मोफसलमा पत्रकारका नाममा विकृति बढ्दै
१२ भदौ २०७८
•
५ मिनेट पाठ
मोफसलमा पत्रकारका नाममा विकृति बढ्दै
केही हप्ता अगाडि बाँके प्रहरीले दुईजना पत्रकारलाई पक्राउ गर्‍यो। पक्राउ पर्नुको कारण थियो, ‘प्रहरीसँग एक लाख ६० हजार रूपैयाँ बार्गेनिङ।’ आफूले मागेको जति पैसा नदिए नेपाल–भारत सीमा जमुनाहमा यात्रुसँग प्रहरीले घुम लिएको भिडियो सार्वजनिक गर्ने भन्दै ती पत्रकारले प्रहरीसँग बार्गेनिङ गरेका थिए। यसभन्दा अघि पनि बाँके प्रहरीले पत्रकारको परिचयपत्र भिरे सीमामा पैसा असुल्ने एकजनालाई पक्राउ गरेको थियो। 




यसै साता सुर्खेत प्रहरीले पत्रकार बताउने दुईजनालाई पक्राउ गरेको थियो। यति मात्र होइन पछिल्लो समय पत्रकारका नाममा अवैध पैसा असुली गर्ने र विभिन्नखालका विकृतिजन्य गतिविधि बढ्दै गएको छ।

नेपाल–भारत सीमा क्षेत्रका जिल्लामा कतिपय अनलाइन त पैसा असुलीका लागि मात्र सञ्चालन गरिएका छन्। पत्रकारको परिचयपत्र देखाउने र प्रहरी, तस्करी, विचौलिया र व्यवसायीसँग पैसा असुली गर्ने गरेको विभिन्न समयमा गुनासाहरु छताछुल्ल भइरहन्छन्। यसले पनि प्रष्ट पार्छकी मोफसलमा पत्रकारिताका नाममा थुप्रै विकृति हुँदै आएका छन्। पत्रकार र पत्रकारिताको नाममा थुप्रै बेथिति बढ्दै जाँदा समाजमा पत्रकार र पत्रकारिताप्रतिको जनविश्वास, विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ। यसको मारमा व्यावसायिक पत्रकारहरु परेका छन्। जो दिनभरि जनता र राज्यसँग पुलको काम गर्न सूचना संकलनका लागि तल्लीन छन्। व्यक्तिगत फाइदाका लागि पत्रकारिता पेसामा आबद्ध हुने व्यक्तिले नै बेथिति बढाउने गरेको श्रमजीवी पत्रकारहरु बताउँछन्।

वास्तविक पत्रकारले पैसा असुलीलगायत बेथिति नगर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए। ‘वास्तविक पत्रकारले गलत कार्य गर्दैन,’ उनले भने, ‘गलत कार्य गर्ने भनेकै गैर पत्रकारले हो।’ पत्रकारको नाम र परिचयपत्रको आधारमा गैर पत्रकारले आचारसंहिताविपरीत विकृति फैलाएको उनले बताए। यसले व्यावसायिक पत्रकारितामा ठूलो चुनौती थपिएको उनको भनाइ छ। पेशा, व्यवसाय र अनुभव अर्कै छ तर पनि मिडियामा हालीमुहाली गर्न खोज्दा थप बेथिति बढ्दै गएको छ। पत्रकारिताका नाममा परिचयपत्र भिरे पनि उनीहरु समाचार संकलनभन्दा अन्य धन्दामा बढी सक्रिय हुने गरेका छन्।

पत्रकारिताको नाममा या कुनै पनि बहानामा पैसा असुली हुन्छ या गरिन्छ भने त्यो पत्रकारिताको मर्म, पत्रकार आचारसंहिता र पत्रकार महासंघको विधानविपरित भएको नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले बताए। ‘यो कदापी स्वीकार्य हुनुहुँदैन। असुली जस्ता कार्यले अनेकन चुनौती सिर्जना भएका छन्,’ उनले भने, ‘विशेषगरी शुद्ध तथा व्यावसायिक पत्रकारिता गरेर जीवन निर्वाह गर्ने पत्रकारलाई नै समस्या सिर्जना भएको छ।’ यस्ता बेथितिले पत्रकार र पत्रकारिताप्रतिको दृष्टिकोण नै परिवर्तन गर्ने भन्दै उनी भन्छन्, ‘यस्ता कार्य रोक्न सबैभन्दा पहिले त स्वनियमन र आचारसंहिता पालना नै हो। यदि रोकिँदैन भने पीडित पक्ष या प्रत्येक्ष व्यक्तिले नै कानुनी प्रक्रिया अपनाउनु पर्छ।’ 

समाचारको विषय हो भने प्रेस काउन्सिलले पनि अनुगमन र कारबाही प्रक्रिया बढाउनु पर्ने उनको भनाइ छ। ‘कुनै सञ्चार माध्यमको रिपोर्टरले पैसा असुली वा कुनै विकृतिजन्य गतिविधि गरिरहेको छ भने संवद्ध सम्पादकले पनि कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘पत्रकार सदस्यको अनुशासनको सन्दर्भमा पत्रकार महासंघले आफ्ना सदस्यको आचार संहितालाई पालना गरे नगरेको अनुगमन गर्ने, कसैको बारेमा गुनासो आइरहेको छ भने प्रमाणका आधारमा कारबाही गरी स्वच्छ पत्रकारिताको वातावरण सिर्जना गर्नुपर्छ।’

सञ्चार क्षेत्र सूचनाको एउटा विश्वसनयी माध्यम भएको हुँदा समुदायले आमसञ्चार क्षेत्रलाई पछ्याइरहेको नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशिल बस्नेतले बताए। ‘सूचना संकलन पत्रकारले गर्दछ। आमस्रोता, दर्शक र पाठकसम्म पुर्‍याउँदासम्म विभिन्न चरण पार गरिन्छ,’ उनी भन्छन्, ‘सूचना तथा सञ्चार सही ढंगले पस्कन सके नागरिकलाई आनन्द महसुस हुन्छ। त्यसका लागि पत्रकारितालाई व्यावसायिक बनाउन सक्नुपर्छ।’ सूचना प्रवाह गर्ने सञ्चार माध्यम र त्यसमा कार्यरत पत्रकार व्यावसायिक बन्न नसक्दा केहीलेकाहीं विवादमा पर्ने गरेको उनको भनाइ छ। 

पछिल्लो समय पत्रकारितामा प्रभाव पार्ने विभिन्न तत्व सक्रिय भएको भन्दै उनी भन्छन्, ‘त्यस्ता तत्वलाई पत्रकार पत्रकारितालाई बदनीयत बनाएका छन्।’ प्रसारण तथा प्रकाशन भएको सामग्रीले आफ्नो पक्षमा नकारात्मक प्रभाव पार्न नदिन मोलमोलाई हुने गरेको पनि उनले जनाए। समाचार वा सामाचार योग्य सामग्रीमाथि मोलमोलाई हुने प्रवृत्तिको विकास हुँदा श्रमजीवी पत्रकारमाथि प्रहार हुने भन्दै उनले भने, ‘जुन कार्यले पत्रकार पत्रकारितामाथि जनविश्वास गुम्दै गएको छ।’  

पत्रकारिता पेसाप्रतिको निष्ठालाई बिर्संदा आपराधिक घटना हुने गरेका छन्। जसमा पत्रकारहरुको संलग्नताका कुराहरु बारम्बार सामाजिक सञ्जालमा छरपस्ट हुन्छन्। नेपाल प्रेस काउन्सिलले तयार पारेको आचारसंहितामा पत्रकार स्वयंले नै आफ्नो सामग्रीको सेन्सर गर्न सक्ने छ। तर यसलाई कम्जोर बनाइ विभिन्न प्रभावमा पर्ने र मोलमोलाइमा फस्ने काम हुने गरेको लामो समयदेखि मोफसलमा पत्रकारिता गर्दै आएको बस्नेतको दाबी छ।  

‘पत्रकारको नैतिकताका माथि प्रश्न उठ्नु प्रेस स्वतन्त्रतामाथि उठ्नु हो,’ उनी भन्छन्, ‘त्यस कारणले पनि अनुशासित, मर्यादित र विश्वसनीयताका लागि स्वयम् पत्रकारले नै इमान्दारिता देखाउन सक्नुपर्छ।’ यसका लागि नेपाल पत्रकार महासंघले अग्रणी भूमिका खेल्नु पर्ने उनको सुझाव छ। ‘अधिकारमात्र मागेर पुग्दैन कर्तव्यलाई पनि भूलन दिन हुँदैन। पत्रकारिताको साँख बचाउने भनेकै यसको इमान्दारिता हो,’ बस्नेतले भने, ‘जुन कसैको प्रभावमा पर्नु हुँदैन।’

पत्रकारका नाममा युट्यूब, फेसबुक लाइभ दिने र आफूलाई पत्रकारको संज्ञा दिने व्यक्तिबाट आज नेपालमा वास्तविक पत्रकारहरुको अस्तित्वमाथि प्रश्न उठेको नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ले बताए। ‘पत्रकारको ढोग गर्ने पत्रकारिता गरेजस्तो गर्नेलाई आचारसंहिता सिकाउन जरुरी छ,’ उनी भन्छन्, ‘यी र यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कानुनी उपचार खोजिनुपर्छ।’

पत्रकारिताभित्रको पनि आफ्नै नीति, परिधी र यसका केही दायरा हुने भन्दै उनले त्यो दायरा र परिधीभित्र रहेर समाचार लेख्नेहरु नै वास्तविक पत्रकार भएको बताए। मोफसलमा व्यावसायिक पत्रकारिताका अभ्यास लामो इतिहास नहुँदै यसरी गैर पत्रकारले श्रमजीवी पत्रकार र पत्रकारितामाथि प्रहार गर्नु सूचनाको विश्वासनीयता कमजोर पारेकाे कतिपयको भनाइ छ। 

सूचना कमजोर गराएर व्यक्तिगत लाभ लिनलाई पनि केही व्यक्तिहरु मिडिया सञ्चालन गर्ने गरेका छन्। जसका कारण पत्रकारिताको विश्वनीयतामाथि बेलाबेला प्रश्न उठ्दै आएका छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस