गर्दाका असहजता, जोखिमलाई प्रशासन र नगरले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी नियुक्ति गरेपछि नेपालगन्जका फुटपाथ तथा सडक व्यवस्थित गरेको थियो। पछिल्लो समय नगर र प्रशासनको अनुगमन नहुँदा फुटपाथ पार्किङ तथा सामानले ओगट्दा पैदलयात्रीहरूलाई यात्रा गर्न झनै जोखिम बढाएको छ।

नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ। १५ मिनेटभित्र पाँच सयजनासम्म आवतजावत गर्ने फुटपाथमा १.५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा दुई मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सयजनासम्मको चाप भए तीन मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ।

फुटपाथ कब्जा गरेर व्यापारीहरूले मनलाग्दी सामान राख्दा सरोकारवाला निकाय नेपालगन्ज उपमहानगरपालिका, प्रशासन र प्रहरी भने मौन बनेका छन्। सरोकारवाला निकायले देखे पनि नदेखेझै गर्दा यात्रुहरूलाई हिँड्डुलमा सास्ती भएको बताइएको छ।
अर्को समाचार
काठमाडौंको फुटपाथ व्यापारीको कब्जामा, यात्रुलाई सास्ती (फोटोफिचर)
२१ जेष्ठ २०७९
•
३ मिनेट पाठ
काठमाडौंको फुटपाथ व्यापारीको कब्जामा, यात्रुलाई सास्ती (फोटोफिचर)
राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ।




साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ।

फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्क गर्न र रोक्न समेत कठिन हुने गरेको चालकहरु बताउँछन्। दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन्। सटरमा व्यापार गर्नेहरुले पुराना र स्टक सामान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन। प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै। सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ। त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन्। नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन। तर, दिनभर भने सडक व्यापार प्रतिबन्धित छ। हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ। साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन्। र, त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन्।

 
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस