६ महिना टिक्दैनन् धनगढीका सडक !
१६ असार २०७८
•
२ मिनेट पाठ
६ महिना टिक्दैनन् धनगढीका सडक !
भर्खरै निर्माण भएको धनगढी उपमहानगरपालिकाका सडकहरु ६ महिना नपुग्दै भत्किन थालेका छन्। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा निर्माण गरेका कालोपत्रे सडक ६ महिना नपुग्दै भत्किन थालेका हुन्।  




कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टारेझै निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ। धनगढीमा निर्माण गरिएका सडकहरु कमशल सामग्री राखेर फिलिङ गरेका कारण ६ महिना पनि टिक्न नसकेको स्थानीय पुष्पराज कौशिक बताउँछन्। ‘यहाँ प्राविधिक, कर्मचारी र निर्माण कम्पनीका मालिकको मिलेमतोमा कमसल बस्तु राखेर सडक निर्माण गरिन्छ,’ उनले भने, ‘निर्माण सामग्रीको गुणस्तर चेकजाँच गर्ने निकायले वास्ता नगर्नु र उपभोक्ताले पनि खबरदारी नगरिदिँदा सडक टिक्दैनन्।’  

धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ। धनगढी उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रुपैयाँको लागतमा अन्जु निर्माण सेवाले कालोपत्रे गरेको थियो। गत माघमा निर्माण सकिएको सडक ६ महिना पनि नटिकेको स्थानीय लालसिंह कठरिया बताउँछन्। ‘हाम्रो टोलमा निर्माण भएको यो सडक ६ महिना पनि टिकेन,’ उनले प्रश्न गर्दै भने, ‘कमसल सामग्री प्रयोग भएका कारणले त नहोला टिकेको ?’  

पहिले सडकको दुबै किनारमा नाली निर्माण गरेको बताउँदै उनले भने, ‘बनाइएको सडकको नाली पनि भत्कियो, कालोपत्रे पनि उप्कियो।’ सडकमा मोटरसाइकल चलाउँदा पनि उफार्ने गरेको बताउँदै अर्का स्थानीय विन्तिराम चौधरीले भने, ‘दबाएर सडक नबनाएका कारण मोटरसाइकल चलाउँदा पनि उफार्छ।’  

सडक निर्माण गर्दा स्थानीयले राम्रो बनाउन दबाब दिए पनि निर्माण कम्पनीले अटेर गरेको उनीहरु बताउँछन्। बनाएको ६ महिना नपुग्दै सडक र नाली भत्किन थालेपछि पत्र काटेर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई बताएको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्ट बताउँछन्। ‘लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिरसम्मको नवनिर्मित कालोपत्रे सडक भत्किन थालेपछि निर्माण कम्पनीलाई पुनः बनाउन पत्राचार गरेका छौँ,’ उनले भने।

ग्रामीण सडक निर्माणमा कहीँनेर कमजोरी हुन सक्ने बताउँदै उनी भन्छन्, ‘तर, त्यस्तो जानी जानी गल्ती भएको भने छैन।’ निर्माण कम्पनीसँग प्राविधिकको मिलेमतोमा कमसल सामग्री प्रयोग हुने गरेको भन्ने मिथ्या आरोप भएको उनले बताए। ‘आम सर्वसाधारणले लगाउने आरोप हो,’ उनले भने,‘हामीले जानी जानी त्यस्तो गर्दैनौँ।’ 
अर्को समाचार
६ महिना पनि टिक्दैनन् धनगढीका सडक
२८ असार २०७८
•
२ मिनेट पाठ
६ महिना पनि टिक्दैनन् धनगढीका सडक
भर्खरै निर्माण भएको धनगढी उपमहानगरका सडकहरू ६ महिना नपुग्दै भत्किन थालेका छन् । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा निर्माण गरेका कालोपत्रे सडक ६ महिना नपुग्दै भत्किन थालेका हुन्।  




कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टार्ने गरी निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ। धनगढीमा निर्माण गरिएका सडकहरू कमसल सामग्री राखेर फिलिङ गरेका कारण ६ महिना पनि टिक्न नसकेको स्थानीय पुष्पराज कौशिक बताउँछन्। ‘यहाँ प्राविधिक, कर्मचारी र ठेकेदारको मिलेमतोमा कमसल सामान राखेर सडक निर्माण गरिन्छ,’ उनले भने, ‘निर्माण सामग्रीको गुणस्तर जाँच गर्ने निकायले वास्ता नगर्ने र उपभोक्ताले पनि खबरदारी नगरिदिँदा सडक टिक्दैनन्।’  

धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ। उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रूपैयाँको लागतमा अन्जु निर्माण सेवाले कालोपत्रे गरेको थियो। 

गत माघमा निर्माण सकिएको सडक ६ महिना पनि नटिकेको स्थानीय लालसिंह कठरिया बताउँछन्। ‘हाम्रो टोलमा निर्माण भएको यो सडक ६ महिना पनि टिकेन,’ उनले भने, ‘कमसल सामग्री प्रयोग भएका कारणले त नहोला टिकेको ?’ पहिले सडकको दुवै किनारमा नाली निर्माण गरेको बताउँदै उनी थप्छन्, ‘बनाइएको सडकको नाली पनि भत्कियो, कालोपत्रे पनि उप्कियो।’ सडकमा मोटरसाइकल चलाउँदा पनि उफार्ने गरेको बताउँदै अर्का स्थानीय विन्तिराम चौधरीले भने, ‘दबाएर सडक नबनाएका कारण मोटरसाइकल चलाउँदा पनि उफार्छ।’  

सडक निर्माण गर्दा स्थानीयले राम्रो बनाउन दबाब दिए पनि निर्माण कम्पनीले नटेरेको उनीहरू बताउँछन्। बनाएको ६ महिना नपुग्दै सडक र नाली भत्किन थालेपछि पत्र काटेर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई भनेको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्ट बताउँछन्।

‘लोकतान्त्रिक चौकदेखि विश्वनाथ मन्दिरसम्मको नवनिर्मित कालोपत्रे सडक भत्किन थालेपछि निर्माण कम्पनीलाई पुनः बनाउन पत्राचार गरेका छौं,’ उनले भने। ग्रामीण सडक निर्माणमा कतै कतै कमजोरी हुन सक्ने बताउँदै उनी भन्छन्, ‘तर त्यस्तो जानी जानी गल्ती भएको भने छैन।’ निर्माण कम्पनीसँग प्राविधिकको मिलेमतोमा कमसल सामग्री प्रयोग हुने गरेको भन्ने मिथ्या आरोप भएको उनले बताए। ‘आम सर्वसाधारणले लगाउने आरोप हो,’ उनले भने, ‘हामीले जानी जानी त्यस्तो गर्दैनौं ।’ 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस