प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै
०६ भदौ २०७८
•
४ मिनेट पाठ
प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। 




काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ। यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।  विगत वर्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि बिदा दिइएको बताइएको छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्।  तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।  

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ।  यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्।  यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो। 

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।  यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ।

पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ। मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ।  पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वर्ष पनि भीड लागेको थियो।

क्वाँटीको परम्पररा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ।  यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उनले सुनाए। 
अर्को समाचार
नारी सशक्तीकरणको पर्व राखी
२७ साउन २०७९
•
६ मिनेट पाठ
नारी सशक्तीकरणको पर्व राखी
प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।




राखी हिन्दूहरूको एउटा महान् पर्व हो। सम्पूर्ण हिन्दू समाजमा यो पर्व बडो उत्साह एवं उमंगका साथ मनाइन्छ। यो सदियौं पुरानो पर्व पनि हो। यस लोकपर्वको प्राचीनता, प्रसिद्धि र महानतासँग जोडिएको एउटा पूरा कथा प्रचलित छ।

प्राचीनकालमा एकचोटि बाह्र वर्षसम्म देवासुर संग्राम चलेको थियो। जसमा देवताहरूको पराजय भयो र दानवहरूले स्वर्गमाथि विजय हासिल गरे। यता पराजित तथा दुःखी भएका स्वर्गका राजा इन्द्र देवगुरु वृहस्पतिकहाँ विनम्र निवेदन गर्न पुगे र अनुरोध गरे कि अहिले न म सुरक्षित छु न यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सक्छु। यस्तो स्थितिमा युद्धबाहेक अन्य विकल्प मसँग छैन। अहिलेसम्मको युद्धमा म हार्दै आएको छु।

इन्द्राणीले यो सबै वार्तालाप सुनिरहेकी थिइन्। उनले भनिन्, ‘भोलि श्रावण शुक्ल पूर्णिमाको दिन भएकाले म विधिविधानपूर्वक रक्षासूत्र तयार गरेर तपाईंलाई दिनेछु र तपाईंले त्यसलाई स्वस्तिवाचन पाठ गरी ब्राह्मणहरूद्वारा ग्रहण गर्नुहोला। यसबाट तपाईंको विजय निश्चित हुनेछ। अर्को दिन इन्द्रले रक्षा विधान र स्वस्तिवाचन गरी ब्राह्मणहरूद्वारा रक्षासूत्र धारण गरे र युद्धमा विजय हासिल गरे। त्यस दिनदेखि ब्राह्मणहरूद्वारा रक्षासूत्र बाँध्ने परम्परा चल्दै आएको कुरा सर्वविदित छ। साथै निम्नलिखित मन्त्र पनि प्रचलनमा अएको छ:

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

तेन त्वामनुबध्नामि रक्षे माचलमा चल।’

यसको पृष्ठभूमि एवं परिवेशको सिंहावलोकन गरेपछि प्रष्ट हुन्छ कि यसमा नारीको भूमिका नै महत्त्वपूर्ण थियो अर्थात् इन्द्रको विजयमा इन्द्राणीको हात थियो। उनको समुचित परामर्श नमानेको भए इन्द्रको विजय हुने थिएन। प्राचीन कालमा नारीको महत्त्वपूर्ण भूमिका हरेक क्षेत्रमा सुनिश्चितप्रायः थियो। प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।

राखी वास्तवमा नारीद्वारा नरको रक्षाको प्रतीक हो न कि नरद्वारा नारीको रक्षाको। यो अक्षरशः सत्य कुरा हो। नारी सृष्टिको उषाकालदेखि नै सर्वशक्तिमान् शक्तिका रूपमा पूजित एवं सम्मानित थिइन्। यहाँसम्म कि मर्यादा पुरुषोत्तम रामचन्द्रले पनि लंकाको युद्धमा विजय हासिल गर्नका लागि शक्ति स्वरूपिणी नारीको पूजा गर्नुपरेको थियो।
राखी वास्तवमा नारीद्वारा नरको रक्षाको प्रतीक हो न कि नरद्वारा नारीको रक्षाको। यो अक्षरशः सत्य कुरा हो। नारी सृष्टिको उषाकालदेखि नै सर्वशक्तिमान् शक्तिका रूपमा पूजित एवं सम्मानित थिइन्। यहाँसम्म कि मर्यादा पुरुषोत्तम रामचन्द्रले पनि लंकाको युद्धमा विजय हासिल गर्नका लागि शक्ति स्वरूपिणी नारीको पूजा गर्नुपरेको थियो। उनले नारी स्वरूपिणी शक्तिको प्रतीक दुर्गाको पूजाआजा, अर्चना आराधनापश्चात् लंकाको लडाइँमा विजय हासिल गरेका थिए।

पुराण र रामायणको कथा प्राचीन भएर हामीले बिर्सन सक्छौं तर हिन्दी साहित्यका महान् कवि सूर्यकान्त त्रिपाठी निरालाको ‘रामकी शक्तिपूजा’ काव्य हामी कदापि बिर्सन सक्दैनौं। नारी सुरुदेखि अवलाका रूपमा चित्रित हुँदै आएकी छैनन्। सत्ययुग र त्रेतायुगमा नारी पुरुषसरह सम्मानित एवं पूजित थिइन्। सत्ययुग अथवा त्रेतायुगका देवीदेवताको रूप हामी स्पष्ट रूपमा देख्छौं र हामी पाउँछौं कि श्रीलक्ष्मी, श्रीनारायण, श्रीसीता, श्रीराम, श्रीराधा, श्रीकृष्ण, श्रीउमा, श्रीमहादेव इत्यादिका चित्रहरू र मूर्तिहरू समान रूपमा राजसिंहासनमाथि बसेको अथवा चित्रित गरिएको पाइन्छ।

यसबाट पनि प्रष्ट हुन्छ कि नारी र पुरुष समान छन्। यसबाट के पनि प्रष्ट हुन्छ भने नारीहरूको नाम पुरुषहरूको भन्दा पहिला लिने प्रचलन थियो। नारीको महानता र महत्त्व पुरुषभन्दा बढी थियो। नारीको श्रेष्ठता सर्वोपरि भएकाले नारीको नाम पहिला उच्चरित हुने गर्दथ्यो। आज पनि हामी निःसंकोच भन्छौं सीताराम र राधेश्याम। भक्तजनले त यसलाई कीर्तनका रूपमा गाउने गर्दछन्। अष्टयाम, नवाह र एकाह आदिमा अहर्निश यो नाम जप गरिन्छ। सीताराम महायज्ञ हुने गर्दछ। अंग्रेजी भाषामा पनि नारीलाई वेटरहाफ भनिन्छ।

सम्पूर्ण हिन्दू जगत्मा दुर्गा, अम्बा, काली र शीतला आदि शिवशक्तिको पूजाआजा र आराधना गरिन्छ। हाम्रो देश त झन् सिद्ध शक्तिपीठहरूको देशका रूपमा संसारमा प्रख्यात छ। सम्पूर्ण मिथिलाञ्चलमा भाइ-प्रेमको प्रतीकका रूपमा यसलाई मनाउने लामो परम्परा छ। यस पर्वको समकक्षी पर्व भ्रातृद्वितीया वा भैयादुज पनि हो जुन कात्तिकमा मनाइन्छ। मैथिली संस्कृतिमा भाइ-बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने पर्वहरूमा राखी, भैयादुज र सामाचकेवा आदि प्रमुख हुन्।

मैथिली संस्कृति नै संसारमा यस्तो संस्कृति हो, जसमा भाइ-बहिनीको प्रेम प्रतीकका रूपमा यतिका धेरै पर्वहरू प्रत्येक वर्ष मनाउने गरिन्छ र यो पनि विभिन्न महिना र मौसममा। राखी साउन पूर्णिमाको दिन वर्षा ऋतुमा मनाइन्छ भने भैयादुज शरदृतुमा। सामाचकेवा पनि कात्तिक पूर्णिमाको दिनमा विसर्जित गरिन्छ। रक्षाबन्धनलाई हिन्दी, मैथिली, अवधी, भोजपुरी तथा बज्जिका भाषाहरूमा राखी भनिन्छ। राखी भाइ-बहिनीको अमर प्रेमको प्रतीक हो। नेपाली संस्कृतिमा भाइटीका र मैथिली संस्कृतिमा भैयादुज करिब करिब एउटै समयमा सम्पन्न हुने लोकपर्व हुन्।

आजको युग वैज्ञानिक युग हो। यो युग नारी सशक्तीकरणको युग पनि हो। यो युग लैंगिक समानताको पनि हो। सत्ययुग र त्रेतायुगमा जुन स्थान नारीले प्राप्त गरेका थिए, त्यो स्थान पाउनका लागि नारीहरू अहिले संघर्षरत छन्। यो खुसीको खबर हो। २१औं शताब्दी नारीहरूको युग हुनेछ भन्ने कुरामा धेरै मानवशास्त्री र समाजशास्त्रीहरू विश्वस्त छन्। यो उनीहरूको भविष्यवाणी पनि हुन सक्छ तर यो असम्भवचाहिँ कदापि होइन। राखी लोकपर्व वास्तवमा नारी र पुरुषको समानताको पर्व हो। भाइ-बहिनी बीचको पारस्पारिक प्रेमको प्रतीक हो। भाइले राखी बाँधेपछि उपहार पाउने पनि प्रावधान छ।

राखी पर्व स्नेह र समानताको पर्व हो। यो स्नेहिल र प्रेमिल माया र ममताको पर्व हो। यस पर्वको सन्देश नै प्रेम, स्नेह र सौहार्द हो। विश्वको इतिहासमा यस्तो उदाहरण भेटिन्छ कि हिन्दू मात्र होइन, मुस्लिमले पनि राखी बाँधेर हिन्दूलाई भाइ बनाएको छ। मुस्लिम सम्राट अकबरले हिन्दू नारीसित राखी बाँधेर उनलाई आफ्नी बहिनी बनाएका थिए। हिन्दी साहित्यकार हरेकृष्ण प्रेमीले यसैलाई आफ्नो नाटक रक्षाबन्धनको मुख्य वर्ण-विषय बनाएका छन्। यसबाट के प्रष्टिन्छ भने यो ऐतिहासिक पर्व पनि हो र हिन्दू धर्ममा मात्र सीमित होइन। मुस्लिमहरूले पनि आफ्नो सहृदयता, सौहार्द र समानताको आधारमा यस पर्वलाई स्वीकार गरेका छन्।

अतः राखी विभिन्न धर्मावलम्बीहरूका लागि पनि धर्मको सीमा नाघेर यसको कट्टरता र कटुतालाई बिर्साइदिएको छ। आज पनि यस पर्वलाई धार्मिक सहिष्णुताका रूपमा मनाउनु आवश्यक देखिन्छ। यो सिर्फ धागोको पर्व होइन। यो सिर्फ एउटै धर्म विशेषमा सीमित पर्व पनि होइन। आज नारी शोषण र फैसन भएको छ भन्नु हुँदैन। यसलाई नारी शोषणको विरुद्धमा मनाउनुपर्ने खाँचो छ। यसबाट नारी बलात्कारको घटनामा कमी आउन सक्छ। आफ्नी बहिनीसरह अरू महिलालाई मानेपछि बलात्कार जस्तो पाशविक प्रवृत्तिले प्रश्रय पाउँदैन। भाइबहिनीको पारस्परिक प्रेम भावनाबाट यस पर्वलाई मनाउने परम्परा प्रष्ट छ र यसलाई यसै रूपमा मनाउनु पर्दछ। आफ्नी बहिनीसरह अन्य महिलासित व्यवहार गर्नु नै यस पर्वको मुख्य सन्देश हो।

विधिविधान

व्रतालुले यस पर्वको अवसरमा प्रातः विधिपूर्वक स्नान गरेर देवता, पितृ र ऋषिहरूलाई तर्पण गर्नुपर्ने विधान छ। दुई प्रहरपछि सुती, ऊनी अथवा रेशमी पहेँलो वस्त्र लिएर त्यसमा रक्षासूत्र, सुन, केशर, चन्दन, अक्षता र दुवो राखेर बाँध्नुपर्छ। पुनश्चः ब्राह्मणहरूलाई बाँध्न लगाउनु शुभ मानिन्छ। गोबरबाट लिपपोत गरेर त्यस स्थानमा कलश स्थापना गरी त्यसमाथि रक्षासूत्र राखेर त्यसको यथाविधि पूजा गर्नु शुभ मानिन्छ। 
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस