निकुञ्जभित्र यतिलाई बिजुली उत्पादन अनुमति : मुद्दा बृहत् पूर्ण इजलासले टुंग्याउने
२८ भदौ २०७८
•
४ मिनेट पाठ
निकुञ्जभित्र यतिलाई बिजुली उत्पादन अनुमति : मुद्दा बृहत् पूर्ण इजलासले टुंग्याउने
तत्कालीन केपी शर्मा ओली सरकारले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विद्युत् उत्पादनको अनुमति दिने गरी कार्यनीति संशोधन गरी यति होल्डिङ्स प्रालिलाई गरिएको निर्णय बृहत् पूर्ण इजलासले टुंग्याउने भएको छ।




प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार मुद्दालाई बृहत् पूर्ण इजलासमा पेश गर्ने आदेश भएको हो। ओली सरकारको निकुञ्ज क्षेत्रभित्र यति होल्डिङ्सलाई बिजुली निकाल्न दिने निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।

अब तत्कालीन सरकारले गरेको कार्यनीति संशोधन निर्णयको मुद्दा बृहत् पूर्ण (पाँच वा बढी न्यायाधीश सम्मिलित) इजलासले टुंगो लगाउने भएको हो। निवेदनमाथि पहिलो सुनुवाइ गर्दै गत असार ६ मा सर्वोच्चले सरकारको निर्णय रोक्दै अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले निकुञ्जभित्र कार्यनीति नै संशोधन गरी अनुमति दिँदा जैविक, वातावरणीय प्रभाव पर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

वन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री प्रेमबहादुर आलेले मन्त्रिरिषद् बैठकमा लगेको प्रस्ताव जेठ १३ मा कार्यनीति संशोधन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५ को दफा ५ लाई संशोधन गर्ने निर्णय गरेको थियो। कार्यनीतिको दफा ५ संशोधन गर्दै राष्ट्रिय निकुञ्जभित्र २५० मेगावाटसम्मको ठूला विद्युत् आयोजना निर्माण गर्न सक्नेगरी संशोधन गरिएको हो। सरकारले कानुनले रोकेको ठाउँमा संशोधन गरी यतिलाई विद्युत उत्पादन गर्न दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अधिवक्ता विज्ञानसिंह विष्टसमेतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण गर्ने विधायिकी मनसायलाई साकार बनाउन ऐनमा नै राष्ट्रिय निकुञ्जभित्र केही विशेष प्रकृतिको काम गर्न नपाउनेगरी उल्लेखित प्रावधान राखेको छ। ‘कार्यनीतिको दफा ५ संशोधन गर्दा राष्ट्रिय निकुञ्जभित्र २५० मेगावाटसम्मको ठूला विद्युत् आयोजना निर्माण गर्नसक्ने पाउने देखिन्छ। ठूला जलविद्युत् आयोजना निर्माण गर्दा ड्याम, रिजर्भभ्वाएर बनाउनुपर्ने हुन्छ। पानी थुन्न, फर्काउनुपर्छ,’ सर्वोच्चले भनेको छ, ‘जलविद्युत् आयोजना निर्माणको नाममा १० प्रतिशत मात्र पानी छाडी ९० प्रतिशत पानी थुन्दा त्यसभन्दा तल बग्ने पानीसँग रहने जलचरको वासस्थान, प्राकृतिक प्रणाली, सिमसार, वन्यजन्तु, वातावरणमा स्वभाविक रूपले प्रतिकूल असर पर्छ।’ 

आयोजना बनाउँदा ढुंगा, माटो हटाउँदा त्यस क्षेत्रका दुर्लभ वनस्पति नष्ट हुन सक्छन्। त्यसैले वन्यजन्तु, भौगोलिक अवस्था, जलवायु, प्राकृतिक सौन्दर्यता, पारिस्थितिक प्रणालीलाईसमेत प्रतिकूल असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख छ। सर्वोच्चले यसअघि नै ‘प्रकृतिको हरेक सिर्जना वा वस्तुको अस्तित्व रहिरहनुमा आ–आफ्नै प्राकृतिक कारण र महत्त्व हुन्छ। हरेक वस्तुको पृथक मूल्य मान्यता हुन्छ। कसैको निहित उद्देश्य, आर्थिक स्वार्थको निम्ति प्राकृतिक मूल्य मान्यता भत्काउने कुरा स्वीकार्य हुन सक्दैन। 

प्रकृतिको पहिचान र अस्तित्वसँग जोडिएर रहेका हावा, पानी, वनजंगल र जैविक विविधता जस्ता कुनै एक पुस्ता मात्रका लागि बनेका होइनन्। तिनको कुनै पनि बहानामा क्षयीकरण गर्नु हुँदैन। विकासको नाममा प्रकृति र यसका अवयवहरूको मान्यता समाप्त गर्ने छुट कसैलाई पनि हुँदैन। प्रकृतिको उपहारको मूल्यसँग विकासको क्रियाकलापले दिने लाभको तुलना हुन सक्दैन’ भन्ने नजिर स्थापित गरिसकेको छ।

‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो। अमूल्य प्राकृतिक सम्पदा, दुर्लभ वनस्पति, जैविक विविधता, पर्यावरण, वातावरण संरक्षण आजको आवश्यकता हो,’ सर्वोच्चले असारमा जारी गरेको आदेशमा भनेको छ।

संशोधन पूर्व दफा ५ मा ‘राष्ट्रिय निकुञ्ज र आरक्षभित्र सम्पूर्ण संरचना पर्नेगरी विद्युत् लगायतका कुनै संरचना बनाउन पाइने छैन तर स्थानीय उपभोक्ताहरूको हितको लागि १ मेगावाटभन्दा कम क्षमताको (राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउने शर्तमा) विद्युत उत्पादन गर्न सहमति दिन सकिनेछ। यसरी विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा वा फर्काउँदा कम्तीमा ५० प्रतिशत प्राकृतिक प्रवाह हुनेगरी निर्वाध खुला छाड्नुपर्नेछ,’ भन्ने व्यवस्था थियो।

त्यसलाई संशोधन गर्दै ‘राष्ट्रिय निकुञ्ज र आरक्षभित्र अन्य विकल्प भएसम्म सम्पूर्ण संरचना पर्नेगरी विद्युत्लगायतका कुनै आयोजनाको संरचना बनाउन पाइने छैन तर, राष्ट्रिय आवश्यकताका लागि विद्युत् उत्पादन गर्न संरचना निर्माण गर्दा नदी, खोला थुन्दा वा फर्काउँदा कम्तीमा १ मेगावाटभन्दा कम क्षमताको जलविद्युत् आयोजनाको लागि ५० प्रतिशत, १ देखि १० मेगावाटसम्मको लागि ३५ प्रतिशत, १० देखि २५ को लागि ३० प्रतिशत, २५ देखि १०० मेगावाटसम्मको लागि २० प्रतिशत र १०० देखि २५० मेगावाटको जलविद्युत् आयोजनाको लागि १० प्रतिशत प्राकृतिक प्रवाह कायम हुनेगरी पानीको प्रवाह निर्वाध खुला छाड्ने सर्तमा आयोजनाको अध्ययन, निर्माण र सञ्चालनको अनुमति दिइनेछ,’ भन्ने वन तथा वातावरण मन्त्रालयको प्रस्ताव स्वीकृत गरी संशोधन गरिएको थियो।
अर्को समाचार
पर्यटकको आगमन दैनिक १०० नाघ्यो
१० वैशाख २०७९
•
२ मिनेट पाठ
पर्यटकको आगमन दैनिक १०० नाघ्यो
वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ।




कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य  २२/२३ जना पर्यटकको आगमन भइरहेको छ।

आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको  निकुञ्ज कार्यालयले जनाएको छ। पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गरे।

सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए।

पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन्। पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ।

यस्तै  हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन्। पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँछन्।

धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउँछन्।

गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एशोसिएशनले जनाएको छ। पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ। रासस
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस