व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न
०९ असार २०७८
•
१ मिनेट पाठ
व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका व्यवसायी एवं समाजसेवी उपेन्द्र घिमिरेले आफ्नो गाउँका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ।




कोभिड–१९ को महामारीका बेला घर बाहिर आयआर्जनमुलक काम गर्न नसक्दा समस्यामा परिरहेका च्यास्मीटारका ६०२ घर परिवारलाई व्यवसायी तथा समाजसेवी घिमिरेले चामल, दाल, नुन र तेल वितरण गरेको हो। सर्वज्ञ रियलस्टेट प्रालिका सिइओ घिमिरेले आफ्नै खर्चमा च्यास्मीटारका हरेक परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ पोका तेल वितरण गरेको हो।

लामो समयपछि चिनजान तथा भेटघाटका लागि भन्दै घिमिरे चार ट्रकमा खाद्यान्न लिएर गाउँ आएका थिए। उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी लगायतको उपस्थितिमा खाद्यान्न बाँडेका हुन्। हाल भक्तपुर कटुञ्जेमा बसिरहेका घिमिरे ६१४ बोरा चामल लिएर गाउँ आएका थिए।

वडामा बाँडिसकेपछि बाँकी रहेको चामल छिमेकी वडाका स्थानीयलाई बाँडिएको शिक्षासेवी एवं अध्यापक शैलेशकिरण चाम्लिङले जानकारी दिए। सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटारमा प्रायः जेठ–असारको समयमा खाद्यान्नको अभाव हुने गरेकाले ‘आफ्नो गाउँका लागि केही गरौं’ भन्ने लक्ष्यका साथ खाद्य सामग्री वितरण गरेको व्यवसायी एवं समाजसेवी घिमिरेले बताए। खाद्यान्न वितरणका क्रममा स्थानीयलाई मास्क र सेनीटाइजर पनि वितरण गरिएको छ। 
अर्को समाचार
चिया श्रमिकलाई खाद्यान्न वितरण
२८ साउन २०७८
•
१ मिनेट पाठ
चिया श्रमिकलाई खाद्यान्न वितरण
इलाम चिया बगानका श्रमिक चिया टिपेर उद्योगतिर लैजाँदै । तस्बिर : भीम/नागरिक
निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित चिया श्रमिकका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। इलाम र सोक्तिम चिया बगानका १ सय ३८ परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो।  




श्रमिकका प्रतिपरिवारलाई २ हजार ५ सय रुपैयाँबराबरको खाद्यान्न सहयोग गरिएको छ। मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्। प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले श्रमिकलाई चामल, तेल, दाल, नुन, चिउरा, चिनीलगायतका खाद्यान्न सहयोग गरेको जानकारी दिए। इलाम चिया बगानका ७३ श्रमिकलाई बगानमै पुगेर सामग्री वितरण गरिएको छ भने सोक्तिम बगानका ६५ श्रमिकलाई पनि बिहीबार बगानमै पुगेर वितरण गरिँदैछ।

कोरोनाको असरले भइरहेको निषेधाज्ञाका कारण श्रमिक परिवारको रोजीरोजी नै गुम्ने अवस्था आएको र खान–लाउनै समस्या परिरहेको देखेपछि उनीहरूलाई खाद्यान्न वितरण गरेको अधिकारीले बताए। इलाम र सोक्तिमजस्तै निजी क्षेत्रलाई भाडामा दिइएका सरकारी चिया बगानका श्रमिकले न्यूनतम् ज्याला र सरकारले तोकेका सेवा–सुविधा पाउन सकेका छैनन्। 

‘श्रमिकले न्यूनतम् ज्यालासमेत नपाइरहेको र भएको रोजगारीसमेत निषेधाज्ञाका कारण गुमेको पाएपछि श्रमिकलाई सहयोग गरेका हौं,’ निर्देशक अधिकारीले भने, ‘एउटा श्रमिकले रोजगारी गुमाउँदा उसमा आश्रित परिवारको बिचल्ली हुने अवस्था छ।’
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस