सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु
३१ साउन २०७८
•
४ मिनेट पाठ
सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु
दृश्य–१  




भजनी नगरपालिका–३ काँडा गाउँमा शुक्रबार दिउँसो मगर गोही देखियो। आहारा खोज्दै मोहना नदीबाट गाउँ पसेको मगर गोहीलाई स्थानीयले उद्धार गरी पुनः मोहना र पथरैया नदीको दोभानमा लगेर छोडिदिए। आहाराको खोजीमा गाउँमै पुगेको यो पहिलो घटना हो।  

दृश्य–२

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अन्डैया पुग्यो। अन्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरह्यो। त्यस्तै सोही समयमा कैलालीकै लम्कीचुहा नगरपालिकाको वन क्षेत्रमा पनि बाघ घुमिरह्यो। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा बाघले केही दिन बिताएको थियो। यस्तै सोही समयमा कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि बाघ देखिएको थियो।  

दृश्य–३

विगत एक महिनादेखि कैलालीकै मसुरिया क्षेत्रमा डमरु हुर्काउन पोथीबाघ आइपुगेको छ। भाले बाघबाट बच्चा जोगाउन पोथी बाघ दुई डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ सुरक्षित गर्न वसन्ता जैविक मार्ग हुँदै सहायक मार्ग मसुरिया आइपुगेको हो। दुई डमरुसहित पोथी बाघ विगत एक महिनादेखि मसुरिया–राजीपुर क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ। 

‘विगत एक महिनादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मसुरिया क्षेत्रको सामुदायिक वनमा आइपुगेको छ,’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने, ‘यहाँ पनि उसले स्थान परिवर्तन गर्दै कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै बाघ डमरुसहित डुलिरहेको छ।’

यी तीनवटा दृश्यले पनि के प्रस्ट पारेको छ भने पछिल्लो समयमा कैलालीको पर्यावरणीय क्षेत्र सप्रिँदै गएको छ। जलचरका साथै वन्यजन्तु देखिन थालेपछि बिग्रिएको कैलालीको पर्यावरण सप्रिन थालेको संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘कैलालीमा जलचरहरू एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जलसम्बन्धी विशेषज्ञ करण देवान भन्छन्, ‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समययता डल्फिनका साथै लोपोन्मुख मगरगोही पनि देखिन थालेका छन्, जलचलहरू देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’

जलचरका लागि आवश्यक आहारा र सुरक्षित वासस्थान भएकाले पछिल्लो समय जलचर डुल्दै कैलालीका नदी तथा खोलासम्म पुग्न थालेको उनी बताउँछन्। ‘कैलालीको जल प्रदूषित छैन,’ उनले भने, ‘सफा पानी भएकाले पनि जलचर जीव कैलालीलाई सुरक्षित मान्दै पछिल्ला केही वर्षयता देखिन थालेका छन्।’  

जलचर मात्रै नभई स्थलचर पनि कैलालीमा देखिन थालेका छन्। पछिल्लो समयमा जलचरसँगै स्थलचर प्राणी पनि कैलालीमा देखिनु भनेकै यहाँको पर्यावरणमा सुधार आएको संकेत मान्न सकिने विश्व वन्यजन्तु कोष (डब्लडब्लएफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट बताउँछन्। ‘कैलालीमा एकपछि अर्को गर्दै वन्यजन्तु देखिन थालेका छन्,’ उनले भने, ‘वन्यजन्तु देखिनु पनि वनको हैसियत सुध्रँदै गएको मान्न सकिन्छ।’ वन्यजन्तु देखिँदाखेरि यहाँ बाघले पनि आफ्नो वासस्थान बनाउन थालेको छ। 

बाघले पनि आफ्ना लागि पर्याप्त आहाराको संकेत देखेकाले यहीँ वरपर देखिन थालेको बताउँदै सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने, ‘कैलालीका केही सामुदायिक वनमा बाघ देखिनु पनि पर्याप्त आहारा भएको र वनको अवस्था सुधार भएको मान्न सकिन्छ।’ पछिल्लो समय मसुरिया क्षेत्रमा दुईवटा डमरुसहित बाघ घुमिरहेको छ। वसन्ता जैविक मार्ग क्षेत्रमा डमरुलाई जन्म दिएपछि उनीहरूलाई बचाउनका लागि बाघ त्यस क्षेत्रमा आएको हुनसक्ने बताउँदै उनले भने, ‘मसुरिया क्षेत्रमा पर्यावरणको अवस्था सुध्रिनुका साथै पर्याप्त आहारा भएकाले पनि यो क्षेत्रलाई बाघले सुरक्षित बासस्थानका रूपमा लिएको हुन सक्छ।’ बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनी बताउँछन्।

‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता क्षेत्रबाट मसुरिया क्षेत्रका सामुदायिक वनमा आएको हुनसक्छ,’ अध्यक्ष सापकोटाले भने, ‘बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरुलाई भाले बाघबाट बचाउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा बाघ मसुरिया क्षेत्रमा आइपुगेको हुनसक्छ।’

अहिले डमरुसहित बाघ शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुराँस सामुदायिक वन, हरियाली वसन्ता सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाले बताए। पूर्व पश्चिम राजमार्गसँग जोडिएका यी सामुदायिक वनमा अहिले उपभोक्ताहरूलाई नजान पनि सूचित गरिएको उनी बताउँछन्। 

उनले भने, ‘यो समयमा उपभोक्ताहरू जंगली साग खोज्न भन्दै जंगल जाने भएकाले त्यहाँ नजान हामीले सूचित गरेका छौं।’पछिल्लो समय कैलालीको वन क्षेत्रको हैसियत सुध्रिएका कारण पनि यहाँ एकपछि अर्को गर्दै जलचर तथा स्थलचर प्राणी देखिन थालेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट बताउँछन्।
अर्को समाचार
सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु
३० साउन २०७८
•
४ मिनेट पाठ
सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु
कैलालीको भजनीस्थित काँडा गाउँमा देखिएको मगर गोही । तस्बिरः नगारिक
दृश्य–१  




भजनी नगरपालिका–३ काँडा गाउँमा शुक्रबार दिउँसो मगर गोही देखियो। आहारा खोज्दै मोहना नदीबाट गाउँ पसेको मगर गोहीलाई स्थानीयले उद्धार गरी पुनः मोहना र पथरैया नदीको दोभानमा लगेर छोडिदिए। आहाराको खोजीमा गाउँमै पुगेको यो पहिलो घटना हो।  

दृश्य–२  

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुग्यो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरह्यो। त्यस्तै सोही समयमा कैलालीकै लम्कीचुहा नगरपालिकाको वन क्षेत्रमा पनि बाघ घुमिरह्यो। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा बाघले केही दिन विताएको थियो। यस्तै सोही समयमा कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि बाघ देखिएको थियो।  

दृश्य–३  

विगत एक महिनादेखि कैलालीकै मसुरिया क्षेत्रमा डमरु हुर्काउन पोथीबाघ आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ दुई डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्ग हुँदै सहायक मार्ग मसुरिया आइपुगेको हो। 

दुई डमरुसहित पोथी बाघ विगत एक महिनादेखि मसुरिया–राजीपुर क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ। ‘विगत एक महिनादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मसुरिया क्षेत्रको सामुदायिक वनमा आइपुगेको छ,’ सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘यहाँ पनि उसले स्थान परिवर्तन गर्दै कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै बाघ डमरुसहित डुलिरहेको छ।’  

  

यी तीन वटा दृश्यले पनि के प्रष्ट पारेको छ भने पछिल्लो समयमा कैलालीको पर्यावरणीय क्षेत्र सप्रिँदै गएको छ। जलचरका साथै वन्यजन्तु देखिन थालेपछि विग्रिएको कैलालीको पर्यावरण सप्रिन थालेको संकेत देखिएको विज्ञहरु बताउँछन्। ‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’ 

जलचरका लागि आवश्यक आहारा र सुरक्षित वासस्थान भएकाले पछिल्लो समयमा जलचर डुल्दै कैलालीका नदी तथा खोलासम्म पुग्न थालेको उनी बताउँछन्। ‘कैलालीको जल प्रदूषित छैन,’ उनले भने,‘सफा पानी भएका कारण पनि जलचल कैलालीलाई सुरक्षित मान्दै पछिल्ला केही वर्षयता देखिन थालेका छन्।’  

जलचर मात्रै नभई स्थलचर पनि कैलालीमा देखिन थालेका छन्। पछिल्लो समयमा जलचरसँगै स्थलचर प्राणीहरु पनि कैलालीमा देखिनु भनेकै यहाँको पर्यावरणमा सुधार आएको संकेत मान्न सकिने विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट बताउँछन्। ‘कैलालीमा एकपछि अर्को गर्दै वन्यजन्तु देखिन थालेका छन्,’ उनले भने,‘वन्यजन्तु देखिनु पनि वनको हैसियत सुध्रदै गएको मान्न सकिन्छ।’ 

वन्यजन्तु देखिँदाखेरी यहाँ बाघले पनि आफ्नो वासस्थान बनाउन थालेको छ। बाघले पनि आफ्नो लागि पर्याप्त आहाराको संकेत देखेकाले यही वरपर देखिन थालेको बताउँदै सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘कैलालीको केही सामुदायिक वनमा बाघ देखिनु पनि पर्याप्त आहारा भएकै कारण वनको अवस्था सुधारा भएको मान्न सकिन्छ।’ पछिल्लो समयमा मसुरिया क्षेत्रमा दुई वटा डमरुसहित बाघ घुमिरहेको छ। वसन्ता जैविक मार्ग क्षेत्रमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि डमरुसहित बाघ त्यो क्षेत्रमा आएको हुनसक्ने बताउँदै उनले भने,‘मसुरिया क्षेत्रमा पर्यावरणको अवस्था सुध्रिनुका साथै पर्याप्त आहारा भएकाले पनि यो क्षेत्रलाई बाघले सुरक्षित बासस्थानका रुपमा लिएको हुन सक्छ।’  

बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनी बताउँछन्।

‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता क्षेत्रबाट मसुरिया क्षेत्रका सामुदायिक वनमा आएको हुनसक्छ,’ अध्यक्ष सापकोटाले भने,‘बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरुलाई भाले बाघबाट बचाउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा बाघ मसुरिया क्षेत्रमा आइपुगेको हुनसक्छ।’

अहिले डमरुसहित बाघ शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुरास सामुदायिक वन, हरियाली वसन्त सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाले बताए। पूर्व पश्चिम राजमार्गसँग जोडिएका यी सामुदायिक वनमा अहिले उपभोक्ताहरुलाई नजान पनि सूचित गरिएको उनी बताउँछन्। उनले भने,‘यो समयमा उपभोक्ताहरु जंगली साग खोज्न भन्दै जंगल जाने भएकाले त्यहाँ नजान हामीले सूचित गरेका छौँ।’

पछिल्लो समयमा कैलालीको वन क्षेत्रको हैसियत सुध्रिएका कारण पनि यहाँ एकपछि अर्को गर्दै जलचर तथा स्थलचर प्राणीहरु देखिन थालेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट बताउँछन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस