धनकुटाको सहिदभुमि गाउँपालिकाको वडा नं ६ मा रहेका गरिब तथा अति विपन्न ४३ घरपरिवारले सुरक्षित आवास कार्यक्रम मार्फत घरमा जस्तापाताले छाना लगाएका छन्।
सहिद भुमि गाउँपालिकाको अध्यक्षसंग विपन्न कार्यक्रम, नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम र वडा सदस्यसंग विपन्न कार्यक्रम मार्फत वडा नं ६ का ४३ घरपरिवारलाई आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेट मार्फत प्रतिव्यक्ति ५० हजारका दरले २१ लाख बराबरको जस्तापाता खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिए।
वडा र गाउँपालिकाले गरिबीको रेखामुनी रहेका, पराल तथा खरको छाना भएका र विभिन्न प्रकोपका कारण घरबारविहीन भएका परिवार छनोट गरी सुरक्षित आवासको व्यवस्था र जस्तापाता वितरण गर्दै आईरहेको वडा कार्यलयले जनाएको छ।