जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’
०४ भदौ २०७८
•
३ मिनेट पाठ
जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’
बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ। पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ ले समेत सार्थकता पाउन सकेको छैन। सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन्। हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारबासी बताउँछन्।  




कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ। जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्पसको प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको छ। सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ। राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वडा वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन। जिल्लाबाट कोरोनाका बिरामीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुःखद् रहेको स्थानीय राजन शर्मा बताउँछन्।  

धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानाले बताए। 'अस्पतालको जग्गा २५ रोपनी छ । खाली जग्गा निकै कम छ, सुरुमा गुरुयोजना नबनाउँदा आवासीय भवन अस्तव्यस्त रुपमा निर्माण भएका रहेछन्', उनले भने, 'अस्पतालको छतमा हेलिप्याड बनाउन प्रयास गरेका थियाैँ, त्यो प्राविधिकरुपमा कठिन र बढी खर्चिलो भएकाले सकिएन, अस्पतालभित्रै हेलिप्याडको खाँचो छ, जग्गा छैन, बागलुङ बजारमा जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन।' क्याम्पस प्राङ्गणमा हेलिकप्टर अवतरण गर्दा पठन पाठनमा असर पर्दै आएको छ।  

क्याम्पसमा हेलिकप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताए। 'कहिलेकाहीँ त दैनिकजसो हेलिकप्टर आउँछ, हामीलाई थाहा हुँदैन, क्याम्पसमा कहिले पढाइ त कहिले परीक्षा चलिरहेको हुन्छ, व्यावहारिकरुपमा अत्यावश्यक उद्दारमा त हामीले केही भनेका छैनौँ', उनले भने 'भेटघाट, घुमघाम तथा चुनावी प्रचारमा आउने हेलिकप्टर क्याम्पसमा नराख्दा राम्रो हुन्थ्यो, उपल्लाचौरको ब्यारेक तथा बाङ्गेचौरको खेल मैदान विकल्प हुन सक्छ।'  

हेलिकप्टर ल्याउनेमध्ये केहीले मात्रै क्याम्पसलाई जानकारी दिने गरेको र अरुले हचुवाको भरमा अवतरण गराउँदछन्। हेलिकप्टर हेर्नेको समेत क्याम्पसमा भीड बढ्दा सुरक्षा चुनौतीसमेत बढेको उनको भनाइ छ। शैक्षिक संस्थाभित्र हेलिकप्टर राख्दा क्याम्पस प्रशासनलाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ। जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा अवतरण गर्न हेलिप्याड बनाएकोले स्थानीय तहसँग समन्वय गरी जिपिएससहितको विवरण तयार पार्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी गशेण गौतमले बताए। वैकल्पिक व्यवस्थापनका लागि क्याम्पसको प्राङ्गण प्रयोगमा ल्याइएको र बजारका अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको उनको भनाइ छ। कोरोना सङ्कटमा हेलिकप्टरबाट सङ्क्रमितको उद्धार व्यापक भएकाले हेलिप्याड आवश्यक भएकाले आपत्कालीन अवस्थामा सुरक्षा निकायको हेलिप्याडसमेत प्रयोग गर्न सकिने उनले बताए।  

आर्थिक हैसियत राम्रो भएका चाडपर्वमा घर फर्कदासमेत हेलिकप्टरको प्रयोग गर्दै आएका बताइएको छ। आपत्कालीन अवस्थामा बाहेक अन्य समयमा क्याम्पस हातामा हेलिकप्टर राख्दा समस्या हुने क्याम्पस प्रशासनले जनाएको छ। सो अस्पतालले २०० श्ययामा अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भइरहेको जनाउँदै आएको छ। हालै मात्र अस्पतालको पूरै जग्गामा विस्तृत आयोजना प्रतिवेदन बनाइएको छ भने आगामी दिनमा निर्माण गर्ने अस्पताल भवनका छतमा हेलिप्याड राख्न मिल्ने छत बनाउने उद्देश्य राखिएको छ। 
अर्को समाचार
दुनाटपरी उद्योग सञ्चालनमा ल्याउँदै महिला समूह
३० फागुन २०८०
•
२ मिनेट पाठ
दुनाटपरी उद्योग सञ्चालनमा ल्याउँदै महिला समूह
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ।




साल तथा कटुसका पातलाई बाँसका सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो। वनमा खेर गइरहेको सालका पात सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ।

तीन लाख लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कुसुम बुढाले संयुक्तरुपमा उद्घाटन गरेका थिए।

उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए। उनले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गरे।

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ। दुनाटपरी रेस्टुराँमा प्रयोगमा आउन थालेको छ।

२८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बङ्गुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहकी अध्यक्ष बलकुमारी पुनले जानकारी दिए।

काठमाडौँदेखि दुनाटपरी बनाउने एक लाख ९२ हजारको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ। अहिले महिला समूहले दुनाटपरी बनाउन प्रशिक्षण लिइराखेको उनको भनाइ छ।

‘झन्डै २२ लाखको लगानीमा खोलिएको बङ्गुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बङ्गुरपालन व्यवसाय धराशयी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ।

विशेषगरी सालका पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ’, पुनले भने, ‘बागलुङमा पोखरा र बुटबलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रुपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्ने छ।’

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ। उद्यमशील मगर महिला समूहले १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको सात लाख लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो।

गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बङ्गुर फार्ममा रहेका छ सय बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो।

बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ। पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो।

दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ। दुनाटपरीलाई रु दुईदेखि रु आठसम्ममा बजारमा बिक्री गर्न सकिनेछ। बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो। –रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस