संक्रमण दर १४.३% मा पुग्यो
०६ असार २०७८
•
१ मिनेट पाठ
संक्रमण दर १४.३% मा पुग्यो
नेपालमा कोरोना संक्रमण दर प्रत्येक दिन घट्दै गएको छ। शनिबारसम्म १४.३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  




अघिल्लो दिनको तुलनामा ७ प्रतिशत घटेको हो। शनिबारको कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा सबैभन्दा कम प्रतिशत संक्रमण हो। गत २४ घन्टामा परिक्षण भएका १६ हजार ९ सय ९६ वटा नमुनामध्ये २४ सय १ जनामा कोरोना पुष्टि भएको बताए। 

थप संक्रमितसहित नेपालका कुल संक्रमित संख्या ६ लाख ४४ हजार ९ सय ९ जना पुगेको छ। तीमध्येमा ३ लाख ८८ हजार ६ सय ७२ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्। गत २४ घनटामा नेपामला थप ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ८५ जना पुगेका छन्। ती मध्येमा दोस्रो लहरको अवधमिा मात्र ५ हजार १ सय ९६ जनाको मृत्यु भएको हो। 

हाल नेपालमा ५३ हजार ७ सय ३३ जनाको होम आइसोलेसनमा र ३ हजार ८ सय ८५ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। ती मध्येमा ८ सय ७४ जनाको आईसियूमा र २ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अर्को समाचार
संक्रमण दर ८ प्रतिशत घट्यो
०३ जेष्ठ २०७८
•
२ मिनेट पाठ
संक्रमण दर ८ प्रतिशत घट्यो
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७.०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएका छन्। अघिल्ला दिनको तुलनामा आइतबार संक्रमण दरमा मात्र नभएर मृतक संख्या र संक्रमितको संख्यामा समेत कमी आएको छ। निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न नसकिने पनि उनले प्रस्ट पारे।

आइतबार साँझासम्म नेपालमा कुल संक्रमित संख्या ४ लाख ५५ हजार २० पुगेको छ। हाल देशभरिमा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा केस म्यानेजमेन्ट शाखाका प्रमुख उत्तम कोइरालाले समुदायमा व्यापक परीक्षण गर्ने हो भने संक्रमितको संख्या योभन्दा धेरै हुन सक्ने बताए। उनले भने, ‘यो वर्ष गत वर्षको जस्तो कन्ट्याक्ट टे«सिङ र परीक्षण भएको छैन।’

यसैबीच सरकारले चीन र ओमनबाट प्राप्त सिलिन्डर सबै प्रदेशमा वितरण गरिने जनाएको छ। चीनबाट आइतबार साँझसम्म २ हजार र ओमनबाट ५ सय ६० सिलिन्डर प्राप्त भएका छन्।सिलिन्डरसहित अक्सिजन उत्पादन कार्य बढाएपछि पहिले जस्तो अभाव नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

बिरामीलाई अक्सिजन खोज्न भने कारबाही

स्वास्थ्य मन्त्रालयले बिरामी पक्षलाई अक्सिजन खोज्न नभन्न अस्पतालहरूलाई निर्देशन दिएको छ। ‘अहिले पनि कतिपय अस्पतालले बिरामी पक्षलाई अक्सिजन खोज्न लगाएको पाइएकाले यस्तो गर्ने अस्पताललाई कारबाही गरिनेछ’, प्रवक्ता गौतमले भने, ‘बिरामीले उपचारमा आवश्यक अक्सिजनलगायत सबै जुटाउन सक्ने भए अस्पताल जानैपर्ने थिएन। अक्सिजन जुटाउने काम अस्पतालको हो।’
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४६ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस