जुम्लामा धार्मिक मेला पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमणका कारण कर्णालीको सबैभन्दा लामो जात्रा गत वर्ष पनि जुम्लामा हुन सकेन। यो वर्ष पनि लाग्न नदिने निर्णय भइसकेको छ। कोरोनाका कारण धार्मिक आस्था धरापमा पर्न थालेको जुम्लावासी बताउँछन्। कोरोना संक्रमण फेरि बढ्दै गएको र जात्रासंगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकोले जात्रासंगै सबै मेला महोत्सवपूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्।
उनले भनिन्, ‘कोरोना संक्रमण बढ्दै गइरहेको समयमा तेस्रो लहरको कोरोना सर्न सक्ने प्रबल संभावना भएकोले धार्मिक मेला बन्द गर्ने निर्णय भयो। यो निर्णय जुम्लावासीको स्वास्थ्यका हिसावले निकै फाइदाजनक हुनेछ।' धार्मिक मेला गर्दा भिडभाड निकै बढी हुन्छ। न मास्कको प्रयोग हुन्छ। नत सामाजिक दूरी नै कायम हुन्छ। झनै लापरबाही हुने भएकोले धार्मिक मेला नलगाउँदा नै उत्तम हुने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निष्कर्ष छ।
बैठकले अहिले भइरहेको बिहान ६ देखि दिउँसो ४ बजेसम्म बजार खोल्ने र ४ बजेपछि निषेधाज्ञा गर्ने कार्यलाई निरन्तरता दिएको छ। यो निर्णय अव्यहारिक भएको स्थानीय बताउँछन्। जतिसुकै समयमा कोरोना सर्न सक्ने भएकोले चार बजे पनि निषेधाज्ञा गर्ने निर्णय अवैज्ञानिक भएको स्थानीय बताउँछन्।
कोरोना त दिउँसो पनि सर्छ होला। दिउँसो बजारमा भिडभाड हुन्छ। चरम लापरबाही देखिन्छ। ‘स्थानीय जगतबहादुर शाहीले भने, ‘कि निषेधाज्ञा कडा हुनु पर्यो। कि त नयाँ लुज भएर बिहानदेखि बेलुकासम्म बजार खोल्नु पर्यो।’ प्रशासन कार्यालय जम्लाले दुई सातासम्मका लागि पहिलेकै जस्तो कायम रहने गरी १५ दिन निषेधाज्ञा थप गरेकाे छ। अत्यावश्यक काम बाहेक भिडभाड गर्न नपाईने निर्णय गरेको छ।
'भदौ महिनामा यहाँ धार्मिक मेला धेरै लाग्छन्। यो मेलालाई धार्मिक मेलाका रुपमा हेरिँदै आएको छ। यो महिना कोरोनाका हिसावले निकै जोखिमपूर्ण महिना हो। रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ,' प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘ जुम्लाका आठैवटा स्थानीय तहले गाउँघरमा हुने भिडभाडलाई नियन्त्रण गर्न र सचेतनाका कार्यक्रमलाई जोड दिनुपर्छ। यो प्रतिबद्धता स्थानीय तहका प्रमुखहरुले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा प्रतिबद्धता गरेका छन्।’
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सदरमुकाम केन्द्रित निषेधाज्ञा गरेपनि गाउँमा निषेधाज्ञाको कुनै अनुभव हुने गरेको छैन। राजनीतिक दल, पार्टी संगठन विस्तार, भेला, सम्मेलन, बैठक गरिरहेका छन्। निकै भिडभाडका बीचमा कार्यक्रम गरिरहेका छन्। पछिल्लो समयमा राजनीतिक दलका कार्यक्रमले कोरोना संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन्।
गतवर्ष तिर्थयात्रामा समेत रोक लगाइएको थियो। तर यो वर्ष कर्णालीका विभिन्न स्थानमा जाने तिर्थयात्रामा रोक लगाइएको छैन। जसका कारण तिर्थालुको आवतजावतले पनि भिडभाड बढिरहेको छ। स्थानीय प्रशासनले राजनीतिक दलसंगको बैठक गरेर दलका नेता र भ्रातृ संस्थाहरुलाई सचेत गराउनु पर्ने स्थानीयले माग गरेका छन्। सडकमा भिडभाड गर्ने, सभा सम्मेलनमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने गरेकोले र जोखिम बढाउने कार्य गरेकोले तत्काल रोक्न आग्रह गरिएको छ।