६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण
३० साउन २०७८
•
३ मिनेट पाठ
६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण
गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा रहेको ६ हजार ६३ रोपनी जग्गामा तत्कालीन गाउँपालिकाका कर्मचारी, स्कुलका प्रतिनिधि तथा स्थानीय जग्गा कारोबारीले अतिक्रमण गरी बस्ती बसालेको पाइएको छ। गाई आनुवंशिक स्रोत केन्द्र कृषि मन्त्रालय, पशु सेवा विभागअन्तर्गत पर्छ।




राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनअनुसार दोलखाको जिरी नगरपालिका (साबिकका जिरी, माली र श्यामा गाउँ विकास समिति), रामेछापको गोकुलगंगा गाउँपालिका (साबिकको चुचुरे गाउँ विकास समिति) र उमाकुण्ड गाउँपालिका (साबिकको बाम्ती गाउँ विकास समिति) मा रहेको गाई आनुवंशिक स्रोत केन्द्रको ७ हजार ६ सय ५९ दशमलब ८ रोपनी जग्गामध्ये ६ हजार ६३ दशमलब ४८ रोपनी अतिक्रमण गरिएको छ।

प्रतिवेदनअनुसार सुरुमा उक्त जग्गा जिरी बहुमुखी कृषि फारामको स्वामित्वमा थियो। त्यसपछि उक्त जग्गा पशु विकास फाराम जिरीको नाममा आयो। अहिले उक्त जग्गा गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा छ। केन्द्र उन्नत जातका गाई प्रजनन गर्ने उद्देश्यबाट स्थापना गरिएको हो ।  

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ। यसैगरी नापनक्सा छुट भएको ९ सय ८४ दशमलब ६२ रोपनी जग्गामध्ये करिब ५० रोपनीबाहेक सबै अतिक्रमण गरिएको किटानी प्रतिवेदनमा गरिएको छ।

साबिकको जिरी बहुमुखी विकास योजना कृषि फारामको नाममा दर्ता भई २०४४ साल भदौ २५ गते सरकारको निर्णय र मालपोत कार्यालय रामेछापको मिसिल नम्बर ९१ को आदेशानुसार सिद्धेश्वर माविले उपभोग गर्नेगरी गाउँ विकास समितिको कार्यालय, बाम्तीलाई जिम्मा दिने निर्णय गरिएको रामेछाप साबिक बाम्ती गाउँ विकास समिति–३ (हाल उमाकुण्ड गाउँपालिका–२) स्थित ३ क सिट नम्बर र ८२ कित्ता नम्बर रहेको ५४ रोपनी ८ आना १ दाम जग्गाको हकमा सिद्धेश्वर माविले आफंै भोगचलन गरेको नदेखिएको प्रतिवेदनमा जनाइएको छ । उक्त जग्गामा बस्ती र बजार बसाउन घडेरी बनाई वितरण गर्ने काममा साबिकको बाम्ती गाउँ विकास समितिको कार्यालयका कर्मचारी तथा सिद्धेश्वर माविको समेत संलग्नता रहेको देखिएको छ।

दोलखाको साबिक श्यामा गाउँ विकास समिति–५ (हाल जिरी नगरपालिका–१) स्थित पशु विकास फारामको नाममा नापनक्सा भई दर्ता बाँकी रहेको जग्गामा वडा कार्यालय भवनसहित स्विमिङ पुल, स्टोन पार्क, निजी घरसमेत निर्माण गरी बस्ती बसालिएको प्रतिवेदनमा उल्लेख छ ।

रामेछाप गोकुलगंगा गाउँपालिका–२ (साबिकको रामेछाप चुचुरे गाउँ विकास समिति), गज्र्याङमा गाई आनुवंशिक स्रोत केन्द्र (साबिक पशु विकास फाराम) ले विगतदेखि भोगचलन गर्दै आएको जग्गामा हाल गज्र्याङ उपत्यका हाइड्रो पावर लिमिटेडको २ दशमलब ८३ मेगावाट क्षमताको चाकेखोला जलविद्युत् आयोजना र हिमालयन उ,र्जा विकास कम्पनीको ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती २ आयोजनाको पावर हाउस निर्माण गरिएको छ। उक्त जग्गाको नापनक्सा गर्न छुट भएको सतर्कता केन्द्रले जनाएको छ।

गाई आनुवंशिक स्रोत केन्द्रले २०१८ सालदेखि भोगचलन गर्दै आइरहेको र २०३१ सालमा नापनक्सा हुँदा छुट हुन गएको ३५ हेक्टर जग्गाको जग्गाधनी केन्द्रको नाममा नापनक्सा गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन सतर्कता केन्द्रले भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ। स्थानीय प्रशासनको सहयोग लिएर अतिक्रमित जग्गा आफ्नो भोगचलनमा ल्याउन सतर्कता केन्द्रले गाई आनुबंशिक स्रोत केन्द्रलाई पनि निर्देशन दिएको छ। यस विषयमा सतर्कता केन्द्रले आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको छ।
अर्को समाचार
काठमाडौंमा दश हजार रोपनी सरकारी जग्गा अतिक्रमण
०८ भदौ २०८२
•
२ मिनेट पाठ
काठमाडौंमा दश हजार रोपनी सरकारी जग्गा अतिक्रमण
काठमाडौंमा दश हजार रोपनीभन्दा बढी सरकारी जग्गा विभिन्न व्यक्ति तथा समूहबाट अतिक्रमणमा परेको पाइएको छ।




काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयलका प्राविधिक कर्मचारीहरूले गरेको अध्ययनबाट काठमाडौंमा दश हजारभन्दा बढी जग्गा अतिक्रमणमा परेको पत्ता लागेको जिल्ला आयुक्त सुवास बस्नेतले बताए । उनले भने, ‘अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन प्रयास सुरु भइसकेको छ । यो क्रम अब अझ सशक्त हुने छ।’

बस्नेतका  अनुसार काठमाडौमा ९४ ठाउँमा जग्गा प्लटिङको काम रोक्का गरिएको छ। यसरी रोक्का गरिएको जग्गाको कुल कित्ता संख्या एक हजार एक सय ५७ र कुल क्षेत्रफल करिब तीन हजार  पाँच सय  रोपनी हुन आउँछ।

काठमाडौं आयुक्त कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जिल्ला आयुक्त बस्नेतले प्राधिकरणबाट योजना अनुमति नलिई गरिएको जग्गा प्लटिङ रोक्का गरिएको बताए। ‘केही उच्च व्यावसायिक घरानालेसमेत काठमाडौंमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ। हाम्रो पहिलो काम भनेको अतिक्रमण गरिएको सार्वजनिक जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउनु हो, हामी अहिले त्यस काममा लागेका छौं,’ उनले भने, ‘काठमाडौंमा ठूलो मात्रामा सरकारी जग्गा अतिक्रमण गरेको हाम्रो प्रारम्भिक अनुमान छ।’

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको थाहा भए अतिक्रमण गर्ने व्यक्ति जतिसुकै पहुँचवाला भए पनि अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउने घोषणा उनले गरे।

बस्नेतका अनुसार ३० डिग्रीभन्दा बढी भिरालो जग्गामा घर निर्माण गर्न सकिन्न तर काठमाडौंका केही भिरालो जग्गामा समेत प्लटिङ गरेको पाइएको छ। त्यस्तो जग्गामा गरिएको प्लटिङ रोक्का गरिएको बस्नेतले बताए। काठमाडौंको तारकेश्वर लगायत केही ठाउँमा भिरालो  जग्गामा प्लटिङ गरेको पाइएको जिल्ला आयुक्तको कार्यालयले जनाएको छ।

प्राधिकरणका अनुसार हाल जग्गा विकास कार्यक्रम र जग्गाको खण्डीकरण सम्बन्धमा भूमिसम्बन्धी ऐन र काठमाडौं उपत्यकाको १८ वटा नगरपालिका र २ वटा गाउँपालिकाहरूको हकमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ र प्राधिकरण नियमावली, २०६८ तथा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ कार्यान्वयनमा छ। योजना अनुमति नलिई प्लटिङको कारण जग्गा खण्डीकरण हुँदा बिचौलियालाई फाइदा पुग्ने तर राज्यको नाममा जग्गा कम हुने, सडक साँघुरा हुने, सहर अव्यवस्थित हुने, तथा सहरको सौन्दर्य बिग्रने गरेको बस्नेतले बताए।

प्राधिकरणको हल प्राधिकरणकै स्टोर किपरले ताला लगाएपछि प्राधिकरणको आँगनमा जिल्ला आयुक्त बस्नेतले पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनको विषयमा आफूलाई पहिले जानकारी नभएकाले प्राधिकरणका कर्मचारीले हलमा ताला लगाएको हुन सक्ने विकास आयुक्त जानुका ढकालले बताइन्।

जिल्ला आयुक्त बस्नेतले भने आफूले चिठी लेखेर विकास आयुक्तलाई पहिल्यै औपचारिक जानकारी गराएको बताए। जिल्ला आयुक्तको कार्यालयले मालपोत, नापी र वडा कार्यालयहरूलाई चिठी लेखी अवैध प्लटिङ रोक्का गरेपछि विकास आयुक्त ढकाल र जिल्ला आयुक्त बस्नेतबिच विवाद बढ्दै गएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस