निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे
१० असार २०७८
•
३ मिनेट पाठ
निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे
निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ। निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन्।  




निषेधाज्ञा खुलेसँगै प्रहरीमा सबैभन्दा बढी बैंङिक कसुर सम्बन्धि उजुरीहरू परेका छन्। त्यस्तै, घरेलु झगडा, मानहानीसम्बन्धि मुद्दा बोकेर आउनेको पनि उस्तै भीड देखिन्छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बैकिङ कसुरका एक हजारभन्दा बढी मुद्दाहरू पेन्डिङमा छन्। लकडाउन खुलेपछि अन्य समयमा भन्दा अपराध बढ्छ। प्रहरीमा नयाँ उजुरी बोकेर आउनेको पनि उस्तै भीड लागेको छ। 

सरकारले लकडाउन सुरु गरेपछि प्रहरीले जघन्य अपराध बाहेकका मुद्दा दर्ता रोकेको थियो। प्रहरी कार्यालयहरूले मंगलबारदेखि सबैखाले मुद्दा दर्ता गर्न थालेपछि उजुरी दिन पुग्नेको भिडभाड बढेको परिसर काठमाडौंका प्रवक्त रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार निषेधाज्ञाको समयमा प्रहरीले सामान्य मुद्दालाई सार्दै आएको थियो भने पीडितहरू प्रहरीकहाँ आउन सकेका थिएनन्। 

निषेधाज्ञा खुकुलो भएपछि प्रहरीमा उजुरी हाल्न पुगेको भिड बढेको उनको भनाइ छ। ‘निषेधाज्ञा अवधिभर हिरासत कक्ष खाली जस्तै थियो, अहिले हिरासतमा ६ जना मात्रै छन्,’ उनले भने, ‘तर धेरैहरू पेन्डिङ रहेका छन्, जोहरी दिन आउनेको पनि भिडभाड बढेको छ।’  

उनले निषेधाज्ञाको समयमा कोभिड परीक्षण गरेर मात्रै हिरासतमा राखिने गरिएको बताए। पोजेटिभ देखिाकाहरूलाई महानगरीय प्रहरी वृत्त लैनचौर, दरबारमार्गमा राख्ने गरिएको छ। कोरोना संक्रमण दर बढिरहेको बेला सामान्य अपराधमा संलग्न व्यक्तिहरूलाई छुट दिएपछि अब भने कारबाही हुने प्रहरीले जनाएको छ। त्यस्तै हदम्याद भएका मुद्दाहरूलाई पनि प्रहरीले अघि सारेको छ। कोरोना महामारीको बेला सरकारले निषेधाज्ञा जारी गरे पनि पीडितहरू प्रहरी कार्यालयमा पुग्न सकेका थिएनन्। निषेधाज्ञा खुलेसँगै पीडितहरू प्रमाण बोकेर प्रहरीकहाँ धाउन थालेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

उनका अनुसार यो समयमा गम्भीर प्रकृतिका बाहेक अन्य उजुरीहरू प्रहरीले रोकेको थियो। तर, असहज, अप्ठेरोमा परेका र रोक्दा अप्ठेरो हुने किसिमका मुद्दाहरूमा भने प्रहरीले निरन्तर काम गर्दै आएको एसएसपी सिंहको भनाइ छ। उनले भने, ‘यो समयमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा आएका थिए, तीनको हदम्याद हेरेर प्रहरीले फिर्ता गरेको थियो, अब त्यस्ता मुद्दामा पनि काम सुरु भएको छ।’ उनका अनुसार निषेधाज्ञाको बेला सुनसान बनेका हिरासत कक्ष केही दिनमै भरिभराउ हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

सहरबजार खुलेको बेला, चोरी, लुटपाट, कुटपिट र हत्याजस्ता घटनाहरू हुने गरेको छ। प्रहरी प्रधान कार्यालयले निषेधाज्ञा खुकुलो भएपछि मातहतका कार्यालयलाई बक्यौता रहेका मुद्दा अघि बढाउन र नयाँ उजुरी दर्ता गर्न निर्देशन दिएको छ। उपत्यकाका सबैजसो प्रहरी कार्यालयहरूले मुद्दा दर्ता तथा कारबाही थालेका छन्।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरले निषेधाज्ञा केही खुकुलो भएसँगै सहरी क्षेत्रमा अराजक क्रियाकलाप बढ्न सक्ने भएकोले सबै प्रहरी कार्यालयलाई निगरानी बढाउन निर्देशन दिइएको छ। ‘निषेधाज्ञाको बेला सवारीसाधनबाट हुने दुर्घटनामा कमी थियो, अब दुर्घटना बढ्दे देखिन्छ, त्यस्तै चोरी र अन्य अपराध पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘धेरैजसो प्रहरी कार्यालयहरूले नियमित काम कारबाही सुरु गरेका छन्।’  
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस