कालीगण्डकी प्रति सधैं झेल
१४ असार २०७८
•
५ मिनेट पाठ
कालीगण्डकी प्रति सधैं झेल
कालिगण्डकी नदी किनारको मुस्ताङको कोवाङ गाउँ । फाइल तस्बिरः नागरिक
मुस्ताङको दामोदरकुण्डबाट बगेको कालीगण्डकी विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुगेर नारायणीमा मिसिन्छ । करिब पाँचसय किलोमिटर दुरी पार गर्दैगर्दा यसले फरक क्षेत्र र भूगोललाई समेटछ । पर्यावरणीय, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो नदीबारे यतिबेला निकै नै चर्चा चुलिएको छ । कारण–कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसाल्ने योजना सहित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बनाउने सरकारी घोषणा ।  




गण्डकी प्रदेश सरकार कालीगण्डकी डाइभर्सनबारे खुलेरै विरोधमा छ । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको तानातानमा अहिले कालीगण्डकी नदी परेको छ । तर, संरक्षणकर्ताहरु भने कालीगण्डकीलाई उपयोग गर्ने तरिका भन्दा पनि संरक्षण अभावमा अलपत्र परेको भन्दै चिन्ता जनाउँछन् । उनीहरु भन्छन, ‘जसले बढी यो नदीको संरक्षण गर्नुपर्ने हो, उसैले दुरुपयोग गरिरहेको छ । नदीको संरक्षण नहुँदा यसलाई फरक प्रयोजनमा उपयोग गर्न खोजिएको हो ।’  

चिरञ्जीवी शर्मा म्याग्दीका कानुन व्यवसायी हुन । शर्माले पाँचवर्ष अघि बेनी नगरपालिका विरुद्ध जिल्ला अदालतमा रिट दायर गरे । रिटको विषय थियो–नगरपालिकाले बजारबाट निस्केको फोहर सिधै लगेर कालीगण्डकीमा मिसायो र त्यसलाई रोक्नुपर्छ । त्यतिमात्र नभई बधशालाबाट निस्केको फोहर पनि कालीगण्डीमै मिसिनेगरि पूर्वाधार बनाइयो । शर्माको रिटपछि अदालतले स्थलगत अवस्था बुझ्नु भनेर नगरपालिकालाई भनेपनि विकल्प नभएको भन्दै फोहर फाल्न रोकिएन । शर्माका अनुसार अहिले पनि बेनीबजारबाट निस्केको सबै फोहर कालीगण्डकीमै मिसाईन्छ ।  

शर्माका अनुसार बेनी बजारको ढल सिधै कालीगण्डकीमा मिसाइएको छ । बेनी बजारको सबै फोहर गलेश्वर महादेव नजिकै लगेर कालीगण्डकीमा खसाइन्छ । त्यसबाहेक दोहन पनि उस्तै छ । नदी किनारमा चलेका क्रसर उद्योगबाट निस्केको फोहरको लेदो सिधै कालीगण्डकीमा मिसाइएको छ । तातोपानीमा डुब्न आउनेबाट फोहर पनि कालीगण्डकीमा मिसिएको छ । ‘कालीगण्डकीप्रति असाध्यै वेथिति छ । सबैतिरको फोहर फाल्ने ठाउँ अहिले कालीगण्डकी हो,’ शर्माले भने, ‘त्यसैले संरक्षण हुनुपर्छ भन्ने आवाज उठाएको हुँ । तर, मेरो आवाजको कतै सुनुवाई भएन, बरु उल्टै म प्रति गलत नजर लगाइयो ।’
शर्माको पहल एउटा उदाहरण मात्र हो । कालीगण्डकीलाई सबैतिरबाट संरक्षणविहीन अवस्थामा छाडिएको अध्येता बताउँछन । कालीगण्डकीका अध्येता कुलराज चालिसेका अनुसार धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा कालीगण्डकीप्रति साहै्र झेल गरिएको छ । फोहर फाल्ने मुख्य ठाउँ कालीगण्डकी बनाईएको छ । सहरबाट निस्केको ढल सिधै नदीमा मिसाइन्छ । फोहर बिसर्जन, ढल मिसाउने, अतिक्रमण गर्ने काम हुँदा पनि संरक्षणमा चुनौती थपिएको उनले बताए ।

‘कालिगण्डकी फोहर बोक्ने नदी होईन, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो नदीलाई संरक्षण गर्नुपर्नेमा कतै चाँसो छैन,’ उनले भने, ‘सुरुङ बनाएर पानी लैजाने कुरा गर्दा हामी विरोधमा छौ । तर, संरक्षण अभावमा कालीगण्डकी पिल्सिएको छ ।’ उनका अनुसार स्याङजा, पर्वत र गुल्मीको मिलन सेतीवेणीमा कालीगण्डकीमा मिसिने गरि ढल खसाईको छ । ‘गण्डकीलाई माता भनेर पुजा गर्ने हो, शालिग्राम पुज्ने ठाउँ (सेतीवेणी) को आश्रमको शौचालयको पाइप कालीगण्डकीको श्रोतमा मिसाईएको छ,’ चालिसेले भने, ‘कालीगण्डकीलाई सम्मान गरिएको छैन । धर्मशालाका पाइप सिधै नदी वा श्रोतमा मिसाइएको छ ।’  

उनका अनुसार कालीगण्डकीका धेरै घाटमा शवको अन्तिम संस्कार गरिन्छ । शवको संस्कारपछि बचेका गुन्द्री, बास, कपडा बगाउने ठाउँ पनि कालीगण्डकी नदी नै बन्ने गरेको छ । ‘कालीगण्डकीप्रति हामीले सम्मान गरेका छैनौ । खालि महत्व छ भनेर मात्र बोलिरहेका छौ,’ उनले भने, ‘अतिक्रमण पनि कम छैन । सहरीकरणसँगै अतिक्रमणको चपेटामा पनि कालीगण्डकी परेको छ । धौलागिरी अञ्चलमा अधिक अतिक्रमण छ ।’  

उनका अनुसार कालीगण्डकी किनारमा ठाउँठाउँमा आश्रम बनाइएको छ । ती आश्रम पनि नदीकै जग्गामा बनेका छन । आश्रमको फोहर सिधै कालीगण्डकीमा पु¥याइएको उनले बताए । चालिसेका अनुसार कालीगण्डकीमा पानी, मदिराका बोटल, जुत्ताचप्पल यत्रतत्र बगेका देखिन्छन् । मान्छे पोलेका काठका मुढा बगिरहेका छन । ‘संरक्षण भन्ने कतै देखिन्न । नवलपुर, पाल्पा, स्याङजा र तनहुँमा समस्या कम छ,’ उनले भने, ‘जसले पुजा गरेको छ उसैले नोक्सान गरेको छ ।’

अर्का विश्लेषक विश्व सिग्देल पनि सुरुङमार्ग बनाएर पानी लैजान खोज्नु पटक्कै जायज नभएको बताउँछन । तर, कालीगण्डकीले सही रुपमा संरक्षण नपाउँदा गलत नजर परेको उनको भनाई छ । उनका अनुसार पछिल्लो समय कालीगण्डकीको दायाँबायाँ ठुलो बस्ती बसिसकेको छ । कालीगण्डकी किनारमा ठाउँठाउँमा सहर विकास भएका छन । ती सहरको फोहरमैलाको निकास कालीगण्डकी बनेको उनले बताए । ‘कालीगण्डकीको अतिक्रमण अति छ, दुर्घन्ध उस्तै छ,’ सिग्देलले भने, ‘अतिक्रमण र दुर्गन्धबाट नदी जोगाउन जरुरी छ ।’ कालीगण्डकीको संस्कृति, प्रकृति, पर्यावरणलाई संरक्षण नभएको उनले बताए ।  

‘पहिला संरक्षण गरौ, त्यसपछि बल्ल विकल्पमा कुन रुपमा उपयोग गर्ने भन्ने योजना बनाऔं,’ उनले भने । उनले कालीगण्डकीको संरक्षण नै नभएको बताए । ‘कालीगण्डकीलाई प्रेम गरेका छैनौ,’ उनले भने, ‘कालीगण्डकीलाई पे्रम नगर्दा यसलाई अन्यत्र उपयोग गर्न खोजिएको हो । कालीगण्डकीलाई चलाउन हुँदैन, जस्ताको तस्तै बग्न दिनुपर्छ । म पूर्णरुपमा टनेलको विरुद्धमा छु । तर संरक्षणमा भने ध्यान दिनुपर्छ ।’  

उनका अनुसार संरक्षण नहुँदा कतिपय ठाउँमा त नदीको मापदण्ड नै छैन । ‘संरक्षणमा नजाने तर, टनेलको कुरा निस्कँदा विरोध मात्र गरेर भएन, सम्पदा हो भने जोगाउनुपनि पर्छ । अब संरक्षणबारे पनि बोल्न थालौ,’ सिग्देलले भने, ‘कालीगण्डकी बचाउने योजना बनाऔं ।’ अहिले संरक्षण नहुँदा जसले पायो उसैले उपयोग गर्छु भनेका छन ।’

कालीगण्डकीकै सम्पत्ति मानिने शालिग्रामको चोरी निकासी व्यापक भएको उनले बताए । ‘शालिग्रामको संरक्षणको गर्न नसक्नेले नदी जोगाउन सक्दैन,’ उनले भने, ‘अहिले संरक्षण नहुँदा अन्यत्र उपयोग गर्न खोजिएको हो । अबको पहिलो काम नदी संरक्षण गर्ने हो । त्यसपछि बल्ल उपयोगबारे बोल्न थालौंला ।’ 
अर्को समाचार
गण्डकी प्रदेशसभाः कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेजीको माग
१६ फागुन २०८०
•
२ मिनेट पाठ
गण्डकी प्रदेशसभाः कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेजीको माग
कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेजीको माग गर्दै एमालेका गण्डकी प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन। संघीय सरकारले एकतर्फी रुपमा आयोजना बनाउन खोजेको पौडेलको भनाई छ।  




स्याङजाका सांसद पौडेलले गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय नगरी संघीय सरकारले एकतर्फी रुपमा आयोजना अघि बढाउन खोजेकाले त्यो आयोजना खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको बताए। आयोजना खारेजीको लागि दवाव दिन खोजेको उनको भनाई छ।  

२०७८ असार दोश्रो साता तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा आयोजनाको कार्यालय उद्घाटन समेत गरेका थिए। गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ला हुँदै बगिरहेको कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसाल्ने उद्देश्य सहित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु गर्न थालेको भन्दै गण्डकी प्रदेश सरकारले सुरुमै असन्तुष्टी जनाएको थियो। गण्डकी प्रदेश सरकारको सहमति बिना एकतर्फी रुपमा संघीय सरकारले आयोजना अघि बढाउन थालेको भन्दै गण्डकीले आपत्ति जनाएको थियो।  

कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलबस्तुमा सिंचाइ सुविधा पुर्याउनुका साथै १२६ मेगावाट विद्युत निकाल्नु यो आयोजनाको मुख्य उद्देश्य छ। त्यसका लागि २७ र ३ किलोमिटरका दुइवटा सुरुङ बनाउने आयोजनाले बताउँदै आएको छ। गण्डकी प्रदेशको स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङगा र लुम्बिनी प्रदेशमा पाल्पाको रम्भा गाँउपालिका–३ पीपलडाँडामा बाँध बाधी २७ किलोमिटर लामो सुरुङ मार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसाल्ने आयोजनाको उद्देश्य छ। त्यसबाट १ सय मेगावाट बिद्युत निकाल्ने लक्ष्य छ। झण्डै ९ मिटर चौडा सुरुङबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा खसाल्न सकिने प्राविधिकको अनुमान छ।  

दोभानमा जलासय निर्माण गरी केही भाग पानी तिनाउमा छोडिनेछ। केही भाग पानी बुटवलको बेलवाससम्म सुरुङमार्ग मार्फत ल्याएर त्यहाँ पनि २६ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ। बेलबाससम्म ल्याइएको पानीलाइ नहरबाट सिंचाइका लागि कपिलबस्तुको बाणगंगा पुर्याइनेछ। बेलबासदेखि बाणगंगासम्म ३८ किलोमिटर नहरका लागि डिपिआर गरिने आयोजनाले बताएको छ। यता दोभानमै तिनाउमा छोडीएको पानीले नहर मार्फत रुपन्देहीमै सिंचाइ गरिनेछ। यो आयोजनाबाट रुपन्देही र कपिलबस्तुको गरी १ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने आयोजनाले बताउँदै आएको छ। आयोजनाका लागि १ खर्ब ८० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।  

त्यसैगरि नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनका लागि पनि एमालेले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ। एमालेका खगराज अधिकारीले गण्डकी प्रदेश सभामा बुधबार संकल्प प्रस्ताव राखेका हुन्।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस