संक्रमितलाई निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्न सरकारसमक्ष माग
१६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
संक्रमितलाई निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्न सरकारसमक्ष माग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेका छन् । कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साँढे तीन लाखमा हेलिकोप्टर चार्ट गर्न बाध्य भएको भन्दै नगरपालिकाले तत्काल अस्पताल पुर्‍याउनुपर्ने र भेन्टिलेटरमा राख्नपर्ने अवस्थाका संक्रमितलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनका लागि सरकार समक्ष निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको हो । 




आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जिल्लाबाट अन्यत्रका अस्पतालमा जानका लागि हेलिकोप्टर चार्टर शुल्क अत्याधिक महंगो भएकाले क्रिटिकल अवस्थाका बिरामीलाई निःशुल्क हेलिकोप्टरको व्यवस्था गरिदिन अनुरोध गरेका हुन् । गम्भीर अवस्थाका बिरामी बोक्नका लागि ‘नम्र्स’ बनाएर संघीय सरकार वा प्रदेश सरकारमार्फत निःशुल्क हेलिकोप्टर चार्टरको व्यवस्थाका लागि आग्रह गरिएको मेयर रिजालले बताए ।  

गत जेठ १५ गते मात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७८ वर्षीया संक्रमित वृद्धालाई ३ लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ । यस्तै, जेठ १० गते दिक्तेलका ६४ वर्षका पुरुषलाई ३ लाख ५० हजारमा र गत जेठ ५ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई ३ लाख २० हजारमा हेलिकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो । अन्य किसिमका रोग लागेका बिरामी वा घाईतेलाई काठ्माण्डौं लैजानेक्रममा पनि कम्तीमा २ लाखमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । 

अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्ने आर्थिक अवस्था सवै संक्रमितको छैन । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका संक्रमित थप पीडामा छन् । पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठ्माण्डौं, बिराटनगर लगायतका अस्पतालमा जान थालेकाले भएकाले सरकार समक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको मेयर रिजालले बताए । 

‘अहिले संक्रमितले हेलिकोप्टर चार्टर गर्नु पर्‍यो भने कम्तीमा साँढे तीन लाख शुल्क तिरिरहनु परेको छ । सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकोप्टर चार्टर गर्न सकिन्न, पैसा तिर्न सकिन्न, हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरु पहिल्यै गाडीमार्फत काठ्माण्डौं र बिराटनगर गइरहेका छन्,’ मेयर रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्वार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्वारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्थाका लागि आग्रह गरेका हौँ ।’  

नगरपालिकाले गृह–मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यामन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर १ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ लाई वोधार्थ दिइएको जनाएको छ । भविष्यमा स्वास्थ्यमा समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने त्रासमा नगरपालिकाका संक्रमित पहिल्यै अस्पताल पुग्न बाध्य छन् । हालसम्म ८ जना संक्रमितलाई नगरपालिकाकै गाडीमा हालेर अस्पतालमा पुर्‍याइएकामा तीन जना निको भएर फर्किसकेको मेयर रिजालले बताए ।
अर्को समाचार
मलेसियामा कोभिडका बिरामी बढे,९ जनाको मृत्यु
०८ साउन २०७९
•
१ मिनेट पाठ
मलेसियामा कोभिडका बिरामी बढे,९ जनाको मृत्यु
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ४ हजार ८ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  




स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, न्युजिल्याण्डमा ५ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको तथा हालसम्म १ हजार ९ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस