अझै रोकिएनन् बालविवाह
२८ साउन २०७८
•
१ मिनेट पाठ
अझै रोकिएनन् बालविवाह
कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन्। गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो।




किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९  कम उमेरमा भएको थियो। बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ। 

यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्।'दुई विवाहमा भने मुद्दा चलाइएको छ।' कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, 'बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ।'

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि  अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए।बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ। जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताए। रासस
अर्को समाचार
विपन्न बालबालिका विद्यालयबाहिर
०९ मंसिर २०८०
•
६ मिनेट पाठ
विपन्न बालबालिका विद्यालयबाहिर
भूकम्पले विद्यालय भत्काएपछि चौरमा बसेर पढ्दै जाजरकोटको बारेकोट–४ स्थित भगवती माविका विद्यार्थी। तस्बिर: रासस
कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने वसन्ती वादीले कक्षा ६ पढ्दापढ्दै विद्यालय छाडिन्। उनको परिवार अहिले कर्णाली राजमार्गको छेउमा अस्थायी टहरा हालेर बस्दै आएको छ। १७ वर्षीया वसन्तीले सानै उमेरमा विवाह गरेका कारण विद्यालय छाड्नुपरेको बताइन्। एक सन्तानकी आमा वसन्तीका पति कमाउन काला पहाड गएका छन्।




कक्षा ६ मा पढ्दै गर्दा वसन्तीको परिवारमा आर्थिक संकट चुलियो। बुवाले दिनभरि गिट्टी कुटेर कमाएको पैसाले घरखर्च चलाउनुपथ्र्यो। विद्यालय जान खर्च पुगेन। विद्यालय जान पोसाक र घर खर्चकै समस्या हुन थालेपछि उनले पढ्न छाडिन्। अहिले उनी पनि गिट्टी कुट्छिन्।

उनले भनिन्, ‘पढ्ने मन त कसको हुँदैन र? पारिवारिक समस्याका कारण वादी बस्तीका धेरै बालबालिका विद्यालय जान पाएका छैनन्। धेरैजसोको ५, ६, ७ र ८ कक्षा पढ्दै  गर्दा विवाह हुन्छ। पढाउन नसकेपछि बुवाआमाले बिहे गरिदिन्छन्। अनि विद्यालय जाने कुरा हुँदैन।’

सरिता वादीले पनि कक्षा ७ पढ्दापढ्दै विद्यालय छोडिन्। उनी अहिले होटलमा काम गरेर परिवारको खर्च चलाउँछिन्। विद्यालय जान पोसाक, कापी, कलमलगायत शैक्षिक सामग्री खरिद गर्न पैसा नभएपछि विद्यालय छाडेको उनले बताइन्।

उनले भनिन्, ‘७ कक्षा पढ्दै गर्दा मेरो पढाइ रोकियो।’ परिवारले खर्च व्यवस्थापन गर्न नसक्ने भनेपछि पढाइ रोकिएको हो। उनले पनि विवाह गरेकी छन्। बच्चा बोकेर होटलको काममा जाने गरेको उनी बताउँछिन्।

कालिकोट खाँडाचक्र–१ स्थित वादी बस्तीमा १३ जना बालबालिका छन्। ती सबैले विद्यालय छाडेका छन्। घरको आर्थिक अवस्था कमजोरका भएका कारण विद्यालय जान नसकिएको उनीहरू बताउँछन्।
स्कुल जाने उमेरका उनीहरू सडक छेउमा गिट्टी कुट्दै गरेको अवस्थामा भेटिन्छन्। जिल्ला सदरमुकाम रहेको ठाउँमा त वादी बालबालिकाको यस्तो अवस्था छ भने ग्रामीण बस्तीका विपन्न परिवारका बालबालिकाको अवस्था कस्तो होला। छोराहरू सानै उमेरमा विद्यालय छाडेर कमाउन काला पहाड र छोरीहरू बिहे गरेर जाने गरेका छन्।

कर्णाली प्रदेशमा १८ हजार बालबालिका विद्यालयबाहिर छन्। यसमा अधिकत्तर विपन्न परिवारका छन्। राष्ट्रिय जनगणना, २०७८ अनुसार बाढी, पहिरोलगायत प्राकृतिक विपद्, आर्थिक अभावजस्ता कारणले कर्णाली प्रदेशका १० वटा जिल्लाका १८ हजार ६ सय बालबालिका विद्यालयबाहिर छन्। जसमा ८ हजार ९ सय ९५ बालिका र ९ हजार ६ सय ६ बालक छन्।

जनगणनाअनुसार कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ छ। जसमा बालबालिकाको संख्या ६ लाख ७७ हजार ४८ छ। अधिवक्ता दुर्गाप्रसाद सापकोटाले भने, ‘जनगणनाले देखाएको तथ्यांकभन्दा बढी बालबालिका विद्यालयबाहिर छन्। २०७८ को गणनामा धेरै जनसंख्या छुटेको छ। अशिक्षा, अभाव, गरिबी, विकटतालगायत कारणले कर्णालीमा धेरै बालबालिकाले पढ्दापढ्दै कक्षा छाड्ने गरेका छन्।’

नेपालको संविधानले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भने पनि कर्णालीमा त्यस्तो छैन। लामो समय कर्णालीमा शिक्षा क्षेत्रमा काम गर्दै आएका सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईका अनुसार यहाँ अपांगता भएका बालबालिकामध्ये अधिकांश विद्यालयबाहिर छन्। यसको कारण समुदाय र विद्यालयको दूरी टाढा हुनु, अप्ठेरो भूगोल, गरिबी, मौसमी बसाइँसराइलगायत रहेको उनले बताए।

कर्णालीमा अपांगता भएका बालबालिकाका लागि उपयुक्त शैक्षिक संस्थाको पनि अभाव छ। सुविधा सम्पन्न ठाउँका विद्यालयमा पढाउन अभिभावकको आर्थिक अवस्था बलियो छैन। धेरैजसो परिवारको घरखर्च काला पहाडको कमाइले चल्छ।
गरिबीकै कारण बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको उनको बुझाइ छ। सरकारले कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाको शिक्षाका लागि कुनै ठोस कार्यक्रम पनि ल्याउन नसकेको उनले बताए।

बालविवाह

कर्णाली प्रदेशमा बालविवाहको समस्या पनि ठुलो छ। केन्द्रीय तथ्यांक विभागले २०७६ सालमा गरेको सर्वेक्षणले कर्णालीमा बालविवाहको समस्या बढी नै रहेको देखाएको छ। नेपालमा ५ दशमलव २ प्रतिशत बालबालिकाको १५ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको उक्त सर्वेक्षणले देखाएको छ।

प्रदेशअनुसार १५ वर्षभन्दा कम उमेरमै विवाह गर्ने बालबालिका कोसीमा ४ दशमलव २, मधेसमा ८ दशमलव ९, वाग्मतीमा १ दशमलव ७, गण्डकीमा ४ दशमलव २, लुम्बिनीमा ६ दशमलव ४, कर्णालीमा ८ दशमलव ४ र सुदूरपश्चिममा ६ दशमलव ५ प्रतिशत छन्।

यस्तै कुल बालबालिकामध्ये २२ दशमलव ७ प्रतिशतले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्छन्। प्रदेशअनुसार १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने बालबालिकामा कोसीमा २० दशमलव ९, मधेसमा २९ दशमलव ३, वाग्मतीमा १३ दशमलव २, गण्डकीमा २२ दशमलव ९, लुम्बिनीमा २५, कर्णालीमा ३४ दशमलव ६ र सुदूरपश्चिम प्रदेशमा २९ दशमलव ४ प्रतिशत छन्।

मुलुकमा बालविवाह गर्नेमध्ये ५ दशमलव ३ प्रतिशत बालक र १९ दशमलव ३ प्रतिशत बालिका रहेकोे तथ्यांकले देखाएको छ। कर्णालीमा १२ दशमलव १ प्रतिशत बालक र २७ दशमलव ४ प्रतिशत बालिकाको बालविवाह हुने गरेको छ। बालविवाहका कारण पनि शिक्षाबाट वञ्चित हुनुपरेको हो।

४० प्रतिशत विद्यालय दरबन्दीविहीन

कर्णालीमा ३ हजार ३४ सामुदायिक विद्यालय छन्। जसमध्ये १ हजार २ सय सामुदायिक विद्यालयमा दरबन्दीका शिक्षक छैनन्। शिक्षा नियमावलीअनुसार एउटा शिक्षकले बढीमा ४५ विद्यार्थी हेर्नुपर्छ। तर कर्णालीमा एक शिक्षकले ७० जनासम्म विद्यार्थी हेर्नुपर्ने अवस्था छ।

कर्णालीका साढे ६ लाख हाराहारी विद्यार्थीलाई ३ हजार ३४ सामुदायिक विद्यालयले धानिरहेका छन्। जसमा ४० प्रतिशत विद्यालयमा सरकारी दरबन्दीका शिक्षक छैनन्। दरबन्दी नभएका विद्यालय राहत कोटा, स्थानीय र निजी स्रोतका शिक्षकका भरमा चलेका छन्।

जनगणना २०७८ अनुसार आधारभूत तहमा ४ लाख ९ हजार ३ सय १५ र मावि तहमा १ लाख ३७ हजार ९ सय १६ विद्यार्थी छन्। जसमा कक्षा नदोहो¥याइ कक्षा १ देखि ५ सम्म जाने बालबालिकाको संख्या ५९ प्रतिशत छ भने ८ कक्षासम्म पुग्ने ४९ प्रतिशत छन्। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आधारभूत तहका २० प्रतिशत विद्यार्थीले पढ्दा पढ्दै विद्यालय छाड्छन्।
कर्णालीमा विद्यार्थी संख्याअनुसार १४ हजार ४ सय ४४ शिक्षक चाहिन्छन्। कतिपय विद्यालयमा १२ विद्यार्थी, ६ शिक्षक छन् त कतिपयमा ५ सय विद्यार्थी, २ शिक्षक छन्। हाल कर्णालीमा शिक्षकको स्वीकृत दरबन्दी ५ हजारको हाराहारीमा छ।

सामुदायिक विद्यालयमा एक शिक्षकले निर्धारित अनुपातभन्दा दोब्बर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ। त्यस्तै कर्णालीका १० जिल्लाका २ हजार ८ सय ३२ बालविकास केन्द्रमा ६२ हजार २ सय २९ बालबालिका छन्। यस प्रदेशमा २ सय ४ वटा संस्थागत (निजी) विद्यालय छन्।

 बालबालिका हराउने समस्या

कर्णाली प्रदेशमा बालबालिका हराउने समस्या पनि छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ९ बालबालिका हराएकोमा २ सय ८८ जना फेला परेका छन्। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४ सय ११ बालबालिका हराएकोमा ३ सय ७७ जना फेला परेका छन्।

गत आर्थिक वर्षमा २ सय ६९ बालबालिका हराएकोमा २ सय २७ जना फेला परेका छन्। कर्णालीमा २४ दशमलव ६ प्रतिशत बालबालिका बालश्रमिक छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा बालगृहमा आश्रित बालबालिकाको संख्या पनि बढिरहेको छ। प्रदेशका सुर्खेत, कालिकोट,जाजरकोट, जुम्ला र हुम्लामा गरी ९ वटा बालगृह सञ्चालनमा छन्। ती बालगृहमा ४ सय ४६ बालबालिका छन्। अभिभावक हुँदाहुँदै पनि विभिन्न प्रलोभन देखाएर बालबालिकालाई बालगृहमा राख्ने गरिएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस