रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले नागरिककर्मी हिमनाथ देवकोटालाई सम्मान गरेको छ। गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा जिल्लामा क्रियाशील रहेका देवकोटासहित ९ जना पत्रकारलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा राष्ट्रिय समाचार समितिका संवाददाता ज्ञानेन्द्र न्यौपाने, रेडियो रसुवाका अध्यक्ष दीपक लामा, रेडियो रसुवाका स्टेशन म्यानेजर एंवम नयाँ पत्रिका दैनिककी संवाददाता अनु आचार्य, कान्तिपुर दैनिकका संवाददाता बलराम घिमिरे, नेपाल टेलिभिजनका संवाददाता सुसिल कोइरला, नयाँ प्रवाह साप्ताहिकका संवाददाता सरस्वती न्यौपाने, गोरखापत्र दैनिकका संवाददाता हेमनाथ खतिवडा र छन् ।
सम्मानित हुने पत्रकारहरुलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले प्रमाणपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १० जनालाई गाउँपालिका सुशासन पत्रकारिता दिने निर्णय गरेको छ । बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा यो विषय समावेश छ ।