सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा
०५ असोज २०८३
•
३ मिनेट पाठ
सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा
सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।




नदी नियन्त्रणका लागि बनाइएका आधाभन्दा बढी स्पर भत्किएपछि बस्ती नै सखाप हुने त्रासले कतिपय स्थानीय थातथलो छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन्।

बर्खा सुरु भएदेखि नै नदीले कटान तीव्र पारेपछि केही दिनअघि २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित केही परिवार अहिले चौरमा टहरा हालेर बसिरहेका छन् भने कटान रोक्न बनाइएका १८ मध्ये ९ वटा स्पर नदीले पूर्ण रूपमा बगाइसकेको छ।

कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार बाँकी रहेका स्परहरू पनि नदीको तीव्र बहावका कारण जोखिममा छन्।

नदी बस्तीतर्फ सोझिएपछि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी मिलेर बाँस गाड्ने तथा बालुवाका बोरा राखेर तटबन्ध जोगाउने प्रयास गरिरहेका छन्।

चार दशकदेखि श्रीलङ्का टप्पुमा बस्दै आएका बराहक्षेत्र नगरपालिका-६ का बुद्धिमान माझीले कटानकै कारण आफ्नो ५/७ बिघा जमिन गुमाइसकेका छन्।

‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, राति पानी पर्दा बाढी आयो कि भनेर हेर्न जानुपर्छ, रातभर जाग्राम बस्नुपर्ने अवस्था छ,’ माझीले दुखेसो पोखे।

सोही ठाउँका राकेशकुमार महतोको चार बिघा जमिन कोशीले बगाइदिएपछि अहिले उनी १० कट्ठा जग्गा भाडामा लिएर मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका छन्। जमिन र चरन क्षेत्र सकिएपछि गाईभैंसी पाल्न छाडेका महतो अहिले टिनको कटेरोमा गुजारा चलाउँदै छन्।

सप्तकोशीले कटान नरोकेपछि स्थानीयवासी अन्यत्र पलायन हुन थालेका छन्। केही परिवार झापा तथा सप्तकोसीपारि पूर्वतर्फको प्रकाशपुर सरिसकेका छन्।

स्थानीय बालीचरण कविरथ पनि प्रकाशपुरमा एक कट्ठा जग्गा जोडेर सर्ने तयारीमा छन्। २०७४ मा पहाडबाट झरेका पदम राईले पनि नदी बर्सेनि बस्ती नजिक आउँदा वर्षभरिको मिहिनेत बग्ने चिन्ता बढेको बताए।

उदयपुरको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार सप्तकोशीले बिस्तारै पश्चिमतर्फ धार मोड्ने संकेत देखाएको छ। बलौटे माटो भएकाले तारजाली र ढुङ्गासहितको संरचनासमेत नदीले बगाइरहेको र पश्चिमतर्फ बाक्लो बस्ती रहेकाले जोखिम झन् भयावह बन्दै गएको उनले चेतावनी दिए।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कटान नियन्त्रण स्थानीय तहको क्षमताभन्दा बाहिर गइसकेको बताए। विस्थापित परिवारलाई तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराएको जानकारी दिँदै उनले यो समस्या राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे।

‘नगरपालिकाको सीमित स्रोतसाधनले सप्तकोशी जस्तो शक्तिशाली नदी नियन्त्रण गर्न सम्भव छैन,’ नगरप्रमुख कार्कीले भने, ‘यसको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन, सङ्घीय सरकारको ठूलो बजेट र आवश्यक परे छिमेकी मुलुक भारतसँग कूटनीतिक पहलसमेत तत्काल थालिनुपर्छ।’

करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकको मुख्य पेसा कृषि र पशुपालन हो। हरेक वर्ष असारदेखि सुरु हुने बाढी र कटानको स्थायी रोकथामका लागि बलियो तटबन्ध र ड्याम निर्माण नगरिए हजारौं नागरिक घरबारविहीन हुने जोखिम देखिएको छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस